Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

निरन्तर तेस्रो दिन पनि गाजामा आक्रमण, दशौँ हजार प्यालेस्टिनी विस्थापित

खबरडबली संवाददाता

काठमाडौं । इजरायली सैन्य अभियानको तेस्रो दिन उत्तरी गाजामा विस्फोट, हवाई आक्रमण र बन्दुकको गोलाबारीले दशौं हजार प्यालेस्टिनीलाई विस्थापित गरेको छ । 

संयुक्त राष्ट्रसङ्घले यस क्षेत्रमा ‘असह्य’ रहनसहनको अवस्थालाई जटिल बनाएको छ । एएफपीका एक संवाददाताले गाजा शहर नजिकैको शुजैया क्षेत्रमा व्यापक हवाइ आक्रमण र विस्फोट भएको बताए । एक स्थानीयले सडकमा शवहरू देखिएको बताएका छन् ।

हमास र प्यालेस्टाइनी लडाकु समूह इस्लामिक जिहाद दुवैका सशस्त्र शाखाले त्यहाँ इजरायली सेनासँग जारी लडाइँमा संलग्न रहेको बताएका छन् । इजरायली सेनाले शुजैयामा ‘जमिनमाथि र तल’ भएको भिडन्तमा ठूलो सङ्ख्यामा लडाकुको मृत्यु भएको जनाएको छ ।

‘दर्जनौं आतङ्ककारी’ मारिएको र हतियार, ड्रोन र अवलोकन चौकीका साथै लामो दूरीको रकेट लञ्चर र टनेल शाफ्ट फेला परेको सेनाले जनाएको छ ।

शनिबार उत्तरी गाजामा भएको भिडन्तमा दुई सैनिकको मृत्यु हुनुका साथै दुई जना गम्भीर घाइते भएको सेनाले जनाएको छ । इजरायलले उत्तरमा हमास लडाकुको कमाण्ड संरचना ध्वस्त भएको घोषणा गरेको केही महिनापछि यस क्षेत्रमा लडाईंको पुनरुत्थान भएको हो ।

गत आइतबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले युद्धको ‘तीव्र चरण’ करिब नौ महिनापछि अन्त्य हुन लागेको बताएका थिए । 

गाजा द्वन्द्वका कारण लेबनानसँग जोडिएको इजरायलको उत्तरी सीमामा पनि तनाव बढेको छ । यसका कारण इरानले शनिबार इजरायलले लेबनानमाथि आक्रमण गरेमा ‘नामेट पार्ने’ युद्ध हुने चेतावनी दिएको छ ।

अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणमा परी एक हजार २०० भन्दा बढीको मृत्यु भएको एएफपीले इजरायली तथ्याङ्कलाई उद्धृत गरी उल्लेख गरेको छ । लडाकुले गाजामा रहेका ११६ जना बन्धकहरूलाई पनि कब्जामा लिएका छन्, यद्यपि सेनाले ४२ जनाको मृत्यु भएको बताएको छ ।

हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार इजरायलले गरेको जवाफी कारबाहीमा कम्तीमा ३७ हजार ८३४ जनाको मृत्यु भएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: