Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

फ्रान्समा भोलि चुनाव, म्याक्रोनको पार्टी सर्वेक्षणमा पछाडी

खबरडबली संवाददाता

काठमाडौं । फ्रान्समा आम निर्वाचनको अभियान सकिएको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको पार्टीले अति दक्षिणपन्थी पार्टी नेशनल र्‍यालीलाई समर्थन नगर्न अपील गरेको छ ।

तर, संसदीय निर्वाचनमा मतदाताले राष्ट्रिय जनसभालाई ऐतिहासिक जनादेश दिन सक्ने देखिन्छ । फ्रान्समा जुन ३० मा पहिलो चरणको निर्वाचन हुँदैछ । दोस्रो चरणको निर्वाचन जुलाई ७ मा हुँदैछ । फ्रान्सका प्रधानमन्त्री गेब्रियल एटलले यदि मतदाताले नेशनल र्‍यालीमा मतदान गरेमा घृणा र आक्रामकताको लहर आउन सक्ने चेतावनी दिएका छन् । तर मत सर्वेक्षणमा मरिन ले पेन र २८ वर्षीय जोर्डन बर्डेलाको पार्टी अगाडि देखिएको छ । 

यद्यपि, दक्षिणपन्थी नेशनल र्‍यालीले आफूमाथि लगाइएको नस्लवादको आरोपलाई अस्वीकार गरेको छ । तर, आफ्नै बलमा सरकार बनाउन पर्याप्त मत ल्याउने हो कि होइन भन्ने प्रश्न उठेको छ । जुनको सुरुमा, राष्ट्रपति इमानुएल म्याक्रोनले अचानक संसद विघटन र मध्यावधि चुनावको घोषणा गरेका थिए । युरोपेली संसदीय चुनावमा कट्टर दक्षिणपन्थी नेसनल र्‍याली पार्टीले ठूलो सफलता हासिल गरेपछि राष्ट्रपति म्याक्रोनले संसदीय चुनावको घोषणा गरेका थिए । 

चुनावको घोषणा गर्दा म्याक्रोनले आफ्नो देशका नागरिकलाई कट्टरपन्थीलाई महत्व नदिन आग्रह गरेका थिए ।

फ्रान्समा चुनाव कसरी हुन्छ ?

यी निर्वाचनमा फ्रान्सको संसदको तल्लो सदन नेशनल एसेम्बलीका ५७७ सदस्य निर्वाचित हुनेछन् । यही सदनले देशको कानुन बनाउँछ । संसदको माथिल्लो सदन, अर्थात् सिनेटका सदस्यहरू नेशनल एसेम्बली र स्थानीय निकायहरूद्वारा संयुक्त रूपमा निर्वाचित हुन्छन् ।

जुन ३० मा फ्रान्सको मुख्य भूमिमा रहेका सबै ५७७ संसदीय निर्वाचन क्षेत्र र फ्रान्सबाट टाढा जनसंख्या भएको क्षेत्र र विभागहरूमा मतदान हुनेछ । विदेशमा बस्ने फ्रान्सेली नागरिकहरूले पनि यी चुनावमा मतदान गर्न सक्छन् । प्रत्येक जिल्लाबाट एक जना सांसद निर्वाचित हुन्छन् । जुलाई ७ मा सबै सिटमा पुनः मतदान हुनेछ, जसमा मतदाताले पहिलो चरणमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवार मध्येबाट छनोट गर्नुपर्नेछ ।

पहिलो चरणमा १२.५ प्रतिशतभन्दा बढी मत ल्याउने उम्मेदवारले अर्को चरणको निर्वाचनमा भाग लिन पाउनेछन् । यस्तो अवस्थामा सामान्यतया दोस्रो चरणको मतदानमा प्रत्येक सिटमा दुई वा तीन जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने गरेको छ । संसदमा बहुमत प्राप्त गर्न कुनै पनि दल वा गठबन्धनले २८९ सिट जित्नुपर्छ ।

यस अघि २०२२ को जुनमा आम निर्वाचन भएको थियो । सो निर्वाचनमा म्याक्रोनको पार्टी रेनाइसेन्सले सबैभन्दा बढी १७२ सिट जितेको थियो । त्यस्तै मारिन ले पेनको पार्टी नेशनल र्यालीले ८९ सिट जितेको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending