पर्वत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गतको मालढुंगा–बेनी सडक कालोपत्र गर्न सुरु गरिएको छ ।
१३ किलोमिटर लामो मालढुंगा–बेनी सडकको मालढुंगा–फर्से पाँच किलोमिटर खण्डमा मात्र कालोपत्र गरिने जोमसोमस्थित कालीगण्डकी करिडोर मालढुंगा–बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले जनाएको छ ।
पहिलो चरणमा यो खण्ड कालोपत्र गरिसकेपछि सात किलोमिटर बाँकी रहनेछ । सडक कालोपत्र गर्न १३ दिन यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकमा भएको सहमतिअनुसार एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सवारी साधनले भोलि असार ८ गते शनिबारदेखि २० गतेसम्म वैकल्पिक मार्ग प्रयोग गर्नु पर्नेछ ।
मौसम अनुकूल भएमा १३ दिनमा कालोपत्रको काम पूरा हुने उनले बताए । उक्त सडक स्तरोन्नतिका लागि ०७७ चैतमा संयुक्त लगानीको एपेक्स–खड्का–कृष्णले रु. ५२ करोड ८६ लाखमा सडक विभागसँग सम्झौता गरेको थियो ।
करिब ६ मिटरको हाराहारीमा रहेको सडकलाई नौ मिटर फराकिलो बनाएर एक मिटरको नाली र दुई लेनमा आठ मिटर चौडाइका दरले कालोपत्र गरिने आयोजनाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८१ - २१:०२
सप्तरी । सप्तरीमा चार सयभन्दा बढी बोरा रासायनिक मल जफत गरिएको छ । बजार अनुगमन टोलीले मङ्सिर १९ देखि पुस ३ गतेसम्ममा चार सय पन्ध्र बोरा मल जफत गरेको हो...
पौष ५ गते, २०८१ - २०:५१
काठमाडौं । सन् २०१९ को तुलनामा सन् २०२२ मा ०.७५ प्रतिशतले वन क्षेत्र बढेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र र अ...
पौष ५ गते, २०८१ - २०:२९
झापा । चर्च ब्वाइज युनाइटेड क्लब बिर्तामोडमा जारी झापा कपको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमीफाइनलमा सिरहाको सहलेश युवा क्लबमाथि १–० को कठिन जित न...
पौष ५ गते, २०८१ - २०:२४
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँका विभिन्न स्थानमा भइरहेको पानी चुहावट नियन्त्रण गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन् । क...
पौष ५ गते, २०८१ - १९:५९
काठमाडाैं । काठमाडौं महानरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गर्ने भएको छ । काठमाडौं भ्यु टावरको नक्सा प्रक्रिया नै पूरा नग...
पौष ५ गते, २०८१ - १९:४४
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी दक्षिण कोरियाको पाँचदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । नेपाल र दक्षिण ...
पौष ५ गते, २०८१ - १९:३७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरको क्रिकेट रङ्गशालामा समयमा नै ‘प्यारापिट’ निर्माण गरेर ‘फ्लडलाइट’ पनि जडान गरिने बताएका छन् । ...
पौष ५ गते, २०८१ - १९:३२
क्वालालम्पुर । दश वर्षअघि रहस्यमय तरिकाले हराएको मलेसिया एयरलाइन्सको विमान एमएच ३७० को पुनः खोजी सुरु गर्ने प्रस्तावमा मलेसियाको मन्त्रिपरिषद् सहमत भए...
पौष ५ गते, २०८१ - १९:२८
पाल्पा । पाल्पामा विस्फोटक पदार्थ पड्किँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–...
पौष ५ गते, २०८१ - १९:२४
काठमाडाैं । नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । मन्त्रिपरिषद्को शुक्रबार बसेको...
प्रतिकृया लेख्नुहोस्: