Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८२ सोमबार | 19th May, 2025 Mon
Investment bank

सुनसरीको इटहरीमा जबर्जस्ती बजेट ल्याइयो, धरानमा रोकियो

खबरडबली संवाददाता

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाको बजेट रोकिएको छ । इटहरी उपमहानगरपालिकाले प्रक्रिया नपुर्‍याइ जबर्जस्ती आगामी आर्थिक वर्ष २०८१र८२ का लागि बजेट प्रस्तुत गरेको जनप्रतिनिधिहरूले बताएका छन् ।

धरानको बजेट सार्वजनिक गर्न सोमबार सैनिक भवनमा मञ्च तयार गरिएको थियो । तर बजेटमा कुरा नमिलेपछि नगर सभा बस्न सकेन ।  धरान उपमहानगरपालिका उपप्रमुख अइन्द्रविक्रम बेघाले नगर प्रमुख हर्कराज राईका कारण नगर सभा रोकिएको बताए । प्रमुखले प्रक्रिया नपुर्‍याएर अघि बढ्न खोजेको उनको भनाइ छ  ।

‘बजेट अब प्रमुखज्यूले कहिले ल्याउनुहुन्छ, उहाँलाई मात्रै थाहा छ,’ बेघाले भने, ‘बजेटको अंक तोकिएको छैन, ब्रेकडाउन भएको छैन, नीति तथा कार्यक्रममा छलफल भएको छैन, घोषणा गरेर मात्रै हुन्छ र ?’

उनका अनुसार प्रमुख राई गैरजिम्मेवार ढंगबाट प्रस्तुत भएका कारण बजेट अड्किएको हो । ‘उहाँले जहिले बजेट ल्याउने भने पनि प्रक्रिया पूरा गरेर ल्याउनुपर्छ, हाम्रो असहमति छैन,’ उनले भने, ‘कसैको जबर्जस्ती र हठले नगर सभा चल्दैन ।’ बेघाका अनुसार नगर प्रमुख राईले लचकता नअपनाउँदा उद्घाटनको तयारी भएको नगर सभा पनि रोकिन पुगेको हो ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्क राईले स्रोत तथा सीमा निर्धारण समितिको बैठक राखेका छैनन् । विषयगत समितिको बैठक पनि बसेको छैन । इटहरी उपमहानगरपालिकाले भने बहुमत सदस्यको अनुपस्थितिमा सोमबार राति बजेट ल्याएको छ । प्रक्रिया नपुर्‍याएको भन्दै एमालेबाट निर्वाचित जनप्रतिनिधि अनुपस्थिति भए पनि नगर प्रमुख हेमकर्ण पौडेलले ३ अर्ब ५७ करोड ५० हजारको बजेट प्रस्तुत गरेका थिए ।

उनले नगर सभामा पेस गरेको बजेटमा चालुतर्फ १ अर्ब ४१ करोड ३७ हजार, पुँजीगततर्फ २ अर्ब १५ करोड ६० लाख १३ हजार विनियोजन गरेका छन् । इटहरी वडा नम्बर ३ का वडाध्यक्ष उमेश सुवेदीका अनुसार कार्यपालिकाबाट पास नगरी प्रमुख पौडेलले जबर्जस्ती बजेट प्रस्तुत गरेका हुन् ।

‘राजस्व अनुमान समितिले अनुमान दियो, नगर प्रमुखको संयोजकत्वमा रहेको स्रोत तथा सीमा निर्धारण समितिले निर्णय गर्न सकेन । नसकेपछि कार्यपालिकामा जाने कुरा भएन,’ उनले भने, ‘कार्यपालिकाको बैठक नै बसेन, कार्यपालिका बैठकमा नलगी मेयरले एक्कासी सभामा बजेट लैजाने प्रयास गर्नुभयो । हामी केही समय विरोध गरेर घर लाग्यौं । उहाँहरूले राति बजेट ल्याउनुभएछ ।’

सुवेदीका अनुसार प्रस्तुत बजेटको अनुमान अस्वाभाविक छ । ‘हामीले ५६ करोड आन्तरिक आम्दानीको अनुमान गरेर ३ अर्ब १० करोडको बजेट प्रस्तुत गर्नुपर्छ भनेका थियौं, तर उहाँ ९नगर प्रमुख० मान्नुभएन,’ उनले भने,‘

इटहरीमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिको बहुमत छ । वडाध्यक्ष सुवेदीका अनुसार पालिकाको आन्तरिक आम्दानी ५६ करोडको अनुमान राजस्व समितिले दिएको थियो । तर प्रमुख पौडेलले बजेटको अंक बढाउनका लागि ९६ करोडको अनुमान प्रस्तुत गरे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अन्तर्राष्ट्रिय जैविक विविधता दिवस र नेपाल सन्दर्भ

पृष्ठभूमि मानवलगायत पृथ्वीमा रहेका सबै जीवनलाई आवश्यक पर्ने प्रक्रियाहरूको लागि जैविक विविधता आवश्यक छ। जनावर, बोटबिरुवा र सूक्ष्म जीवहरूको विस्तृत...

सार्वजनिक कार्यक्रममै मुख्यमन्त्री र गाउँपालिका अध्यक्षबीच आरोपप्रत्यारोप

रुपन्देही । दाङको राप्ती गाउँपालिका लुम्बिनी प्रदेश राजधानी रहेको स्थानीय सरकार हो । प्रदेश सरकारका सबै मन्त्रालय, अन्य कार्यालय, प्रदेश सभासहितका महत...

सामान्य घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो । योस...

अढाई दशकपछि नक्सालको हिटीमा फर्कियो पानीको प्रवाह

काठमाडौँ । काठमाडौंको नक्सालस्थित ढुंगे धारा (हिटी)मा अढाई दशकपछि पानीको प्रवाह फर्किएको छ। अहिले सो हिटीमा दुईवटा स्रोतबाट पानी आउन थालेको हो । हा...

कालीमाटी तरकारी बजारः यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

टनेलकाे गाेलभेँडा बजारमा आएसँगै मूल्य उच्च

तनहुँको बुल्दीखोलामा पक्की पुल निर्माण

तनहुँ । जिल्लाको व्यास नगरपालिका–१ र २ जोड्ने गरी कराङकाठबाट बसपार्क आवतजावत बुल्दीखोलामा पुल निर्माण गरिएको छ। नगरप्रमुख बैकुण्ठ न्यौपानेले बुल्दीखोल...

सत्ता समीकरण तत्काल परिवर्तन नगर्ने मुडमा छन कांंग्र्रेस सभापति देउवा

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेपाली कांग्रेस र नेकपा एमालेसहितको गठबन्धन सरकारप्रतिको आलोचना बढ्नेक्रम जारी छ। संसद्का दुई...

तरुण दलको लम्मजुङ अधिवेशनमा खुकुरी प्रहार, ४ घाइते मध्य २ लाई काठमाडौं रिफर

लमजुङ । लमजुङमा नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल तरुण दलको जिल्ला अधिवेशनमा खुकुरी प्रहार भएको छ । सो क्रममा चार जना घाइते भई दुई जना उपचारपछि घर फ...

प्रतिनिधिसभा बैठकः बिनियोजन बिधेयकमाथी छलफल जारी रहने

काठमाडौं। प्रतिनिधिसभाको बैठक बस्दैछ। जसअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ...

आजको मौसमः कर्णाली र सुपबाहेक अन्य प्रदेशमा पानी पर्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागर बाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending