नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरका पदमबहादुर मोक्तानले कुरिलोखेतीबाट एकै याममा रु सात लाख मुनाफा आर्जन गरेका छन् । मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानमा विगत तीन वर्षदेखि कुरिलोखेती गरेका मोक्तानले वार्षिक रु १६ लाखसम्मको कुरिलो बेचर उक्त मुनाफा गरेका हुन् ।
सबै खर्च कटाएर रु सात लाख नाफा कमाएको उनले बताए । हाल उनले ५० कठ्ठामा कुरिलोखेती गरेका छन् । “यो कुरिलोको सिजन हो, टिप्ने, मुठा पार्ने बजार र पठाउने काममा व्यस्त भइन्छ”, उनले भने । दैनिक ८० देखि एक सय केजीसम्म कुरिलो उत्पादन हुने गरेको उनले बताए । किसान मोक्तानले उत्पादन गरेको कुरिलो स्थानीय बजारका साथै नारायणगढ, पोखरा र काठमाडौँमा खपत हुने गरेको छ ।
गत वर्ष तीस कठ्ठा क्षेत्रफलमा कुरिलोखेती गरेका मोक्तानले यस वर्ष २० कठ्ठा क्षेत्रफलमा थपेको बताए । गत वर्षभन्दा यो वर्ष अधिक आम्दानी हुने उनी बताउँछन् । हाल कुरिलोको खुद्रा बजार मूल्य प्रतिकेजी रु तीन सय छ र थोकमा मूल्य रु दुई सय ५० छ ।
लोट्स कृषि तथा पशु फार्म दर्ता गरी जग्गा भाडामा लिएर उनले तरकारीखेती गर्दै आएका छन् । विगत पाँच वर्षदेखि उन व्यावसायिक खेतीमा लागेका हुन् । उनको बारीमा कुरिलोसँगै घिरौला, भिण्डी, करेला, खरबुजा लटरम्म फेलका छन् । आफ्ना अन्य उत्पादनले भन्दा कुरिलोखेतीबाट अधिक आम्दानी हुने गरेको उनी बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १३ गते, २०८१ - १३:००
विराटनगर । ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा झडपमा परेर घाइते भएकालाई आइतबार दिउँसो विराटनगरबाट थप उपचारका लागि काठमाडौं पठाइएको छ । शनिबारको झडपम...
माघ १३ गते, २०८१ - १२:४५
धनुषा । जनकपुरलगायत धनुषाको विभिन्न ठाउँमा सरस्वती पूजा नजिकिँदै गर्दा यहाँका मूर्तिकारलाई सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ छ । अरुबेला फुर्सदमै रह...
माघ १३ गते, २०८१ - १२:४५
काठमाडौं । ठमेलको ड्रंकेन इन गेष्ट हाउसमा एक युवती मृत भेटिएकी छन् । रसुवाको तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङ सो गेष्ट हाउसको २०२ नम्बरको कोठाम...
माघ १३ गते, २०८१ - १२:४५
काठमाडौं । अर्घाखाँचीमा एकनाले भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पाणिनी गाउँपालिका–८ सौराखोलास्थित सामुदायिक जंगलबाट एकनाले भरूवा बन्दुक एक ...
माघ १३ गते, २०८१ - १२:४२
काठमाडौं । १८ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा बझाङमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । छबिसपाथिभेरा गाउँपालिका–१ बस्ने २४ वर्षीय ध...
माघ १३ गते, २०८१ - १२:३९
गोरखा । गत पुस २५ गतेदेखि हराइरहेका सिरानडाँडाका ८० वर्षीय छ्याङी लामा अझै फेला परेका छैनन्। अजिरकोट गाउँपालिका–२ सिरानडाँडास्थित घरबाट अपरान्ह भैँसी ...
माघ १३ गते, २०८१ - १२:३५
काठमाडौं । आसन्न संसदको हिउँदे अधिवेशनको सन्दर्भमा सभामुख देवराज घिमिरेले विभिन्न बैठक राखेका छन् । यही माघ १८ गतेबाट हिउँदे अधिवेशन आव्हान भएको छ । ...
माघ १३ गते, २०८१ - १२:३३
कैलाली । कैलालीमा घरायसी विवादका क्रममा भाइले दाजुको हत्या गरेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–१७ दीपनगर टोल बस्ने ३५ वर्षका लालबहादुर बोहरा...
माघ १३ गते, २०८१ - ११:२१
गण्डकी। बासखर्कका सुन्तलाबारे सुन्दै आएकी गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्यमा जिसी श्रेष्ठ शुक्रबार त्यहाँको सुन्तला बग...
माघ १३ गते, २०८१ - ११:०१
काठमाडौं । सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गर्नुभएको स्थान काठमाडौंको सिफल उकालोमा स्मृति सभा सम्पन्न भएको छ । सहिद सप्ताह आयोजक समितिको आयोजनामा...
प्रतिकृया लेख्नुहोस्: