Ntc summer Offer
Khabar Dabali ९ आश्विन २०८१ बुधबार | 25th September, 2024 Wed
NIMB

पाेखरा विमानस्थल उद्घाटन भएकाे डेढ वर्षसम्म आठ वटा मात्रै अन्तर्राष्ट्रिय उडान

सरकारको निर्णय कुर्दै एयर अस्त्र

खबरडबली संवाददाता

काठमाडौं । बङ्गलादेशी  एयरलाइन्स कम्पनी एयर अस्त्रले ढाका–पोखरा–ढाका उडानका लागि तीव्र तयारी थालेको छ । पोखरामा सिधा उडानको तयारी अनुसार अस्त्रले नेपालका लागि जिएसएमा सोसाइटी इन्टरनेसनल ट्राभललाई नियुक्त गरिसकेको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले अस्त्रले सातामा चार दिन उडानका लागि कर छुटसहित इच्छा देखाएको हो । 

नले भने, “अस्त्रले पोखरा उडानका लागि भ्याट, इन्धन, टर्नओभर ट्याक्स, ल्यान्डिङ, पार्किङ, नेभिगेसनलगायतका सरकारी शुल्कमा सहुलियतसहितको अनुमति मागेको छ । त्यस्तै उडानका क्रममा नेपाली रुपियाँ र बङ्गलादेशी टाँकाको सटहीमा समेत सहजीकरण गरिदिन सरकारसँग आग्रह गरेकाले उक्त मागबारे अर्थ मन्त्रालय र र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा छलफल भइरहेको छ ।”

हाल बङ्गलादेशसँग काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै उडान गर्न सक्ने सम्झौता छ ।

२०७९ पुस १७ गते उद्‍घाटन भएर सञ्चालनमा आएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म चीनको सिचुवान एयरलाइन्स, भुटानको ड्रुक एयर, नेपालको हिमालय एयरलाइन्स र चिनियाँ जनमुक्ति सेनाका दुई कार्गो विमान गरेर आठ वटा मात्रै अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । उक्त उडानबाट २९६ यात्रुले यात्रा गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सुपथ मूल्य जुत्ता प...

सिराहामा आफ्नै बुवाको हत्या आरोपमा छोरा पक्राउ

काठमाडौं। सिराहामा आफ्नो बुवालाई कुटेर हत्या गरेको आरोपमा प्रहरीले मृतकको छोरालाई पक्राउ गरेको छ । औरही गाउँपालिका वडा नम्बर–३ खजनपुर घर भएका ३८ वर्षी...

अग्नि सापकोटाविरुद्धको मुद्दाको संवैधानिक इजलासमा पेशी

काठमाडौं। पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दा आज पनि पेशीमा चढेको छ । बुधबार ...

डा.दामोदर पाण्डेको गीत ‘अजम्बरी माया’ सार्वजनिक

काठमाडौँ। गत २० बर्षदेखि अमेरिकामा कार्यरत चिकित्सक (पेट तथा कलेजो रोग विशेषज्ञ) डा.दामोदर पाण्डेको गीत ‘अजम्बरी माया’ सार्वजनिक गरिएको छ । पियानोवादक...

गणतन्त्रको नायक प्रचण्डनै हुन्: रविन्द्र मिश्र

काठमाडौँ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले संघीय लोकतान्त्रिक गणतन्त्रका नायक प्रचण्ड नै भएको बताएका छन् । मिश्रले यस अघि नेकपा माओवादी...

यू-२० एशियन कपमा आज नेपालको सामना उज्बेकिस्तानसँग

काठमाडौं । एएफसी यू-२० एशियन कप छनौटमा नेपालले आज उज्वेकिस्तानको सामना गर्दैछ ।  न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा हुन...

तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व संकलन

तनहुँ ।  मालपोत कार्यालयले आर्थिक वर्ष २०८०र८१ मा ३६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो आव २०७९/८० को तुलनामा छ करोड रुपैयाँले बढी हो। गत आवमा ३० क...

सुनको मुल्यमा आज पनि नयाँ रेकर्ड, कतिमा हुँदै छ कारोबार ?

   काठमाडौं । आज पनि सुनको मूल्य बढेको छ । आज सोमबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यो ...

युक्रेनी शहर खार्किभमा रुसको नयाँ आक्रमण

काठमाडौँ । रुसले युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा नयाँ आक्रमण गरेको छ । स्थानीय अधिकारीहरुका अनुसार यी आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने ३१ जना ...

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै २०८१ मङ्सीर १६ गते हुन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy