जुम्ला । वर्षा नहुँदा यहाँका किसानलाई सास्ती भएको छ । यहाँका किसानको यो याम भनेको खेतबारीमा कोदो लगाउनेदेखि अन्य कृषि क्षेत्रमा रातदिन लाग्ने समय हो । समयमै वर्षा नहुँदा अहिलेसम्म खेतबारीमा कोदो लगाउन नसकेको तिला गाउँपालिका– १ का स्थानीय किशोर रावतले जानकारी दिए ।
“पानी परेको छैन, खेतबारी सुक्खा छन्, सिँचाइको कुनै सुविधा छैन, यस वर्ष असार लागे पनि खेतीपाती लगाइएको छैन, गाउँमा खाद्यन्न सङ्कट आउने अवस्थाको परिस्थिति रहेको छ”, उनले भने ।
गतवर्ष समयमै पानी पर्दा कोदो र सिमीको उत्पादन राम्रो भएको थियो । यस वर्ष वर्षा नहुँदा खाद्यबालीमा निकै ह्रास आउने तिला गाउँपालिकाका बासिन्दा बताउँछन् । असार लागिसक्दा पनि वर्षा नभएपछि खडेरीका कारण बारीमा लगाएका अन्यबाली नपसाउँदै सुक्न थालेका छन् ।
विषेशगरी जिल्लाका किसानले हिउँदे याममा लगाएका नयाँ स्याउका बिरुवालाई खडेरीले निकै क्षति गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाइका कृषि अधिकृत खेमराज शाहीले जानकारी दिए ।
हिउँदयाममा राम्रोसँग हिमपात र वर्षा नभएपछि गहुँ, जौँलगायत हिउँदेबाली पनि राम्रोसँग उत्पादन नभएको हिमा गाउँपालिका–४ का किसान रतन रोकायाको भनाइ छ । जिल्लाका अधिकांश ठाउँमा सिँचाइ सुविधा पुगेको छैन । वर्षा नभएको खण्डमा यस वर्ष जिल्लामा खाद्यन्न बालीदेखि स्याउ उत्पादनमा धैरे कमी आउने कृषि विकास कार्यालयले जनाएको छ ।
जिल्लामा अहिलेसम्म १६ हजार घरधुरी स्याउखेतीमा आबद्ध रहेको कार्यालयले जनाएको छ । जुम्ली किसानको मुख्य आयस्रोत नै स्याउखेती हो । पछिल्लो समयमा स्याउ बीमाको महत्त्वबारे जानकार भएपछि जिल्लाका आठ वटै स्थानीय तहका करिब ८० प्रतिशत स्याउ किसानले बीमा गरेको शिखर इन्सोरेन्स कम्पन्नीको जिल्ला शाखाले जनाएको छ ।
पानी अभावले रोपाइँमा समस्या
असार महिना विशेषगरी धान रोप्ने समय हो । जेठको अन्तिम सातासम्म प्रायःजसो जिल्लामा खेतमा रोपाइँ भइसकेको हुन्थ्यो । यस वर्ष पानी नपर्दा यहाँको हिमा र तिलाका किसानले रोपाइँ गर्न पाएका छैनन् । पानी समयमै नपर्दा खेतीयोग्य जमिनमा नै धान रोप्न नसकिएको हिमा–४ का स्थानीय माया रोकायाले जानकारी दिइन् ।
सिँचाइ पुगेका खेतबारीमा रोपाइँ सम्पन्न भइसकेको छ । अकाशे पानीको भरमा परेका किसानका लागि यस वर्ष खेतमा रोपाइँ हुने नसकेको किसान बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: