Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

त्रिदेशीय राजमार्गको रूपमा रहेको तमोर करिडोर कालोपत्रे गर्न सुरु

खबरडबली संवाददाता

ताप्लेजुङ । त्रिदेशीय राजमार्गको रूपमा रहेको तमोर करिडोरको मूलघाट–गणेशचोक सडकखण्डको चौबीसे गाउँपालिकाअन्तर्गत फलामेटार–कुसेटार क्षेत्रमा कालोपत्रे सुरु गरिएको छ । हिमाली जिल्ला ताप्लेजुङबाट तराई जोडिएको तमोर करिडोर कालोपत्र गर्न सुरु भएको हो ।

विराटनगरको रानी भन्सारदेखि धनकुटा–पाँचथर–ताप्लेजुङ हुँदै चीन र भारत जोड्ने सबैभन्दा छोटो मार्गको रूपमा रहेको तमोर करिडोर कालोपत्रे थालिएको हो । विराटनगरको रानी भन्सारदेखि ताप्लेजुङको ओलाङचुङगोलास्थित चीन र नेपालको नाका टिप्तालासम्म करिब २५५ किलोमिटर दूरीको उक्त सडक धनकुटाको फलामेटार–कुसेटार खण्डमा कालोपत्रे गर्न थालिएको हो ।

पहिलो चरणमा धनकुटाको मूलघाटदेखि पाँचथरको भालुचोकसम्म ११२ किलोमिटरमा कालोपत्रे गर्न गत वर्ष ठेक्का लागेको थियो । सरकारले पर्याप्त बजेट नदिएपछि कालोपत्रेको काम सुरु गरिएको थिएन । निर्माण कम्पनी रौताहा क्षमादेवी जेभीले तमोर करिडोरको ११२ किलोमिटरमध्ये ६६ किलोमिटर कालोपत्रको जिम्मा पाएको छ । जसमा पहिलो चरणमा फलामेटार–सदामटार हुँदै मुर्कुटे–कुसेटारसम्मको करिब पाँच किलोमिटर सडक कालोपत्र गरिने तमोर करिडोर आयोजनाले जनाएको छ ।

यो सडक पूर्वी नेपाललाई भारत र चीनसँग जोड्न द्रुतमार्गका रूपमा निर्माण गरिएको हो । धनकुटाको मूलघाटदेखि भालुचोकसम्मको ११२ किलोमिटर सडक कालोपत्रेका लागि ०७९ कात्तिकमा चार अर्ब १६ करोड रुपैयाँमा ठेक्का लागेको थियो । करिडोरको मूलघाटदेखि नावाखोलासम्मको २८ किलोमिटर कालोपत्रको चरणमा छ । तमोर करिडोरको ६६ किलोमिटर सडकको काम तीन वर्षमा पूरा गर्ने सम्झौता भएको हो ।

भारतको जोगबनीबाट तमोर नदीको किनार हुँदै चीनको तिब्बतलाई जोड्न सरकारले ०६५ सालमा १० लाख बजेट विनियोजन गरेर आयोजना सुरु गरेको थियो । त्यसपछि धनकुटाको मूलघाटदेखि सुभाङसम्म ०६६ सालमा ट्रयाक खोल्न ६ अर्ब १५ करोड १४ लाखमा ठेक्का सम्झौता भई काम सुरु भएको हो ।

आयोजनाका आनुसार अहिले ४४ किलोमिटर सडकमा नाली निर्माणको कार्य सकिएको छ । तोकिएको समयभित्र फिदिमसम्म कालोपत्र कार्य सक्ने आयोजनाले जनाएको छ । यो सडक पूर्वी पहाडी जिल्लाको  आर्थिक समृद्धिसँग जोडिएको छ । तमोर करिडोरमा चार अर्ब १६ करोडमा दुईवटा कम्पनीले ठेक्का लिएका छन् । रौताहा क्षमादेवी जेभी र एपेक्स कम्पनीसँग ठेक्का सम्झौता गरेको तमोर करिडोर सडक आयोजनाले जनाएको छ ।

मूलघाटदेखि हाङठुवा ६६ किलोमिटरसम्म रौताहा क्षमादेवी जेभीले दुई अर्ब ४० करोडमा र बाँकी खण्ड एपेक्स कम्पनीले एक अर्ब २४ करोडमा ठेक्का सम्झौता गरेका हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending