सल्यान । सल्यानको शारदा नगरपालिका– १ श्रीनगरका रहेका दुई औषधी पसलमा प्रशासनले तालाबन्दी गरेको छ । श्रीनगरस्थित कर्णाली अस्पतालको फार्मेसी र मोडेल मेडिकल हलमा तालाबन्दी गरिएको हो ।
गैरकानुनी रूपमा आधिकारिक फर्मासिस्ट नराखी मनपरी औषधि बिक्री गरेको अनुगमनका क्रममा पाइएपछि दुई मेडिकल सिल गरिएको औषधि व्यवस्था विभाग शाखा नेपालगन्जले जनाएको छ ।
औषधि ऐन, २०३५ र उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम दुई मेडिकल हललाई कारबाहीस्वरूप तालाबन्दी गरिएको औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका फार्मेसी निरीक्षक दीपेन्द्रकुमार साहले जानकारी दिए ।
बिक्री गर्न प्रतिबन्ध लगाएका औषधि विभागमा पेस गर्ने र विभागीय निर्णयअनुसार कारबाही गरिने उनले बताए । ती फार्मेसीबट प्रतिबन्धित औषधि बिक्री-वितरण हुँदै आइरहेको गुनासो बढेपछि अनुगमन गर्दा त्यस्तै पाइएकाले सिल गर्नुपर्ने अवस्था आएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए ।
अनुगमनका क्रममा एभरेस्ट मेडिकल हललाई पाँच हजार र मोडेल मेडिकल हललाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ । पेट्रोलियम पदार्थसमेत कालो बजारी भइरहेको गुनासो आइरहँदा श्रीनगरमा रहेका खैरावांगी पेट्रोल पम्पलाई २० हजार र शारदा आयललाई १० हजार जरिवाना गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: