Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

बजार व्यवस्थित नहुँदा सडकमै आँप किनबेच

खबरडबली संवाददाता
सिरहा । आँपको राजधानी मानिने सिरहाको लहानमा आँप बिक्रीवितरण गर्ने व्यवस्थित ठाउँ नहुँदा व्यापारी र उपभोक्ताहरु सडकमै किनबेच गर्न बाध्य छन् । असार र साउन आँपको सिजन भएकाले यतिबेला लहानको मुख्य बजारअन्तर्गत पर्ने पूर्व—पश्चिम राजमार्गको सडक किनारमा आँप खरिद बिक्री गर्नेको भीड लाग्ने गरेको छ । 
 
सडक किनारमा आँप बिक्री वितरण गर्दा सवारी आगमनमा असर परेको छ । दुर्घटनाको जोखिम उत्तिकै बढेको स्थानीयवासी बताउँछन् । “दिनानुदिन आँप व्यापारीहरुले सडक क्षेत्र मिचेका छन् । यसले गर्दा सवारी आगमनमा समस्या भई दुर्घटनाको जोखिम बढिरहेको छ,” जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख डम्बरबहादुर पुरीले भने, “व्यापारीलाई हामीले कारबाही गर्न मिल्दैन । स्थानीय बजार व्यवस्थापनको जिम्मेवारी पालिकाको भएकाले लहान नगरपालिकासँग समन्वय गरी सवारी आगमन सहज बनाउन पहल गरिरहेका छौँ ।” 
 
स्थानीय व्यापारीहरु भने आँप खरिद बिक्रीका लागि व्यवस्थित ठाउँ नतोकिँदा सडक पेटीमै बसेर बिक्रि गर्न बाध्य भएको बताउँछन् । “आँप बिक्री गर्ने उपयुक्त ठाउँ तोकिएको भए त्यहाँ राखेर बिक्री गर्नुहुन्थ्यो । सडक पेटीमा बसेर आँप बेच्न नगरपालिकालाई कर तिरिरहेका छौँ,” स्थानीय व्यापारी रविन महतोले भने। उहाँले  नगरपालिकाले व्यवस्थित ठाउँ बनाई दिए सहज हुनेसमेत बताए। 
 
स्थानीय उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्न  लहानमा उत्पादित आँपको ‘ब्रान्डिङ’ सुरु गरिएको छ । आँपको सङ्कलन, ‘ग्रेडिङ’, ‘प्याकेजिङ’, ‘ब्रान्डिङ’ तथा बजारीकरण गरी लहानको आँपलाई नेपाली बजारमा पहिचान दिलाउने र उपभोक्ताले विषादीरहित शुद्ध आँप उपभोग गर्ने वातावरण मिलाइरहेको नगरपालिकाले जनाएको छ, तर स्थानीय बजार व्यवस्थापन गर्न नसक्दा व्यापारी, उपभोक्ता तथा यात्रुले समस्या खेप्नु परेको नगरपालिकाका कृषि शाखा प्रमुख प्रकाश साह हलुवाईले बताए । 
 
“नजिकै खाली जग्गा नहुँदा समस्या भएको छ,” प्रमुख हलुवाईले भने, “व्यवस्थित बजार बनाउन सम्भव भइरहेको छैन । हामी यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर उपाय खोजिरहेका छौँ । अहिले आँप खरिद बिक्रि भइरहेको ठाउँलाई पनि सडक क्षेत्रमा असर नपुग्ने गरी कम्तीमा दश फिट पछाडि सार्न सकिन्छ । त्यसका लागि पहल गरिरहेका छौँ ।”
 
लहान बजारको उत्तरतर्फ खुट्टीखोला किनारमा नगरपालिकाले लामो समयदेखि हाटबजार सञ्चालन गर्दै आएको छ । प्रत्येक साताको सोमबार र शुक्रबार दुई दिन हाटबजार लाग्ने सो स्थान बढ्दो जनघनत्वसँगै साँघुरो भएको हो । त्यसैले पूर्व—पश्चिम राजमार्गमा तरकारी तथा आँप व्यापारीले सडक ढाक्ने गरेको स्थानीयवासी सन्तोष गुप्ताको भनाइ छ ।
 
नगरप्रमुख महेशप्रसाद चौधरीले पकेट क्षेत्रका रुपमा उत्पादन हुने लहानको आँप बजारलाई व्यवस्थापन गर्नुको विकल्प नरहेको बताए। “हामीसँग राजमार्ग क्षेत्रमा सार्वजनिक जग्गा अभाव छ । निम्नवर्गका सर्वसाधारणले सडक क्षेत्रमै साना व्यवसाय गरेर आयआर्जन गर्ने गरेकाले व्यवस्थापनमा चुनौती देखिएको छ,” मेयर चौधरीले भने, “तसर्थ चाँडै सडकक्षेत्र मिचिएर राखिएका आँपको व्यवस्थापनका लागि ठोस नीति बनाएर उचित विकल्प दिने गरी अघि बढ्छौँ ।”
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली र पोखरेललाई मतदान गर्न लाग्यो ४० मिनेट समय

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा आज बिहानदेखि मतदान सुरु भएको छ। अध्यक्षका उम्मेदवार केपी शर्म...

पृथ्वीचन्द्र जिल्ला अस्पतालमा अनियमितताको रहस्य बाहिरिँदै, अख्तियारले माग्यो विवरण

पश्चिम  नवलपरासी। पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भएको करोडौँ रुपियाँको आर्थिक अनियमितता तथा भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग ...

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...

पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा

धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी का...

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् ।  सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending