Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

गोरखा पालुङटारको नीति तथा कार्यक्रम: दूध र मासुमा आत्मनिर्भर, वनको बाँदर बनैमा

खबरडबली संवाददाता

गोरखा । पालुङटार नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम ल्याएको छ । ‘समाजवादको आधार निर्माणको अभियान, सुन्दर र समृद्ध पालुङटार हाम्रो शान’ भन्ने मूल नाराका साथ नगरपालिकाको १५औँ नगर सभामार्फत नीति तथा कार्यक्रम ल्याएको हो ।

नगर प्रमुख विवश चिन्तनद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा अघिल्ला वर्षका योजना नै धेरै निरन्तरता दिएका छन्। केही नयाँ योजनाका साथ ल्याएको नीति तथा कार्यक्रम अघिल्ला वर्षमा कार्यान्वयन नभएका या अधुरा भएका आयोजना तथा योजना सक्ने लक्ष्य राखिएको छ ।

स्मार्ट नगरपालिका बनाउन कस्सिएका मेयर चिन्तन पछिल्लो समय संघ र प्रदेश सरकाले प्रत्याप्त मात्रामा बजेट नदिएको भन्दै गुनासो गरेका छन् । उनले प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा भनेका छन् – ‘संघ र प्रदेशबाट अनुदान र राजश्व बाँडफाँडमा बजेट कटौती भएको र पालिकाको आन्तरिक स्रोतमा समेत अपेक्षाकृत वृद्धि हुन नसकेकाले सोचेको जस्तो लक्ष्य हासिल गर्न सकिएन।’

नगरपालिकाको चालु आर्थिक वर्षको प्रगति ६८।३७ प्रतिशत रहेको भन्दै उनले पुँजीगत खर्चतर्फ ६७.५२ प्रतिशत र चालु खर्च तर्फको वित्तीय प्रगति ६८.८५ प्रतिशत रहेको बताएका छन् । आर्थिक वर्षको अन्त्यसम्म ८१ प्रतिशत खर्च हुने उनले अनुमान गरेका छन् । अघिल्लो वर्ष असार २ गतेसम्म चालु आर्थिक वर्षको प्रगति ५६.६५ , पुँजीगत खर्चतर्फ ४५.६५ प्रतिशत र चालु खर्च तर्फको वित्तीय प्रगति ६४.३३ प्रतिशत रहेको थियो ।

भौतिक उपलब्धितर्फ चालु आर्थिक वर्षमा ३ किमी सात सय मिटर कालोपत्रे, १५४०९ मिटर ग्राभेल र १५१२० मि कच्ची, ४१२३ मि। पक्की नाला, १६२८ मि। ढलान, ८ वटा बजवे र १४ वटा कल्भर्ट निर्माण सम्पन्न भएको छ । १८२५ रोपनीमा सिँचाइ सुविधा, ५६० घरधुरीमा खानेपानी, ८१ वटा सामुदायिक भवन निर्माण, कोल्डस्टोर, कृषि तथा पशुपन्छी सेवा केन्द्र निर्माणाधीन रहेको र नगरपालिकाको ६२० किमी सडकको वर्गीकरण र प्राथमिकीकरण, नगर यातायात गुरूयोजना तयार गरिएको उनले दाबी गरे ।

दूध र मासुमा आत्मनिर्भर पालुङटार अन्तर्गत वडा न ७ को जुडिखोला र वडा न ९ को शेरामा घाँसमा आधरित पशु विकास योजना तथा कार्यक्रम सञ्चालन गर्ने, एक वडा एक पशुरकृषि प्राविधिकको व्यवस्था गर्ने, हरेक वडामा मेलमिलाप केन्द्र सञ्चालन गर्ने, अपाङ्गता भएकाको निःशुल्क स्वास्थ्य बिमा गर्ने,  नगरप्रमुख प्राविधिक शिक्षा छात्र वृद्धि कार्यक्रम, नगरको सात बर्षे शिक्षा योजना निर्माण गर्नेलगायतका छन् ।

संघीय सरकारले आँपपिपल अस्पताललाई गण्डकी प्रदेश सरकार अन्तर्गत रही ५० शैंय्याको बनाउने निर्णय गरेको थियो। सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख विवश चिन्तनले अस्पताल स्तरउन्नती सहित गण्डकी प्रदेश सरकार मार्फत स१चालन गर्ने निर्णय भएको घोषणा गरे । 

कृषकको हात स्थानीय सरकारको साथ, भन्ने नारामा साथ कृषि विकासमा आएका चुनौतीलाई सामना गर्न पालुङटार बहुउद्देश्यीय कृषि प्रवर्धन कार्यक्रम सञ्चालन ल्याउने र यसलाई नगर गौरवको आयोजनाका रूपमा निरन्तरता दिने नीति तथा कार्यक्रम रहेको मेयर चिन्तनले बताए वनको बाँदर वनैमा भन्ने नाराका साथ बाँदर, दुम्सी, मृगलगायतका वन्यजन्तुका प्रकोपबाट बालीनालीलाई संरक्षण गर्न जनावरको अधिकारलाई ध्यानमा राखी आवश्यक प्राकृतिक उपाय अवलम्ब गर्ने कार्यक्रम समावेश भएको छ । बाँदरका प्रकोप बढी भएका स्थानमा सम्भाव्यताको आधारमा नष्ट नगर्ने बाली खुर्सानी, अदुवा, बेसार, जौं, टिमुर, कटहर, कागती खेतीलाई प्रोत्साहन गर्ने कार्यक्रम छ ।

घाँसमा आधारित पशुपालन व्यवसायलाई प्रोत्साहन गर्न वर्षैभरि हरिया घाँस कार्यक्रम सञ्चालन गर्ने, भूमि बैंक स्थापना, बजार तथा उत्पादन व्यवस्थापन प्रणालीमा नतिजामुखी कृषि प्रविधि प्रणालीको विकास गर्ने लक्ष्य रहेको मेयर चिन्तनले बताए ।

पालुङटार नगर, पूर्ण पशुपन्छी खोपयुक्त नगर बनाउन आवश्यक पहल गर्ने, बाली छनौटका लागि संघ, प्रदेश सरकार तथा अन्य निकायको समन्वयमा माटो परीक्षण कार्यलाई निरन्तरता दिने, बाँझो जमिनको प्रयोग, उत्पादनमा सहयोग भन्ने नाराका साथ बाँझो जमिनमा खेतीका लागि प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने, विद्यालय दिवा खाजा कार्यक्रम, आँपपिपल हस्पिटल क्यान्टिन, सुत्केरी पोषण कार्यक्रमलाई स्थानीय रैथाने बालीसंग जोडेर बजारीकरणको व्यवस्था गर्ने नीति तथा कार्यक्रम छन् ।

किसानका गरा सधैँ हराभरा, नगरप्रमुखसँग लोक कल्याणकारी किसान कोष कार्यक्रम, सुरक्षित आप्रवासन कार्यक्रम, वित्तीय साक्षरता कार्यक्रम सञ्चालन, वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा नै व्यवसाय गर्न चाहने युवा उद्यम व्यवसायीलाई सहुलियत ब्याजदरमा ऋण व्यवस्था, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप प्रभावकारी र वडा न ७ मा चर्चामा रहेको औद्योगिक क्षेत्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न प्रदेश सरकारसँग समन्वयन गर्ने लगायतका छन् ।

पालिकाबाट सञ्चालित सडक योजनाहरूको लागी नदीजन्य निर्माण सामाग्री निःशुल्क उपयोग गर्न दिने, दिगो विकासको आधार, साझेदारीमा पूर्वाधार, स्मार्ट सिटीको अवधारणा लागु गर्ने साथै नगरपालिका भित्र व्यवस्थित व्यवसायी भवन बनाउने लक्ष्य लिइएको छ ।

कर्मचारीसँग कार्यसम्पादन करार सम्झौता गर्ने, सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि अनलाइन प्रणाली लागु गर्ने र व्यवस्थित गर्ने, अनिवार्य विद्युतीय हाजिरीको व्यवस्था गर्ने, घरबाटै राजश्व बुझाउने सक्ने व्यवस्था गर्ने, नगरपालिका भित्रको खरिद प्रक्रियालाई पारदर्शी एवं व्यवस्थित गर्ने र संघीय सरकारसँग समन्वय गरी वडा नं ७ को च्याङ्लीमा बनेको भवनहरूको उचित उपयोग गर्ने सार्वजनिक स्थलहरूमा सिसी क्यामेरा जडान गर्ने र सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तार गर्ने नीति लिइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नवलपरासी कारागारका १८० कैदी अझै फरार

नवलपरासी। ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी कारागारबाट भागेका कैदीमध्ये १८० कैदी अझै फरार नै रहेका छन् ।  गत भ...

सुनसरीमा ग्यास–पेट्रोलियम आपूर्ति व्यवस्थापन निर्देशन

इनरुवा। सुनसरीमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयले सरोकारवालाहरू र उद्योग...

प्युठानमा ‘प्युठानी रातो मुला’ वीऊ उत्पादन सुरु

प्युठान। जिल्लाको पहिचान भएको ‘प्युठानी रातो मुला’ को वीऊ उत्पादन सुरु भएको छ। केही वर्षअघि सम्म प्युठानलाई चिनाउने यस विशेष रातो मुलालाई संरक्षण गर्द...

पर्वतबाट १६ सय ८४ विद्यार्थी सहभागी हुँदै यस वर्षको एसइईमा

पर्वत। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पर्वत जिल्लाबाट एक हजार ६८४ जना विद्यार्थी सहभागी हुने भएका छन्। परीक्षा चैत्र १९ गतेदेखि सुरु हुने...

बजारमा सुन बढ्यो, चाँदी घट्यो

काठमाडौं। सोमबार सुनको भाउ सामान्य बढ्दा चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार सुन प्रतितोला १०० रुपैयाँले बढेर ३ ...

संसदीय राजनीतिबाट सन्यास लिने सीके राउतको घोषणा, संघर्षको राजनीति जारी राख्ने

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टी का अध्यक्ष राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। तर उनले राजनीतिक संघर्ष भने निरन्तर जारी र...

बागलुङबाट तीन महिला समानुपातिक सांसद

गलकोट। प्रतिनिधिसभाको समानुपातिक तर्फ बागलुङबाट तीन जना महिला सांसद बन्ने निश्चित भएको छ। बागलुङका दुई निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी ...

बाजुराका उच्च स्थानमा वर्षासँगै हिमपात

बाजुरा। बाजुराका उच्च स्थानमा वर्षासँगै हिमपात भएको छ। गत आईतबार बेलुकी पानीसँगै उच्च स्थानमा हिमपात परेको हो। जिल्लाका हिमाली, स्वामिकार्तिक खापर,...

बिहे भोजमा रसबरी घाँटीमा अड्किँदा युवकको मृत्यु

नयाँ दिल्ली । भारतको झारखण्ड राज्यस्थित जमशेदपुरमा आयोजित एक वैवाहिक समारोह अचानक शोकमा परिणत भएको छ। बिहेको भोजका क्रममा रसबरी खाने क्रममा एक युवकको ...

तीन महिनापछि पोखरा–जोमसोम उडान सुरु

मुस्ताङ। प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुन: सुरु भएको छ । मङ्सिर १५ गतेदेखि हुस्सु, हिमपातसहित जाडोयाममा यात्रुको चापसमेत न्यू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: