काठमाडौं । प्राध्यापक घनश्याम कँडेलको जीवनी, व्यक्तित्व, कृतित्व आधारित ‘घनश्याम कँडेलको साहित्यसाधना’ शीर्षकको ग्रन्थ सार्वजनिक गरिएको छ । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा ग्रन्थको लोकार्पण गरिएको हो ।
जीवनवृत्तमा घनश्याम कँडेल, परिवार र स्वजनका दृष्टिमा घनश्याम कँडेल, समालोचनामा घनश्याम कँडेल, अन्तर्वार्तामा घनश्याम कँडेल, भूमिकाहरूमा घनश्याम कँडेल, घनश्याम कँडेलका आफ्ना भनाइहरू, घनश्याम कँडेलका दृष्टिमा विशिष्ट समालोचकहरू, सम्मान तथा तस्बिरमा घनश्याम कँडेल जस्ता शीर्षकहरू छन् । ग्रन्थको सम्पादन डा. यज्ञेश्वर निरौलाले गरेका हुन् ।
वरिष्ठ समालोचक प्राध्यापक डा. वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा भएको लोकार्पण कार्यक्रममा ग्रन्थमाथि समालोचक प्रा.डा. रामप्रसाद ज्ञवाली र गीता त्रिपाठीले समीक्षात्मक मन्तव्य गरेका थिए । यसैगरी नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेती, कवि देवी नेपाल, समालोचक पशुपति नेउपाने, सम्पादक निरौला लगायतले कँडेलको बहुआयामिक व्यक्तित्वबारे प्रकाश पारेका थिए । त्रिवि नेपाली केन्द्रीय विभागबाट सेवा निवृत्त कँडेलका सिर्जना र समालोचना गरी १४ वटा कृति प्रकाशित छन् ।
अंग्रेजी, नेपाली र संस्कृत भाषाको गहन अध्येता कँडेलले आधा दर्जन खण्डकाव्य लेखेका छन् । तीमध्ये ‘धृतराष्ट्र’ खण्डकाव्यले २०७३ सालको मदन पुरस्कार पाएको थियो। केही अन्वेषण: केही विश्लेषण, पाश्चात्य यथार्थादी नाटक, स्वच्छन्द विचरण कँडेलका समालोचनात्मक कृति हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८१ - २१:०२
सप्तरी । सप्तरीमा चार सयभन्दा बढी बोरा रासायनिक मल जफत गरिएको छ । बजार अनुगमन टोलीले मङ्सिर १९ देखि पुस ३ गतेसम्ममा चार सय पन्ध्र बोरा मल जफत गरेको हो...
पौष ५ गते, २०८१ - २०:५१
काठमाडौं । सन् २०१९ को तुलनामा सन् २०२२ मा ०.७५ प्रतिशतले वन क्षेत्र बढेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र र अ...
पौष ५ गते, २०८१ - २०:२९
झापा । चर्च ब्वाइज युनाइटेड क्लब बिर्तामोडमा जारी झापा कपको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमीफाइनलमा सिरहाको सहलेश युवा क्लबमाथि १–० को कठिन जित न...
पौष ५ गते, २०८१ - २०:२४
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँका विभिन्न स्थानमा भइरहेको पानी चुहावट नियन्त्रण गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन् । क...
पौष ५ गते, २०८१ - १९:५९
काठमाडाैं । काठमाडौं महानरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गर्ने भएको छ । काठमाडौं भ्यु टावरको नक्सा प्रक्रिया नै पूरा नग...
पौष ५ गते, २०८१ - १९:४४
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी दक्षिण कोरियाको पाँचदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । नेपाल र दक्षिण ...
पौष ५ गते, २०८१ - १९:३७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरको क्रिकेट रङ्गशालामा समयमा नै ‘प्यारापिट’ निर्माण गरेर ‘फ्लडलाइट’ पनि जडान गरिने बताएका छन् । ...
पौष ५ गते, २०८१ - १९:३२
क्वालालम्पुर । दश वर्षअघि रहस्यमय तरिकाले हराएको मलेसिया एयरलाइन्सको विमान एमएच ३७० को पुनः खोजी सुरु गर्ने प्रस्तावमा मलेसियाको मन्त्रिपरिषद् सहमत भए...
पौष ५ गते, २०८१ - १९:२८
पाल्पा । पाल्पामा विस्फोटक पदार्थ पड्किँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–...
पौष ५ गते, २०८१ - १९:२४
काठमाडाैं । नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । मन्त्रिपरिषद्को शुक्रबार बसेको...
प्रतिकृया लेख्नुहोस्: