Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

खर्च कटौतीको प्रस्ताव प्रस्तुत

खबरडबली संवाददाता

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विनियोजन विधेयक, २०८१ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयका विभिन्न शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेको छन् ।

बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले विनियोजन विधेयक, २०८१ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरे। उनले नीतिगत असहमतिको व्यहोरा प्रस्तुत गर्दै यस मन्त्रालयका पदाधिकारीहरुले पाउने विभिन्न शीर्षकको भत्ताको खर्च कटौती गर्नुपर्ने बताए।

“पदाधिकारीहरुको पारिश्रमिक र अन्य तलबभत्तालगायत व्यवस्था गरिएको छ”, सांसद खतिवडाले भने, “यसबाट खर्चमा अपारदर्शिता, फजुल खर्च देखिने हँुदा आव २०८९/८० मा  रु एक लाख र आगामी आव २०८१/८२ मा पनि रु एक लाख विनियोजन गरिएको छ । तसर्थ यस शीर्षकलाई एक रुपैयाँ गरियोस् ।”

सांसद खतिवडाले आगामी आव २०८१/८२ को बजेट सङ्घ केन्द्रित भएको टिप्पणी गरे। “हामीले स्थानीय तह बलियो बनाउनुपर्ने हो । तर स्थानीय तहभन्दा बजेट सङ्घमा बढी केन्द्रित भएको छ”, उनले भन्नुभयो । सुशासन कायम गर्नुपर्नेमा जोड दिँदै सांसद खतिवडाले सरुवा बढुवामा पारदर्शिता हुनुपर्ने बताए । सङ्घीय संसद्मा आन्दोलनरत कर्मचारीको माग सम्बोधनका लागि ध्यानाकर्षण गराउँदै सांसद खतिवडाले भने “संसद्मै कर्मचारीहरु कालोपट्टी बाँधेर बसेको छन् । उनीहरुको माग सम्बोधन हुनुपर्छ । संसद् चलाउन उनीहरुको पनि आवश्यकता छ ।”

स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थमन्त्रालय शीर्षकको खर्च कटौती प्रस्ताव प्रस्तुत गरे। उनले बजेटमा सबै सांसदले अपनत्व ग्रहण गर्न नसक्ने टिप्पणी गरे। “अर्थमन्त्रीको निर्देशनमा यो बजेट माओवादी केन्द्रका सांसद र व्यापारीले बनाएको जस्तो देखिन्छ”, उनको आरोप थियो । सांसद सिंहले साधारण खर्च कटौती गर्नसक्नुपर्ने उल्लेख गर्दै आर्थिक मन्दी हटाउने विषय बजेटले समेटन नसक्ने बताए । 

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयका शीर्षकको खर्च कटौती प्रस्ताव प्रस्तुत गरे । उनले कर प्रणाली सुधारबारे बजेटमा स्पष्ट नभएको टिप्पणी गर्दै विद्युत्भार कटौतीका विषयमा ध्यानाकर्षण गराए ।  

नेपाली कांग्रेसका सांसद मुक्ताकुमारी यादवले ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै शीर्षक नखुलेका रकममा व्यापक अनियमितता हुने गरेको भन्दै खर्च कटौतीको माग गरे। तराई–मधेसमा सिँचाइको समस्याबारे सरकारको ध्यानाकर्षण गराउँदै सांसद यादवले सिँचाइ र विद्युत् मिटर निःशुल्क गर्न माग गरे । दुई सयभन्दा बढी पालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेकोप्रति उहाँले ध्यानाकर्षण गराउनुभयो । तुरुन्तै प्रतिफल दिने आयोजनामा अर्थमन्त्रालयले लगानी गर्नुपर्ने सांसद यादवको भनाइ थियो ।
     

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिपको तयारी

कास्की। नेपाल हवाई खेलकुद संस्था(ना) को आयोजनामा पाँच वर्षपछि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप हुने भएको छ । आगामी चैत ५ गतेदेखि ७ गतेसम्म प...

इनिशा विकको न्याय माग गर्दै आजपनि काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं । सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विकलाई न्याय माग्दै काठमाडौंमा आज पनि विरोध प्रदर्शन भएको छ। काठमाडौंको माइतीघर मण्ड...

कालीकोटमा करेन्ट लागेर एकको मृत्यु

कालीकोट। कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको रास्कोट नगरपालिका –८ बाँखरकोटका अन्दाजी ५० वर्षे मन वरालको करेन्ट लागेर मृत्यु भएको ह...

सुनसरीका विभिन्न ठाउँबाट १४ ग्राम ब्राउन सुगर बरामद

इनरुवा। सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ । खुल्ला सीमाको मौका छोपी भारतीय बजारबाट तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा...

व्यक्तिको हार–जितभन्दा पनि देशको जित नै सबैभन्दा ठुलो कुरा हो: ज्ञानेन्द्र मल्ल

काठमाडौँ । पूर्वक्रिकेटर ज्ञानेन्द्र मल्लले व्यक्तिगत उपलब्धि भन्दा पनि देशको जीत नै सबैभन्दा महत्वपूर्ण भएको बताएका छन्। मल्लले क्रिकेटबाट सिकेको ...

जेनजी अलायन्सको विरोध: कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न र राजनीतिक नियुक्ति खारेज गर्न माग

काठमाडौँ । जेनजी मुभमेन्ट अलायन्सले गौरी बहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न र सरकारका पछिल्ला राजनीतिक नियुक्तिहरू खारेज गर...

नवलपरासी कारागारका १८० कैदी अझै फरार

नवलपरासी। ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी कारागारबाट भागेका कैदीमध्ये १८० कैदी अझै फरार नै रहेका छन् ।  गत भ...

सुनसरीमा ग्यास–पेट्रोलियम आपूर्ति व्यवस्थापन निर्देशन

इनरुवा। सुनसरीमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयले सरोकारवालाहरू र उद्योग...

प्युठानमा ‘प्युठानी रातो मुला’ वीऊ उत्पादन सुरु

प्युठान। जिल्लाको पहिचान भएको ‘प्युठानी रातो मुला’ को वीऊ उत्पादन सुरु भएको छ। केही वर्षअघि सम्म प्युठानलाई चिनाउने यस विशेष रातो मुलालाई संरक्षण गर्द...

पर्वतबाट १६ सय ८४ विद्यार्थी सहभागी हुँदै यस वर्षको एसइईमा

पर्वत। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पर्वत जिल्लाबाट एक हजार ६८४ जना विद्यार्थी सहभागी हुने भएका छन्। परीक्षा चैत्र १९ गतेदेखि सुरु हुने...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: