Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

लुम्बिनी प्रदेशः बजेटमा कृषिक्षेत्र प्राथमिकतामा

खबरडबली संवाददाता

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा कृषिक्षेत्रलाई प्राथामिकतामा राखेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले शनिबार प्रदेशसभामा प्रस्तुत गर्नुभएको बजेटमा कृषिक्षेत्र प्राथमिकतामा परेको हो ।

‘किसानको हात, प्रदेशको साथ’ भन्ने नाराका उनले कृषिलाई प्राथमिकतामा राखिएको बताए । कृषिको व्यावसायिकीकरण, सीप विकास तथा कृषिक्षेत्रमा रोजगारीका अवसर सृजना गर्न प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गरेको मन्त्री आचार्यले बजेट मन्तव्यमा उल्लेख गरे । उनले प्रदेशभित्रका सबै जिल्लामा बाली एवं पशुपन्छी  सघन व्यवसायी उत्पादन क्षेत्र विकास कार्यक्रम सञ्चालन गर्न बजेटमा व्यवस्था गरिएको बताए। कृषिक्षेत्रमा सिँचाइको व्यवस्थापन गरी उत्पादनमा वृद्धि गर्ने उद्देश्यले बजेट विनियोजन गरिएको मन्त्री आचार्यले उल्लेख गरे।

कृषिक्षेत्रसँगै लुम्बिनी प्रदेशको बजेटले मानसिक स्वास्थ्य समस्या पहिचान एवम् रोकथामका लागि समुदायस्तरमा योग, ध्यान तथा मनोसामाजिक परामर्शलगायत कार्यक्रम सञ्चालन तथा उपचार व्यवस्था गर्न बजेट विनियोजन गरेको छ । ८० वर्ष पुगेका ज्येष्ठ नागरिक तथा अति अशक्तलाई घरमै स्वास्थ्य सेवा प्रवाह गर्न आवश्यक रकम विनियोजन गरिएको अर्थमन्त्री आचार्यले बजेट वक्तव्यमार्फत जानकारी दिए ।

‘पूर्ण सुरक्षित मातृत्व सेवा’ अभियानसहित विशेष कार्यक्रम सञ्चालन गर्ने र गर्भवतीलाई सुविधा सम्पन्न अस्पतालका साथै निःशुल्क एम्बुलेन्सको व्यवस्था प्रदेश सरकारले गर्ने विषय बजेटमा प्रस्तुत गरिएको छ । दुर्गम क्षेत्रका गर्भवती महिलालाई हवाई सेवाबाट उद्धार गर्न आवश्यक रकम छुट्याइएको छ ।

बजेटमा महिलालाई ‘लुम्बिनीका महिला, आत्मनिर्भरमा पहिला’ भन्ने नारासहित उद्यमशीलता र स्वरोजगारका अवसर बढाउन बजेट विनियोजन भएको छ । लैङ्गिक हिंसामुक्त प्रदेश निर्माण गर्ने उद्देश्यले प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । कृषिलाई प्राथमिकतामा राखेर प्रस्तुत गरिएको बजेटले लुम्बिनी प्रदेशको कृषि उत्पादन तथा कृषि उद्यमलाई संस्थागत गर्ने विश्वास लिइएको छ । आगामी आर्थिक वर्षका लागि लुम्बिनी प्रदेश सरकारले रु ३८ अर्ब ९७ करोड रकम विनियोजन गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सबै राष्ट्रिय दलका समानुपातिक मत जोड्दा पनि रास्वपालाई साढे ४ लाखभन्दा बढी मत

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ । समानुपातिक तर्फ...

अध्यक्ष ओलीका पिताको निधनप्रति सभापति लामिछानेद्वारा दु:ख व्यक्त

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी )एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओल...

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

तेहरान। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इ...

निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारलाई नागरिक अभियानद्वारा धन्यवाद ज्ञापन

काठमाडौँ। स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सफलतापूर्वक सम्पन्न गराएकामा सरकारलाई बधाई ज्ञापन गरेको छ । अभिया...

अध्यक्ष ओलीका बुवा मोहनप्रसादको पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको आज पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको...

बालेन शाहलाई संसदीय दलको नेता बनाउन विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाह लाई संसदीय दलको नेता बना...

दार्चुलामा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ ।  भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालि...

दार्चुलामा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ ।  भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालि...

अध्यक्ष ओलीका पिताको निधनमा कांग्रेस र नेकपाका शीर्ष नेताद्वारा दुस्ख व्यक्त

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली का पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको छ। उनको निधनप्रति नेपाली कांग्रेस र नेकपा दु...

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

काठमाडौँ । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाले विज्ञापन सामग्री हटाउन थालेको छ ।  सार्वजनिक निजी ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: