Ntc summer Offer
Khabar Dabali ९ आश्विन २०८१ बुधबार | 25th September, 2024 Wed
NIMB

शिक्षण पेसा छोडेर तरकारी खेती गर्दै मायादेवी

खबरडबली संवाददाता

भोजपुर । भोजपुुरको टेम्केमैयुुङ गाउँपालिका–४ नागी घोरालुङ चारघरेकी उद्यमशील एकल महिला मायादेवी राई व्यावसायिक तरकारी खेतीमा लागेर उदाहरणीय बनेकी छिन् । विगत दुई वर्षअघिबाट व्यावसायिक तरकारी खेतीमा लागेकी उनले दुई रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा तरकारी खेती गरिरहेकी छिन् । उनी पशुपन्छी तथा मत्स्यपालन फार्म नै दर्ता गरेर व्यावसायिक तरकारी खेतीमा जुटेकी हुन् ।

उनले गाउँमा नै बन्दाकोभी, काउली, ब्रो काउली, टमाटर, क्याप्सिकम, इक्वास प्याजलगायतको व्यावसायिक खेती गर्दै आएकी छिन् । गाउँघरमा पाइने गाई, भैँसी, बाख्रा बङ्गुरलगायतको प्राङ्गारिक मलको मात्र प्रयोग गरेर जैविक उत्पादन गर्दैै आएको उनले बताइन् ।

“मैले दुई वर्षअघिबाट व्यावसायिक रुपमा जैविक तरकारी उत्पादन गरिरहेकी छु”, उनले भनिन्, “यहाँ उत्पादन भएको तरकारी स्थानीय बजारमा लगेर बिक्री गर्छु । आफूले गरेको मेहनतले घरखर्च चलाउन समस्या छैन । तरकारी खेतीलाई थप विस्तार गरेर वार्षिक रु चारदेखि पाँच लाखसम्म आम्दानी गर्ने सोचका साथ काम गरिरहेकी छु ।”

विगतमा शिक्षण पेसामा रहेको भए पनि यसलाई छाडेर व्यावसायिक रुपमा तरकारी खेतीमा लागेको उनको भनाइ छ । मेहनत गर्नसकेमा कृषि कर्मबाट पनि राम्रो आम्दानी गर्न सकिने उनले बताइन् । “कृषि कर्ममा लागेर राम्रो आम्दानी गर्न सकिन्छ”, उनले भनिन्, “तर हामीले व्यावसायिक बन्न चाहि सक्नुपर्छ । मैले गाउँघरमा मागेर खाने चलनको अन्त्य गर्नको लागि व्यावसायिक बन्न छर छिमेकीलाई समेत आवश्यक सल्लाह दिँदै आएकी छु ।”

उत्पादन भएको कृषिउपजको बजारीकरणमा भने समस्या रहेको उनले बताइन् । राज्यको तर्फबाट आवश्यक सहयोगसँगै बजारीकरणमा ध्यान दिए धेरै किसानलाई राहत मिल्ने व्यवासायी उद्यमी राईको भनाइ छ । कृषिमा नै भविष्य देखेर व्यावसायिक रुपमा लागेका कृषकलाई राज्यले प्राथमिकता दिनुपर्ने उनको बताइन् । आफ्नो गाउँका ४० एकल महिला मिलेर ‘एकल महिला बहुउद्देशीय सहकारी’ गठन गरेर कृषिको क्षेत्रमा काम गरिरहेको उनले जानकारी दिइन् ।

“हामी एकल महिला मिलेर सहकारीमार्फत पनि कृषिको क्षेत्रमा काम गरिरहेका छौँ” उनले भनिन, “एकल भएर पनि समाजमा उदाहरणीय काम गरौँ भनेर हामी एकजुट भएका हौँ । सहरकारीमार्फत १४ टनेल निर्माण तरकारी खेतीको काम भइरहेको छ ।” उन्नत जातको बीउबिजन नपाउँदा भने समस्या हुने गरेको उनको भनाइ छ ।

टेम्केमैयुङ गाउँपालिकामा कृषिको राम्रो सम्भावना रहेकाले कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले बताइन्। गाउँपालिकाले यहाँको माटो सुहाउँदो बालीको विस्तारमा जोड दिएको उनको भनाइ छ । गाउँपालिकाको तर्फबाट विभिन्न वडाका किसानलाई आवश्यक सहयोग गरिरहेको उनले जानकारी दिइन् ।

“हाम्रो गाउँपालिकामा कृषि र पर्यटनको राम्रो सम्भावना छ”, उपाध्यक्ष राईले भनिन्, “गाउँपालिकाको नीति निर्माण गर्दा हामीले यी दुई विषयमा जोड दिएका छौँ । कृषकलाई व्यावसायिक बनाएर आयआर्जनसँग जोड्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।” किसानलाई मौरीपालन, जडीबुटी खेती, सुन्तला, कागती खेतीलगायतमा व्यावसायिक बन्न गाउँपालिकाले आवश्यक सहयोग गरिरहेको उनको भनाइ छ । कृषकको व्यावसायिक योजनाको आधारमा गाउँपालिकाले भावी दिनमा पनि प्रोत्साहनको कार्यक्रम सञ्चालन गर्ने उपाध्यक्ष राईको भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यू-२० एशियन कपमा आज नेपालको सामना उज्बेकिस्तानसँग

काठमाडौं । एएफसी यू-२० एशियन कप छनौटमा नेपालले आज उज्वेकिस्तानको सामना गर्दैछ ।  न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा हुन...

तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व संकलन

तनहुँ ।  मालपोत कार्यालयले आर्थिक वर्ष २०८०र८१ मा ३६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो आव २०७९/८० को तुलनामा छ करोड रुपैयाँले बढी हो। गत आवमा ३० क...

सुनको मुल्यमा आज पनि नयाँ रेकर्ड, कतिमा हुँदै छ कारोबार ?

   काठमाडौं । आज पनि सुनको मूल्य बढेको छ । आज सोमबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यो ...

युक्रेनी शहर खार्किभमा रुसको नयाँ आक्रमण

काठमाडौँ । रुसले युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा नयाँ आक्रमण गरेको छ । स्थानीय अधिकारीहरुका अनुसार यी आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने ३१ जना ...

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै २०८१ मङ्सीर १६ गते हुन...

प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता

काठमाडौँ । सयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र   सामोआका प्रधानमन्त्री फैमे ...

अजिरकाेटमा कमसल ब्राण्डका बाह्य अल्कोहलिक पदार्थ पदार्थ बिक्रीमा राेक

गोरखा । अजिरकोट गाउँपालिकाले नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै जिल्ला भित्रका स्थायी व्यवसायीहरूलाई कमसल ब्रान्डका बाह्य अल्कोहलिक पदार्थ आयात क...

क. निर्मल लामाको संस्मरणःमाओलाई भेट्ने सपना

डा‍. केआई सिंह चीनमा थिए । यो सायद २०१२ सालतिरको कुरा हो । उनी नेपाल फर्कने बेला भएको थियो । पार्टीले दुईजनालाई चीनमा ‘ट्रेनिङ’ लिन पठाउने निर्णय गरेछ...

१०३ च्याङ्ग्रा चोरेको आरोपमा एकजना पक्राउ

पोखरा । मुस्ताङमा १०३ च्याङ्ग्रा खरिद गरी पैसा नदिई भागेका ३ मध्ये १ जना कास्की प्रहरी फन्दामा परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको शुद्धोधन गाउँपाल...

‘मिष्टर ग्लोबल’का लागि थाइल्याड उडे योगेश

काठमाडौंँ । अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिष्टर ग्लोबल नेपाल २०२४’ नेपालको प्रतिनिधित्व गर्न योगेश श्रेष्ठ थाइल्याड उडेका छन् । ‘मिष्टर नेपाल २...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy