Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

बजेटविरुद्ध चर्किएको एमालेको आक्रोश, सत्ता समीकरणको भविष्य प्रचण्डको हातमा निर्भर

एमालेलाई देवेन्द्र पौडेलको प्रश्न- आफ्नै सरकारको आलोचना गर्दै हिँडेर त कहाँ पुगिएला र ?

खबरडबली संवाददाता

काठमाडौं । संयुक्त सरकारले प्रस्तुत गरेको बजेटप्रति सत्ता साझेदार नेकपा एमालेका सांसदहरूको स्वर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदसँग मिल्दै गएको देखिएको छ। त्यसलाई नेकपा माओवादी केन्द्रका नेताहरूले सहज रूपमा लिएको पाइँदैन।

एमाले अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि जनाएको बजेटलाई लिएर मङ्गलवारको संसद् बैठकमा उनकै पार्टीका सांसदहरूले चर्को आलोचना गरेपछि त्यो चर्चाको विषय बन्न पुगेको हो।

ओलीको अभिव्यक्तिपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीसँग छलफल गरेका थिए। त्यसपछि फेरि उनीनिकट सांसदहरूको मुखबाट असन्तुष्टि पोखिनुलाई अर्थपूर्ण मानिएको हो।

त्यसले नेकपा माओवादी केन्द्रलाई कति सशङ्कित बनाएको छ?

“उहाँहरूले किन त्यसरी बोलिरहनु भएको छ तर हामी सशङ्कित त छैनौँ”, कतै समस्या र त्रुटि भए शीर्षस्थ तहमा छलफल गरेर हल गर्न सकिने उल्लेख गर्दै माओवादी नेता देवेन्द्र पौडेलले भने, “तर सधैँ असन्तुष्टि पोख्दै, आफ्नै सरकारको आलोचना गर्दै हिँडेर त कहाँ पुगिएला र?”

‘सङ्कट आए माओवादीकै कारण’

संसद् बैठकमा बजेटको आलोचना गर्नेमा सांसद सूर्य थापा एक थिए। उनले सत्ता, समीकरण, सरकार, पक्ष र प्रतिपक्ष परिवर्तनशील भएको मात्र बताएनन् बजेटले समीकरण परिवर्तनको औचित्यसिद्ध गर्न नसकेको आरोप पनि लगाए।

“समग्रमा जनतामा आशा जगाउन सक्नु भएको छैन भने, समीकरण बदलिएर के हुँदो रहेछ र?”, थापाले संसद्मा प्रश्न गरेका छन्।

सुरुमा अध्यक्ष ओली र त्यसपछि उनीनिकट नेताको असन्तुष्टि कतै सत्ता समीकरणमै सङ्कट उत्पन्न गर्ने खालको एमालेको असन्तुष्टि त होइन?

थापाले आफ्नो अभिव्यक्तिबारे भने: “हाम्रो कारणले सत्तामा खतरा छैन, तर माओवादीको व्यवहारले सङ्कट आउन सक्छ, त्यो त म स्पष्ट भन्छु।”

उनले बजेटमा राखिएको ‘जनयुद्ध’ शब्दको आलोचना मात्र गरेनन् पञ्चायतकालमा मारिएका कांग्रेस कार्यकर्ताबारे केही उल्लेख नगरिएको भन्दै त्यसलाई पक्षपातपूर्ण व्यवहारको संज्ञा दिए।

प्रधानमन्त्रीमाथि दबाव बढाउने उद्देश्य

बजेटको चर्को आलोचना गर्नेमा एमाले अध्यक्ष ‌ओलीनिकट अर्का सांसद हुन् गोकुल बास्कोटा। उनले बजेटबारे छलफल गर्न खोज्दा अर्थमन्त्रीसँग भेट्न र कुरा गर्न नपाएको सुनाए।

“बजेट त बन्द हुन्छ नै तर मन्त्रालयको ढोका पनि बन्द भयो, दुष्मननै त होइन होला हामी, गजब गजब देखियो”, बजेटप्रति असन्तुष्टि जनाउने क्रममा नेता बास्कोटाले भने, “एउटा पार्टीको जस्तो छ सत्ता समीकरणको जस्तो छनक छैन, तीतो भए तीतो होस् सत्य यही हो।”

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कतिपय मन्त्रालय अन्तर्गतका विनियोजित शीर्षकहरू पुनर्लेखन गर्नुपर्ने धारणा राखेको छ।

बास्कोटाले पनि भनेका छन्, “अलिकति सच्याऔँ, अलिकति पुनर्विचार गरौँ, अलिकति बदलौँ।”

माओवादी नेताहरूले एमाले नेताहरूको असन्तुष्टिलाई समीकरण नै फेर्ने भन्दा पनि प्रधानमन्त्रीमाथि दबाव बढाउने उद्देश्यको रूपमा हेरेको पाइन्छ।

“नियुक्तदेखि लिएर कतिपय कुराहरूमा आफ्नो प्रभाव, हैसियत र उपस्थितिको निम्ति गरिएको दबावको रूपमा मैले बुझेको छु”, माओवादी नेता देवेन्द्र पौडेलले भने, “तर जो प्रधानमन्त्री हुँदा पनि आवश्यकताभन्दा बढी दबाव दिनु सुहाउने कुरा होइन।”

उनले प्रधानमन्त्री एमाले अध्यक्षसँग नियमित छलफलमा रहेको बताउँदै एमालेको असन्तुष्टि सरकार फेर्ने हदसम्मको नरहेको विश्वास व्यक्त गरे। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकीकृत परिवार योजना शिविरः महिलालाई भन्दा पुरुषलाई सम्झाउन गाह्रो

धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...

आजको मौसम : मधेशमा हुस्सु/कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स...

देउवा निवास महाराजगञ्जमा निर्णायक वार्ता सुरु

काठमाडौं । कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विश...

नकाबधारी समूहद्वारा बैंक लुटपाट, ३ करोडभन्दा बढी रकम चोरी

नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा

ओलीको आधार क्षेत्रबाट लड्दै बालेन, डेरा खोज्दै सहयोगी

काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...

पछि हट्न होइन, फुट्न तयार भए देउवा

काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...

सुमन सायमी नेतृत्वको समूह आज नेकपामा समाहित हुँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ताको समय पुनः थप

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै, विशेष महाधिवेशन पक्षधर सहभागी नहुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...

तनहुँंको तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ

दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending