Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

सेयर बजारमा सुस्तता, सिजनमा पनि छैन कारेबार

खबरडबली संवाददाता

काठमाडौं । आर्थिक वर्षको अन्त्य र सुरुवातको समय मानिने असार–साउनलाई आर्थिक क्षेत्र चलायमान हुने समयको रुपमा पनि बुझिन्छ । जसको प्रभाव स्वरुप पुँजी बजारमा पनि सोही शैलीमा नै कारोबार वृद्धि भइरहेको पाइन्छ ।   

यद्यपि, यस पटक भने पुँजी बजारमा उत्साह ल्याउने कारोबार हुन सकेको छैन । सिजन मानिने समयमै पुँजी बजारमा सुस्तता छाइरहेको छ । 

एकातिर बजार २ हजारको बिन्दुकै आसपासमा निरन्तर घुमिरहेको छ भने अर्कोतिर कारोबार रकम निरन्तर घट्दो अवस्थामा छ । बिहीबारको कारोबारलाई हेर्दा, दैनिक कारोबार तीन अर्ब ६३ करोडमा सीमित भएको छ । जुन यो साताकै न्यून कारोबार रकम पनि हो । 

बजारमा निरन्तरजसो गिरावट आइरहनु र कारोबार रकम पनि सोही शैलीमा घटिरहनुले बजारमा सुस्तता छाइरहेको देखाउँछ । बजार विश्लेषकहरूका अनुसार लगानीकर्ता आकर्षित नहुँदा बजारमा उत्साह छाउन सकेको छैन ।

सेयर बजार विश्लेषक शंकर घिमिरे, केही आन्तरिक तथा बाह्य कारणले बजारमा सुस्तता छाइरहेको बताउँछन् । उनका अनुसार सबैभन्दा धेरै मनोविज्ञान बिग्रिरहेको छ ।

“सरकारको नीति पुँजीबजार मैत्री छैन, सरोकारवालाका अभिव्यक्ति लगानीकर्तालाई उत्साहित होइन निरुत्साहित बनाउने खालका छन्, अर्कोतर्फ बैङ्किङ क्षेत्र पनि लगानी विस्तारमा तयार देखिएको छैन”, घिमिरे भन्छन्, “यी यस्तै कारणले मनोविज्ञान सही बन्न सकेको छैन, मनोविज्ञान सही नभएपछि बजार अगाडि जाने विषय नै हुँदैन ।” 

अहिले एकातिर विद्याधर मल्लिकको अध्यक्षतामा गठित समितिले बुझाएको प्रतिवेदन चर्चामा छ भने अर्कोतर्फ गभर्नर महाप्रसाद अधिकारीको अभिव्यक्तिबाट लगानीकर्ता झस्किएका छन् । विश्लेषक घिमिरे बजारमा सेन्टिमेन्ट बिर्गान यी दुई कुरा निकै जिम्मेवार छन् । 

मल्लिक नेतृत्वको समितिले बुझाएको प्रतिवेदनमा सेयर कारोबारमा हुने नाफामा ३९ प्रतिशतसम्म कर लगाउने प्रस्ताव गरिएको छ । जसबाट लगानीकर्ता झस्किएका छन् । यता, गभर्नर अधिकारीले लगानीकर्तालाई त्रर्साउने शैलीमा मौद्रिक नीति खुकुलो नआउने बताएका छन् । 

यद्यपि, अर्थमन्त्रालय र राष्ट्र बैंकमा पुँजी बजारको विषयलाई लिएर चलेको छलफलले भने बजारलाई लयमा ल्याउन सक्ने बुझाई विश्लेषक घिमिरेको छ । उनका अनुसार मल्लिक नेतृत्वको समितिले जे प्रतिवेदन बुझाएपनि मन्त्रालय बजारलाई चलायमान गराउने पक्षमा छ । 

“अर्थमन्त्रालय र राष्ट्र बैंकका बीच गम्भीर समीक्षा भएको छ, पुँजी बजारलाई जसरी पनि अगाडि लैजानुपर्छ भन्ने बुझाई देखिन्छ”, उनले भनेका छन्, “नयाँ केही नीति आउँछन्, मौद्रिक नीतिले पनि सम्बोधन गर्छ, लाग्छ, अब विस्तारै बजार अगाडि जान्छ ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेतृत्वले हारको जिम्मेवारी लिनुपर्छ : पूर्ण बस्नेत

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल का नेता पूर्ण बस्नेत ले पार्टी नेतृत्वले निर्वाचन हारको जिम्मेवारी लिनुपर्ने बताएका छन् । बस्नेतले कुनै पनि प्रत...

आवश्यक परे पानीजहाज भाडामा लिएर पनि नेपाली उद्धार गर्छौं : परराष्ट्र सचिव

काठमाडौं । परराष्ट्र मन्त्रालय का सचिव अमृतबहादुर राई ले मध्यपूर्वी देशमा रहेका नेपाली नागरिकको उद्धार गर्न सरकार पूर्ण रूपमा सक्षम रहेको बताएका छन् ।...

एमाले सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव महेश बस्नेत विरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर भएको छ । बुधबार दर्ता भएको रिटमा आगामी ...

भोजपुरका किसानलाई हिउँदे आलु थन्काउन भ्याइनभ्याइ

भोजपुर । किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन्। खेतबारीमा लगाइएको आलु परिपक्व भएपछि किसानहरू बिहानैदेखि साँझसम्म आलु भण्डारण गर्न बारीमा ख...

सिरहामा प्रेसर कुकर बम विस्फोट भएको पुष्टि

जनकपुरधाम । सिरहाको सिरहा नगरपालिका–१ स्थित सदरमुकाम क्षेत्रमा विस्फोट भएको शंकास्पद बस्तु बम नै रहेको प्रारम्भिक पुष्टि भएको छ। जिल्ला प्रहरी कार्...

तेल मूल्य उकालो लागेपछि जी–७ सजग : आवश्यक परे रणनीतिक तेल भण्डार प्रयोग गर्ने संकेत

काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेपछि Group of Seven (जी–७) देशहरूले बजार स्थिर राख्न आवश्यक परे र...

भक्तपुरमा ह्युम पाइपमा लुकाएको अवस्थामा ४१ राउण्ड गोली फेला

भक्तपुर । भक्तपुरको सल्लाघारीमा ह्युम पाइप भित्र लुकाएर राखेको अवस्थामा गोली भेटिएको छ । रुमालमा पोको पारेर राखिएको अवस्थामा उपत्यका अपराध अनुसन्धान क...

विश्व ऊर्जा संकटको संकेत : नेपालमा पनि इन्धन मितव्ययी प्रयोग गर्न आयल निगमको आग्रह

काठमाडौं । विश्व बजारमा सम्भावित ऊर्जा संकटको संकेत देखिएसँगै नेपाल आयल निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थ र एलपी ग्यासको मितव्ययी प्रयोग गर्न अपिल ...

सिराहामा बम विस्फोट हुँदा एक जना घाइते

सिराहा  । सिराहामा बम विस्फोट हुँदा एक जना घाइते भएका छन् । सिराहा नगरपालिका १ सिरहा बजारमा रहेको कामधेनु ल फर्ममा बुधबार अपरान्ह सुतली बम विस्फोट भएक...

फेक ‘रेस्क्यु’ प्रकरणमा पासाङ शेर्पा पक्राउ

काठमाडौं । नेपाल प्रहरी ले फेक ‘रेस्क्यु’ प्रकरणमा संलग्न आरोपमा एक जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सोलुखुम्बुको सोल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE