Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

मेलम्ची खानेपानी जुनसुकै दिन बन्द हुनसक्ने

खबरडबली संवाददाता

काठमाडौं । मनसुन सुरु भएसँगै सिन्धुपाल्चोकबाट काठमाडौं ल्याइएको मेलम्ची खानेपानी जुनसुकै बेला बन्द हुने भएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बर्सात धेरै भएर बाढी आउने अवस्थामा काठमाडौं ल्याइएको खानेपानी बन्द हुने बताए । 

हाल आयोजनास्थल र त्यसभन्दा माथिको भागमा कर्मचारी राखेर २४ सै घण्टा बाढीको अवस्था हेरिरहेको र क्षति पुर्‍याउने खालको बाढी आउने अवस्थामा तत्काल पानी बन्द हुने उल्लेख गरे । लामिछानेले भने– ‘मेलम्ची आयोजनास्थलमा काठमाडौँतर्फ पानी ल्याउने मुहानसम्मको बाटो बाढीले बगाएको छ । मुहानस्थलमा पानीको मात्रा पनि बढिरहेको छ । केही गरेर माथिल्लो भागबाट बाढी आएर धमिलोपना बढ्यो भने जुनसुकै बेला पनि बन्द गर्नुपर्ने हुनसक्छ । यो दिनदेखि पानी बन्द हुन्छ भनेर मिति भने तोकेका छैनौँ । तर हामी आयोजनास्थलको नजिकै हाई अलर्टमा बसेका छौँ । हामीले २४ सै घण्टा मुहान क्षेत्रमा बाढीको निरीक्षणका लागि कर्मचारीहरू खटाइरहेका छौँ ।’ खानेपानी ल्याउने सुरुङको सुरक्षाका लागि बाढीको अवस्था हेरेर जुनसुकै बेला बन्द गरिने उनको भनाई छ । 

उनले काठमाडौंमा हाल दैनिक १७ करोड लिटर हाराहारी पानी आइरहेको बताए । बाढीको लेदो पसेको अवस्थामा सुरुङमा खतरा उत्पन्न हुने भएकोले जुनसुकै बेला पानी बन्द हुनसक्ने बताए । जहिलेसम्म पानी पठाउन सकिन्छ त्यसका लागि खटिइरहेको र कर्मचारी परिचालन गरिरहेको जानकारी दिए । 

आयोजनाको गेट बन्द गर्नुपर्ने अवस्थामा ४ जना कर्मचारीलाई तयारी अवस्थामा राखिएको र आयोजनाभन्दा माथिको भागमा बाढी आएको सूचना दिनमा लागि पनि मान्छे राखिएको लामिछानेले बताए । २०७८ साल असार १ गते मेलम्ची नदीमा आएको भीषण बाढीका कारण मेलम्ची खानेपानी आयोजनाका संरचनाहरूमा ठुलो क्षति पुर्‍याएको थियो । 

सुरुङभित्र पानी पठाउनुअघि त्यसलाई विभिन्न चरणमा फिल्टर गर्ने, मसिना ढुङ्गा, बालुवा लगायतका छान्ने संरचनाहरू सबै बाढीले बढाएका कारण पनि संवेदनशील हुनुपरेको उनले बताए । अहिले त्यस्ता केही पनि संरचना नभएकोले सुरुङमा बाढीको लेदो पस्ने जोखिम रहेको उनको भनाइ छ । 

लामिछानेले भने– ‘अहिले हामीले खोलाको पानी सिधै सुरुङमा हालिरहेका छौँ, पानी पठाउनु अघिका लागि चाहिने अन्य संरचनाहरू केही पनि छैन । सबै बाढीले पुरेकोले तत्काल बनाउन पनि सम्भव छैन । ४ देखि ५ मिटर अग्लो ग्रेगान अहिले पनि थुप्रिएर रहेको र त्यसलाई हटाउनुपर्ने अवस्था छ । त्यो खोतल्दा पारीपट्टी पहिरो जाने सम्भावना पनि छ ।’

पानी पठाउन बन्द भएपछि मनसुन रोकिएसँगै आयोजना स्थलमा भरिने ग्रेगान सफा गरेर काठमाडौंमा पानी पठाउने बताए । अहिले सुरुङको मुखमा फलामका ठुला पाता राखेर सुरुङभित्र बाढीले ल्याएका ग्रेगान प्रवेश रोक्न सुरक्षा गर्ने काम भइरहेको उल्लेख गरे । 

यस्तै आयोजनाको मुहानस्थल आठ सय मिटरदेखि एक किलोमिटर कहाँ सार्न सकिन्छ भन्ने बारेमा अध्ययन कार्य पनि जारी रहेको लामिछानेले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: