नयाँदिल्ली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाल-भारतबीचको सम्बन्धलाई थप सुमधुर र युग सुहाउँदो बनाउनुपर्ने बताएका छन्।
नेपाली जनसम्पर्क समिति भारतले ४८औं स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि महरले देश दुई संस्कृति एक रहेकाले युग सुहाउँदो सम्बन्ध आवश्यक रहेको औंल्याएका हुन्।
'नेपाल-भारत देश दुई भए पनि हामीबीच सांस्कृतिक एकता छ। परापूर्वकालदेखि रोटी बेटीको सम्बन्ध छ। अब यो सम्बन्धलाई थप व्यवस्थित र समय सान्दर्भिक बनाउनुपर्छ। नयाँ पुस्ताको चाहना अनुसार अगाडि बढाउनुपर्छ,- उनले भने।
कहिले कुनै कुरामा मनमुटाब देखिए पनि नेपाल-भारतबीच त्यो द्वन्द्व नभएर इसीजीको रेखा जस्तो भएको महरको टिप्पणी छ। इसीजीको रेखा तलमाथि नभएमा मानिसको स्वास्थ्य नै जोखिममा पर्ने भएकाले जीवन्तताका लागि कहिलेकाहीँ सम्बन्धको रेखा पनि चलायमान हुनुपर्ने उनले बताए। 'हामीबीचमा सम्बन्धको रेखा चलायमान हुनु आवश्यक छ। तर, त्यो सकारात्मक दिशामा मात्र चलायमान हुनुपर्छ। जुन नेपाल-भारतबीच वर्षौंदेखि सकारात्मक दिशामा चलायमान हुँदै आएको छ,' उनले भने।
पहिले नेपालका युवाहरू उच्च शिक्षाका लागि भारत आउने भए पनि अब उनीहरूको ज्ञान सिपको समेत भारतले सदुपयोग गर्न सक्नुपर्ने महरले बताए। युवाहरूलाई आर्थिक गतिविधिसँग जोड्न सके दुई देशबीचको सम्बन्ध थप बलियो हुने उनको भनाइ छ।
नेपालको समृद्धि बीना भारत र चीनको समृद्धि पनि सम्भव नभएकाले यो कुरालाई भारतले अझ बलियो गरी बुझ्नुपर्ने महरको भनाइ छ। 'समृद्धिका लागि छिमेकी मुलुक पनि बलियो हुनुपर्छ। भारतसँग हाम्रो धेरै कुरा मिल्छ। खुला सीमा छ। दुवै देशका नागरिकबीच भाइचाराको सम्बन्ध छ। त्यसैले भारत सरकारले आफ्नै देशसँगै नेपालको समृद्धिमा पनि टेवा पुर्याउनुपर्छ। यसो भएमा दुई देशबीचको भावनात्मक सम्बन्ध थप बलियो हुनेछ,' उनले भने।
बिपी कोइरालाले ४७ वर्ष अगाडि विदेशमा रहेका नेपालीको सिप, विचार र क्षमतालाई राष्ट्र निर्माणमा लगाउनुपर्छ र उनीहरूको सहयोग लिएमा लोकतन्त्रको जग थप बलियो बनाउन सकिन्छ भन्ने सोचका साथ सम्पर्क समितिको स्थापना गरेको स्मरण गरे। अहिले विश्वका विभिन्न ३७ देशमा सम्पर्क समिति रहेका छन्। त्यहाँ रहेका नेपालीहरू सम्पर्क समितिको माध्यमबाट अवैतनिक राजदूतका रूपमा नेपाल निर्माणमा भूमिका खेलिरहेको महरको भनाइ छ।
त्यसैले जनसम्पर्क समितिबाट पार्टीमा र संसद्मा प्रतिनिधित्व गराउने कुरामा कांग्रेसभित्र छलफल भइरहेको महरको भनाइ थियो। उनले प्रवासमा रहेका नेपालीसँग सँगै रहेर कांग्रेस अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्।
सुनिता कुँवरको सभापतित्वमा सम्पन्न कार्यक्रममा जनसम्पर्क समितिका संस्थापक केएम रावल, युवा नेता सन्दीप रानालगायतको सहभागिता रहेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ५ गते, २०८३ - १७:४२
काठमाडौँ। राष्ट्रिय सभाले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ लाई बहुमतले स्वीकृत गरेको छ । शुक्रब...
आषाढ़ ५ गते, २०८३ - १७:२८
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध लगाइएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन ...
आषाढ़ ५ गते, २०८३ - १७:१५
काठमाडौंँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका केही पक्षीमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना कम्तीमा दुई साताका लागि बन्द गरिएको ...
आषाढ़ ५ गते, २०८३ - १६:५८
बिर्तामोड। झापाको कन्काई नगरपालिका–५ स्थित चप्रामारी भन्ने स्थानमा जोत्न निकालेको ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार ५ वर्षीया बालिकासह...
आषाढ़ ५ गते, २०८३ - १६:४७
काठमाडौं । नेपाल बार एशोसिएशन का अध्यक्ष डा. विजयप्रसाद मिश्रले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोग को सिफारिस गैरसंवैधानिक रहेको बताएका ...
आषाढ़ ५ गते, २०८३ - १६:३६
काठमाडौं । सिन्धुली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका श्रीकृष्ण विकको मृत्यु प्रकरणमा प्रहरीले कुनै पनि प्रकारको शारीरिक वा मानसिक यातना दिएको प...
आषाढ़ ५ गते, २०८३ - १६:०१
काठमाडौँ। नेपाल सरकारको मन्त्रिपरिषद् बैठक आज अपराह्न ४:३० बजे बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजन...
आषाढ़ ५ गते, २०८३ - १५:५६
काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ६३ अङ्कले उक...
आषाढ़ ५ गते, २०८३ - १५:४८
काठमाडौँ। ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ प्रतिनिधि सभाबाट स्वीकृत भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गर...
आषाढ़ ५ गते, २०८३ - १५:३३
काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले चार वटा अध्यादेश स्वीकृत गर्दै ६ दिनपछि बस्ने गरी बैठक स्थगित गरेको छ। अब अर्को बैठक असार ११ गते बिहान...



प्रतिकृया लेख्नुहोस्: