Ntc summer Offer
Khabar Dabali ९ आश्विन २०८१ बुधबार | 25th September, 2024 Wed
NIMB

मुगुको सोरु गाउँपालिको १४ औँ गाउँसभाले लगायो केन्द्रको टुङ्गो

खबरडबली संवाददाता

 मुगु । मुगु जिल्लास्थित सोरु गाउँपालिकाले आफ्नो १४ औँ गाउँसभाबाट ५३ करोड बढीको बजेट सार्वजनिक गरेसँगै अहिले सम्म सोरु गाउँको केन्द्र तोकिएको थिएन यो गाउँसभामा पालिकाको केन्द्र पनि तोकेको छ यो सोरु गाउँपालिकाले गरेको एकै पटकको दुई सफलता हो ।

गाउँपालिकाको १४ औँ गाउँसभामा उपाध्यक्ष केशरबहादुर शाहीले आर्थिक वर्ष २०८१र०८२ का लागि कुल ५३ करोड ६१ लाख २ हजार ९६ रुपैयाँ बजेट प्रस्तुत गर्दै सार्वजनिक गरे। पालिकाले अघिल्लो चालु आर्थिक वर्ष २०८०र०८१ मा ४६ करोड ४६ लाख ४७ हजार बजेट प्रस्तुत गरेको थियो । अघिल्लो वर्षको तुलनामा यो पटक पालिकाले झन्डै ८ करोड बजेट बढी ल्याएको छ ।

उक्त कुल प्रस्तावित बजेट मध्ये पुँजीगत तर्फ २२ करोड ८४ लाख ७० हजार रहेको छ भने चालु तर्फ ३० करोड ६६ लाख ३२ हजार ९६ रुपैयाँ रहेको उपाध्यक्ष शाहीले जानकारी दिनु भयो । पालिकाको आन्तरिक श्रोतमा ५० लाख बजेट प्रस्तुत गरिएको छ । अघिल्लो वर्ष ३३ लाख आन्तरिक श्रोत प्रस्ताव गरिएको थियो ।

आर्थिक वर्ष २०८१र०८२ को बजेटमा शिक्षा ,स्वास्थ्य, पूर्वाधार निर्माण रैथाने बाली प्रर्बधन सुचना प्रविधि लैगिंक हिसा न्यूनीकरण जस्ता कार्यक्रमलाई बजेटमा विशेष प्राथमिकता दिइएको छ । सोरु गाउँपालिकाको १४ औँ बजेट अधिवेशन सभामा अध्यक्ष धर्मबहादुर शाहीले आर्थिक वर्ष २०८१र०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

नीति तथा कार्यक्रममा ११ वटै वडा तहका बस्ती स्तरमा सडक निर्माण ५५ वटा बस्तीका स्थानीयलाई शुद्ध खानेपानी ,ग्रामीण बिद्युतीकरण, विद्यालय भवन निर्माण, सबै वडा तह बाटै स्थानीयको सेवाप्रबाह हुने गरि पूर्बाधार निर्माणको ब्याबस्था उल्लेख गरिएको अध्यक्ष शाहीले बताए ।

उनले भने ‘पालिका भित्र आवासीय विद्यालय सञ्चालन गर्न र तारा पानीमा निमार्णाधिन १५ शय्या अस्पताल सञ्चालन गर्न नीति तथा कार्यक्रममा योजना उल्लेख गरेका छौँ ।’ नीति तथा कार्यक्रममा ग्रामीण पर्यटन प्रर्बधनलाई जोड, यस गाउँपालिका भित्र पुरातात्त्विक महत्त्व बोकेका ऐतिहासिक धार्मिक मठमन्दिर भई गुरामन्दिर लगायत जीर्णोद्धार, जिमा कुलाहाँ तातोपानीलाई पर्यटकीय स्थलमा विकास गर्न विशेष जोडे दिइएको प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाहीले जानकारी गराए ।

पालिकाले खेलकुद क्षेत्रको प्रवर्द्धन र विकास गर्न नीति तथा कार्यक्रम उल्लेख गरेको छ । पालिका भित्रका धार्मिक पर्यटन पदमार्ग निर्माण, बिरामीका निम्ति एम्बुलेन्स सञ्चालन नीति तथा कार्यक्रम उल्लेख गरिएको छ । १४ औँ गाउँसभामा पालिका केन्द्र पनि निर्धारण गर्ने तयारी गरिएको छ ।

संघीय सांसद ऐनबहादुर शाहीले उदघाटन गरेको सोरु गाउँपालिकाको १४ औँ गाउँसभामा प्रदेश सभासद मंगलबहादुर शाही विशिष्ट अतिथिको रुपमा उपस्थित थिए । यो गाउँसभाले ५३ करोडको बजेट सार्वजनिक गरेसँगै करिब सात वर्ष सम्म विवादको कारण पालिकाको केन्द्र तोकिन सकेको थिएन अहिले सबै दलहरूको सहमतीमा सोरु गाउँपालिकाको केन्द्र सोरुकोटमा रहने गरि सर्वदलीय सहमतीमा तोकिएको सोरु गाउँपालिका उपाध्यक्ष केशर जङ्ग शाहीले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय कविता महोत्सव२०८१'का उत्कृष्ट १० जना कविलाई पुरस्कृत

काठमाडौं ।  नेपाल प्रज्ञा-प्रतिष्ठानको ६७ औँ वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित राष्ट्रिय कविता महोत्सव २०८१ मा उत्कृष्ट घोषित १० जना कविलाई पुरस्कृत गर...

गुणस्तहीन सामान र अंकित मूल्यभन्दा बढी लिएर बिक्री गरे कारबाही हुन्छः काठमाडौं महानगरपालिका

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति, कम्पनी तथा निकायहरुलाई मूल्य सूची पसलको अग्रभागमा राख्न सचेत गराएको छ। महानगरपाल...

जापानको भावी प्रधानमन्त्री बन्ने दौडमा एलडिपी नेता

काठमाडौं । जापानमा आगामी शुक्रबार हुने निर्वाचनले पहिलो महिला र सबैभन्दा कान्छो प्रधानमन्त्री पाउने सम्भावनासहित पार्टीको नेता चयनमा जापानको सत्तारुढ ...

भेरानको फुटबलबाट सन्यास

काठमाडौँ । फ्रान्सका सेन्ट्रल ब्याक राफेल भेरानले फुटबलबाट सन्यास लिएका छन् । ३१ बर्षिय स्टार खेलाडीले लगातारको इन्जूरीपछि सन्यासको निर्णय गरेका हुन् ...

असोज १९ गते आन्टरप्रेनर समिट आयोजना हुँदै

एशिया प्यासिफिक क्षेत्रका उद्यमी र लगानीकर्ता पनि आउने

विराटनगरबाट स्रोत नखुलेको ७ लाख रूपैयाँ सहित दुई जना पक्राउ

विराटनगर । विराटनगरबाट  स्रोत नखुलेको ७ लाख रूपैयाँ सहित दुई जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१७ स्थित मटेरूवाबाट उनीहरु  पक्र्राउ प्रेका ...

विद्यार्थी कल्याण समाज बिपी प्रतिष्ठानको अध्यक्षमा देव निर्वाचित

सुनसरी ।    विद्यार्थी कल्याण समाज  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अध्यक्षमा नवराज कुमार देव निर्वाचित भएका छन् । महासचिवमा भने स...

४९ अंकले उकाकालो लागेको बजारमा कारोबार रकम ओरालो

काठमाडौं । आज शेयर बजार भारी अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ४९ दशलमव १८ अंकले बढेर २,५१९.५७ को विन्दुमा कायम भएको छ । आज २२३ कम्पनीको शेय...

स्वास्थ्य बिमाको भुक्तानी नपाउँदा समस्या

म्याग्दी । राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले बिरामीको औषधि उपचारबापतको रकम भुक्तानी नगर्दा म्याग्दीको बेनी अस्पतालमा समस्या भएको छ । अस्पतालले गत पुसदे...

चीनले दशकौंपछि गर्यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण

काठमाडौँ । चीनले प्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ । यसमा डमी वारहेड प्रयोग गरिएको बताइएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy