चितवन । चितवनको खैरहनी नगरपालिका–११, सुन्डीका किसान राम बहादुर केसीले यस वर्ष आफ्नो खेतमा पूरै चैते धान लगाए । चैतै धानका लागि यस वर्ष मौसम उपयुक्त हुँदा धान उत्पादन वृद्धि भयो । केसीले भने, “गत वर्ष २४ कट्ठामा लगाएको धान ४२ क्विन्टल भएको थियो, तर यसपालि बढेर ५० क्विन्टल हाराहारी पुग्यो ।”
धान उत्पादन बढेको देखेर उनी मख्ख छन् । धानको मूल्यमा एकरुपता नहुँदा भने उनलाई चिन्ता लागेको छ । उनले गतवर्ष धानको मूल्य क्विन्टलको रु एक हजार ८ सयबाट सुरु भएर तीन हजार पुगेकोमा यसवर्ष ३२ सयबाट सुरु भई घट्दो क्रममा रहेको बताए ।
उनले भने, “चैते–५ जातको धान खानको लागि निकै मीठो हुन्छ । आफूलाई खाने राखेर सबै बेच्ने हो, एक वर्षपछि यसको भात मीठो हुन्छ ।” उत्पादन भएका धान खरिदका लागि खेतमै व्यापारी आउने हुँदा बिक्रीमा समस्या नहुने उनको भनाइ छ ।
खैरहनी–१० का श्रीराम महतोले यस वर्ष झण्डै दुई बिघा खेतमा चैते–५ धान मेसिन प्रयोग गरेर लगाए । उनले भने, “मैले डेढ बिघा खेतमा मेसिन प्रयोग गरेर धान लगाएँ, बाँकी जग्गामा पुरानो तरिकाले लगाउँदा मेसिन प्रयोग गरेको स्थानमा बढी धान फलेको छ । रोग कीरा पनि लागेको छैन ।”
उनले आफूले लगाएको दुई बिघा जमिनमा यसवर्ष प्रतिकट्ठामा दुई दशमलव पाँच क्विन्टलभन्दा बढीका दरले धान फलेकाले उत्पादनबाट सन्तुष्ट रहेको बताए ।
खैरहनी १२ का वडा सदस्यसमेत रहेका किसान श्याम रेग्मीले यस वर्ष उत्पादन भएको चैते धानले किसानलाई निकै उकासेको जानकारी दिए । उनले भने, “चैते धानको उत्पादनबाट हामी सन्तोषजनक छौँ ।” उनले चैतै धानको उत्पादनबाट यस वर्ष एक सय २२ बिघा खेत भएको वडा नम्बर १२ मा मात्रै रु १४ करोडको चैते धान बिक्री भएको जानकारी दिए । यस क्षेत्रमा प्रतिकट्ठा तीन क्विन्टलभन्दा बढी धान उत्पादन भएको उनको भनाइ छ ।
खैरहनी नगरपालिकाका कृषि विकास अधिकृत गौरव न्यौपानेले यस वर्ष समग्र पालिकाको चैतेधान उत्पादन वृद्धि भएको बताए । उनले यस पटक पालिकामा दुई हजार तीन सय ५१ हेक्टर क्षेत्रफलमा चैते धान लगाएको जानकारी दिए ।
यसवर्षको चैते धान ४० प्रतिशतले वृद्धि भएको कृषि शाखाले जनाएको छ । खैरहनी नगरपालिकाको खेतीयोग्य जमिन पाँच हजार आठ सय ८२ दशमलव चार हेक्टरमध्ये पाँच हजार आठ सय ९९ हेक्टरमा धान खेती गरिँदै आएको छ । न्यौपानेका अनुसार तीन हजार पाँच सय ४८ हेक्टर क्षेत्रफलमा बर्खे धान लगाइन्छ । चैते धान काट्ने समयमा धानको दानामा लाग्ने डडुवा र ‘नेक ब्लाष्ट’ नामको रोग नदेखिएको कारण पनि यस वर्ष धान उत्पादन बढेको हो ।
यस वर्ष चैते धान १४ हजार दुई सय ७० दशमलव ५७ मेट्रिक टन उत्पादन हुने आँकलन गरिएको छ । गत वर्ष यहाँ नौ हजार आठ सय ७६ मेट्रिक टन चैते धान उत्पादन भएको थियो । यस वर्ष बढी मात्रामा चैते–५ जातको धान उत्पादन भएको छ । त्यसैगरी पिआर, बिजी–१४४२, हर्दिनाथजस्ता चैते धानहरु पनि लगाइएको अधिकृत न्यौपानेले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - ०७:३२
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । साथै हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा सा...
चैत्र १७ गते, २०८२ - ०७:२८
भोजपुर । भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यति बेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको ...
चैत्र १७ गते, २०८२ - ०७:२६
चितवन । चितवनमा पन्छीमा देखिने बर्डफ्लु (एच–फाइभ एन–वान) सङ्क्रमण पुष्टि भएको छ । यहाँको भरतपुर महानगरपालिका–४ स्थित एक व्यावसायिक लेयर्स फार्म तथा नज...
चैत्र १७ गते, २०८२ - ०७:२१
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित बनाइने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सोमबार कर्णा...
चैत्र १६ गते, २०८२ - ०९:१४
काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थ...
चैत्र १६ गते, २०८२ - ०९:०९
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बालेनले सोमबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। ...
चैत्र १६ गते, २०८२ - ०८:२५
काठमाडौं । आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै तथा निर्वाचनमा अनपेक्षित हार खाएकै वेला कांग्रेसको आन्तरिक विवाद झन्झन् बढ्दै गएको छ । जे...
चैत्र १६ गते, २०८२ - ०८:१९
काठमाडौँ । दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि सरकारले औपचारिक रूपमा माफी माग्ने विषयको दलित समुदायले स्वागत गरेका छन् । दलित समुदायका नेता...
चैत्र १६ गते, २०८२ - ०८:१७
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै पुराना ऐन खारेजी तथा नीतिगत सुधारको प्रतिबद्वताप्रति नेपाल उद्योग परिसंघ...
चैत्र १६ गते, २०८२ - ०८:१५
सिरहा । यहाँको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार महिनादेखि तलब रोकिएको छ । तलब नपाउँदा उनीहरूको दैनिकी चलाउनै समस्या भएको गुनास...


प्रतिकृया लेख्नुहोस्: