Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

कलंकी–चाबहिल सडक निर्माणका लागि संसदमा संकल्प प्रस्ताव

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेस र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले चक्रपथको कलंकी–चाबहिल सडकखण्ड निर्माण सम्पन्न माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता गराएका छन्।

कांग्रेसको तर्फबाट काठमाडौं क्षेत्र नं ५ बाट निर्वाचित सांसद प्रदीप पौडेल प्रस्तावक तथा कांग्रेस सांसदहरु गगनकुमार थापा, प्रतिमा गौतम, सन्तोष चालिसे, राजेन्द्रकुमार केसी, सपना राजभण्डारी, अम्बिका बस्नेत र रास्वपाका सांसद शिशिर खनाल, गणेश पराजुली र सोविता गौतमले संसदमा सार्वजनिक महत्वको संकल्प प्रस्ताव दर्ता गराएका हुन्।

काठमाडौंबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने कांग्रेस र रास्वपाका सांसदले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई सार्वजनिक महत्वको संकल्प प्रस्ताव बुझाएका हुन्।

नेपाल र चीन सरकारबीच चक्रपथको कलंकी–चाबहिल सडकखण्ड निर्माण गर्ने सहमति भएको थियो। दुवै सरकारबीच भएको समझदारीअनुरूप विस्तार कार्य हुने वा नहुने अन्यौलता हटाई चक्रपथ विस्तारको कार्यलाई सुनिश्चित गर्न, अस्तव्यस्त सडक र आसपासको वातावरणीय प्रदूषण कम गर्न, सवारीसाधन आवतजावत तथा ट्राफिक व्यवस्थापन गर्न संकल्प प्रस्तामा माग गरिएको कांग्रेस सांसद पौडेलले बताए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेना र प्रहरीको अस्पताल सर्वसाधारणलाई खुलाउन स्वास्थ्य मन्त्री पौडेलको पहल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सेना तथा प्रहरीका अस्पतालमा आम नागरिकलाईसमेत सेवा दिने गरी व्यवस्था गर्न प्रक्रिया थालेका छन्...

हुम्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध

काठमाडौं । हुम्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । जिल्लाको सर्केगाड गाउँपालिकामा रहेको नेपाल टेलिकमका वी.टी.एस. टावरमा क्षती पुर्याईएका कारण से...

हुम्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध

काठमाडौं । हुम्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । जिल्लाको सर्केगाड गाउँपालिकामा रहेको नेपाल टेलिकमका वी.टी.एस. टावरमा क्षती पुर्याईएका कारण से...

शासकको साम्प्रदायिक चरित्र खेलप्रेमीमा पनि देखिनु दुखद्

काठमाडौं । जनता समादवादी पार्टी नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले शासकको साम्प्रदायिक चरित्र खेलप्रेमीमा पनि देखिनुु दुखद् भएको बताएका छन् । ...

दीपक शर्माको शब्द, संगीतमा नम्रताको 'दिलमा चुकुल' सार्वजनिक

काठमाडौं । लोकप्रिय नायिका प्रियंका कार्की अभिनित गायिका नम्रता तामाङको गीत 'दिलमा चुकुल'को म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित संगीतकार ...

निजी मेडिकल कलेजमा स्नातकोत्तर भर्ना हुने आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन कार्यदलको स्वास्थ्य मन्त्री पौडेललाई सुझाव

काठमाडौं । चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा भर्ना हुने आवासीय चिकित्सकको निर्वाह भत्ता सम्बन्धमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौड...

हनिट्र्याप काण्डमा आरोपित इन्स्पेक्टर शाहीलाई अदालत लगिँदै

काठमाडौं । जिल्ला अदालतले थुनामा राख्न पठाइएकी प्रहरी इन्स्पेक्टर बीनुकुमारी शाहीलाई अहिले फेरि अदालत लगिदैछ ।  आइतबार बयानका निम्ति इन्स्पेक्टर शा...

सामान्य बढ्यो सुन चाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर प्रत...

नेपाली भूमिमा भारतको दादागिरी, एक्स्काभेटर र चालकलाई ६ घण्टापछि नियन्त्रणमुक्त

कैलाली । भारतीय पक्षले नेपाली भूमिमा हस्तक्षेप नगर्ने बताएपछि एक्स्काभेटर र चालकलाई नियन्त्रण मुक्त गरिएको छ । महाकाली नदीमा तटबन्ध बनाउने क्रममा भारत...

कास्की अदालतमा रवि लामिछानेसहित पाँच जनाको बयान सुरू हुँदै

कास्की । सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बय...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy