Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८२ आईतवार | 27th April, 2025 Sun
Investment bank

'उमेरले पढ्न रोक्दैन' कक्षा ३ मा पढ्दै दाेलखाका ३३ आमा

खबरडबली संवाददाता

दोलखा  । परिवारको जिम्मेवारीले थिचिएका आमाहरू विद्यालय जान थालेका छन् । साडीचोलो र पोतेमै सजिएर विद्यालय पुग्दा उनीहरूको मुहारमा छुट्टै आशा झल्किएको देखिन्छ। 

उमेरले पढ्न रोक्दैन भन्ने उक्तिलाई दोलखाको जिरी नगरपालिका–९, ठुलोपातालको आमा समूहले प्रमाणित गरेको छ । ठुलोपातालका ३३ जना आमाले एक महिनायता विद्यालय भर्ना भएर अध्ययन आरम्भ गरेका हुन्  । बाल्यकालमा हँसिया, हथौडा र घरको दैनिकी सम्हाल्ने आमाहरूका हातमा अहिले किताब र कपी छन् । उनीहरू बिस्तारै पढ्न र लेख्न सिक्दै हुनुहुन्छ । उनीहरूमा उल्लास देखिन्छ, आफ्ना छोराछोरीकै उमेरका विद्यार्थीसँगै विद्यालय पुग्छन् । 

आमाहरूलाई छुट्टै कक्षाकोठा

ठुलोपाताल माध्यमिक विद्यालयमा कक्षा ३ मा भर्ना भएका आमाहरूको उमेर ३५ देखि ७० वर्षसम्म छ । उनीहरूको दैनिकी चुलोचौको र घाँसदाउरामै बित्थ्यो । अहिले आधा दिन विद्यालयमा बित्छ ।

विद्यालयका प्रधानाध्यापक सुनील सुनुवारले भने, “उहाँहरू घरको काम र वस्तुभाउलाई खोलेघाँस दिएर बिहान १० बजे विद्यालय पुग्नुहुन्छ र दिउँसो १ बजे खाजा खाएर घर फर्किनुहुन्छ ।” उनले पढ्ने इच्छा देखाएपछि विद्यालयमा भर्ना हुन आह्वान गरेको बताए । उनका अनुसार विद्यार्थीसँगै राख्दा नमिल्दो देखिने भएकाले  छुट्टै कक्षाको व्यवस्था गरिएको हो ।

प्रधानाध्यापक सुनुवारले आमाहरू विद्यालय आउनुअघिको एक घटना स्मरण गरे । उनले भने, “केही समयअघि आमा समूहको बैठकमा बस्यो । सचिव नआएपछि बैठकको माइन्युट लेख्ने मान्छे भएन । लामै समय कुर्दा पनि बैठक बस्न सकेन । समूहमा आबद्ध कोही पनि पढेलेखेको नभएपछि समस्या भयो भन्ने बुझेर उहाँहरूले पढ्न सुरु गर्नुभयो ।”

उनले यही समस्या बुझेर आमाहरूलाई पढ्नका लागि विद्यालय आउन आग्रह गर्दै विद्यालय भर्ना भएपछि निःशुल्क पढ्ने र नेपाली वर्णमाला किताबको व्यवस्था मिलाइएको जानकारी दिए । उनले अब खेती, व्यापारका काम गर्न युट्युब हेरेर सकिन्छ भनेर समेत सिकाइदिएकाे बताए । मोबाइल चलाउन, युट्युब हेर्न पनि पढाइ चाहिने हुँदा उनीहरूमा यो कुराले छोएकाे प्रअ सुनुवारकाे भनाइ छ । 

शिक्षक दरबन्दी कम भएकाले लेखामा काम गर्ने, शिक्षक र सहजकर्ताले आमाहरूलाई पढाउने गरेकेा सुनुवारले बताए  । कक्षा ३ मा पढ्ने अरू विद्यार्थीभन्दा अनुशासित र ध्यान दिएर पढ्ने गरेका प्हुरह सुनुवारले बताए । विद्यालयले आमाहरूलाई पढाउने शैलीमा दुई वटा विधि अपनाएको छ ।  प्रधानाध्यापक सुनुवारका अनुसार उनीहरूलाई सङ्गीतको माध्यमबाट र सामान्य तरिकाले अक्षर चिनाइएकाे छ । 

सल्लेफेदी कृषक महिला समूहकी अध्यक्ष बिन्दा श्रेष्ठले बैठकको निर्णय लेख्न नसक्दा र माइन्युट गर्दा अरूको ‘मुख ताक्नु’ परेको तितो यथार्थले पढ्न सुरु गरेको बताइन् । उनले भनिन्, “एउटा छोराले एसइई दिइसक्यो । अर्को कक्षा ८ मा पढ्छ । म कक्षा ३ बाट पढाइ सुरु गर्दै छु । एसइई गरेरै छाड्ने आँट पो पलाएको छ त ।”

भुसुने, सल्लेफेदी, सल्लेका तामाङ, क्षेत्री र श्रेष्ठ समुदायका आमा एउटै पोसाकमा विद्यालय जान्छन् । ठुलोपातालमा विशेष गरी आलु खेती हुने भएकाले विद्यालयले असारमा १५ दिन आलु खन्न र पुसमा रोप्न एक महिना बिदा दिने भएको छ । उनीहरूले पढ्न अग्रसर भए कक्षा वृद्धि गर्दै लैजाने विद्यालयको तयारी  रहेकाे छ ।

एसइईसम्म पढ्ने सोचमा रहेकी ठुलोपातलकी ५२ वर्षीय लीलामाया तामाङले सामान्य कारोबार, कृषक समूह तथा आमा समूहको बैठक बस्न र निर्णय लेख्न नसक्ने भएपछि पढ्ने जाँगर आएको बताइन् । उनले भनिन्, “बैठकको निर्णय लेख्न नजान्दा लज्जित हुनुपरेको थियो । त्यही कारण पढाइ सुरु गरेँ ।” 

छोरीलाई पढाउनु हुँदैन भन्ने सोचको उपज ग्रामीण महिला पढ्नबाट वञ्चित छन् । समूहकी सचिव सुमिना तामाङले आफैँले विद्यालय पठाएर शिक्षित बनाएका छोराछोरीले पढ्न प्रोत्साहन गर्ने गरेको बताइन् ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आइतबार कहाँ कहाँ हुन्छ वर्षा ?

काठमाडौं । आइतबार देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।  मौसम पूर्वानुमान महाशाखाक...

श्रीमान्‌को किरिया बसेकी महिलाको मृत्यु

दाङ  । दाङको तुलसीपुरमा श्रीमान्को किरिया बसेकी एक महिलाको आज मृत्यु भएको छ। तुलसीपुर–७ मोतिपुरकी ६० वर्षीया भगवती शर्माको श्रीमान्को किरिया बसेको अवस...

सहकारी ठगी मुद्दामा पक्राउ परेकी कांग्रेस सांसद राईलाई भोलि अदालत लगिने

 काठमाडौं । सहकारी ठगी मुद्दामा शनिबार साँझ काठमाडौंबाट पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई भोलि (आइतबार) काठमाडौं जिल्ला अदालत उपस्थित ग...

सहकारी ठगी मुद्दामा कांग्रेस सांसद राई पक्राउ

काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन् । स्वर्णलक्ष्मी सहकारीको रकम ठगी मुद्दामा फरार सूचीमा रहेकी राईलाई कपनस्थित घरबाट पक्राउ ...

कांग्रेस र एमालेले देश संकटमा धकेले, जनतामाथि घात गर्दैछन्ः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दुई ठूला दल कांग्रेस र एमाले मिल्नुको मुख्य कारण भ्रष्टाचारीलाई जोगाउनु हो भन...

आन्दोलनमा आएका शिक्षकले शिक्षकलाई नै कुटे !

काठमाडौ‌ ।  काठमाडौँमा जारी शिक्षक आन्दोलनका क्रममा शिक्षकमाथि शिक्षकले नै कुटपिट गरेका छन्। शनिवार दिउँसो बिजुलीबजारमा प्रदर्शनका क्रममा कैलालीको ...

किन गए डा. बाबुराम भट्टराई भारत ?

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् । उनी प्रगतिशील नेपाली ...

सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको टोली भारत भ्रमणमा जाने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोली यही वैशाख १६ गतेदेखि भारत सरकारको निमन्त्रणमा भारत भ्रमणमा जाने भएको छ ।  मु...

सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको टोली भारत भ्रमणमा जाने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोली यही वैशाख १६ गतेदेखि भारत सरकारको निमन्त्रणमा भारत भ्रमणमा जाने भएको छ ।  मु...

सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको टोली भारत भ्रमणमा जाने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोली यही वैशाख १६ गतेदेखि भारत सरकारको निमन्त्रणमा भारत भ्रमणमा जाने भएको छ ।  मु...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending