काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल राम्रो प्रधानमन्त्रीको ठाउँमा राम्रो जादुगर बनेर आउनुभएको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले अस्थिरताको चुनौती कायम रहेको बताए ।
उनले प्रधानमन्त्री दाहालले आफ्नो दलको सङ्ख्या नभएर जादु रहेको बताएको कुरा स्मरणा गर्दै देशलाई राम्रो प्रधानमन्त्री चाहिएको तर प्रधानमन्त्री राम्रो जादुगर भएर आउनुभएको टिप्पणी गरे । उनले विडम्बनापूर्ण अवस्थामा नेपाली नागरिकहरू बाँच्नु परिरहेको बताउँदै अहिले पनि धेरै चुनौतीहरू व्यहोर्नु परिरहेको बताए ।
उनले मुलुकमा स्थिरता, समृद्धि, मुलुकको उन्नति, दिगो शान्ति, विकास र सुशासन आजको आवश्यकता भएको बताउँदै उनले लोकतन्त्र भनेको विचारको बजार भएको बताए ।
उनले भने ‘कतिपय चुनौतीहरू अहिले पनि हामीले व्यहोर्नु परिरहेको छ । अहिले अस्थिरताको चुनौती छ । मुलुकमा स्थिरता, समृद्धि, मुलुकको उन्नति, दिगो शान्ति, विकास र सुशासन आजको आवश्यकता छ । तर राजनीतिक अस्थिरताले यी सबै कुरालाई ओझेलमा राखेको छ’ उनले भने, ‘अझै कति दिन अस्थिरता व्यहोर्नुपर्ने हो भन्ने कुरा पनि थाहा छैन । सम्माननीय प्रधानमन्त्रीजीले यो मेरो सङ्ख्या होइन जादु हो भन्नुभएको छ । हामीलाई राम्रो प्रधानमन्त्री चाहिएको छ, उहाँ राम्रो जादुगर भएर आउनुभएको छ । त्यस्तो विडम्बनामा हामीले बाँच्नुपरिरहेको छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८१ - १६:२५
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको तयारी थालेकोे छ । आगामी फागुन १५ गते हुने स्ववियु निर्वाचनका लागि त्रिविल...
पौष ११ गते, २०८१ - १५:५७
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेकपाका महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’ सँगको सम्बन्धमा फाटो ल्याउन भ्रम छरिएको बताएका ...
पौष ११ गते, २०८१ - १५:५३
काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। ...
पौष ११ गते, २०८१ - १५:५०
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमाखाता रहेका ग्राहकहरुलाई काठमाडौंको माछापोखरीमा अवस्थित बुद्ध मलमा रहेको...
पौष ११ गते, २०८१ - १५:३५
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको “चेम्बर एक्स्पो २०२५”को आयोजनागर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा माघ १७देखि २१ गते सम्म ५ ...
पौष ११ गते, २०८१ - १५:२७
काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से ४.१९ अंकले बढेर २६३०.७१ विन्दुमा पुगेको हो। आज नेप्से ०.१५ प्रति...
पौष ११ गते, २०८१ - १५:०१
धनकुटा । पछिल्लो सममय धनकुटाका किसानले व्यावसायिक सुन्तला खेती गरेर मनग्य आम्दानी लिन थालेका छन् । केही वर्ष अघिसम्म बाँझो रहेको जमिनमा सुन्तला खेती ...
पौष ११ गते, २०८१ - १४:३४
रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा १४ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले एक जना युवतीसहित दुई जनालाई पक्राउ गरेको छ । घटनाको जानका...
पौष ११ गते, २०८१ - १४:३०
म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका ३ पिप्लेमा टिप्पर दुर्घटना हुँदा चालक र सहचालको मृत्यु भएको छ । राहुघाट हाइड्रोपावरमा अडिट ३ बाट अडिट २ तर्फ ...
पौष ११ गते, २०८१ - १४:३०
रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा १४ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले एक जना युवतीसहित दुई जनालाई पक्राउ गरेको छ । घटनाको जानका...
प्रतिकृया लेख्नुहोस्: