Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

नेपाल सुनचाँदी व्यवसायी महासंघको अधयक्षमा रसाईली निर्वाचित

खबरडबली संवाददाता

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो महाधिवेशनबाट भारी मतान्तरका साथ केन्द्रीय अध्यक्षमा अर्जुन रसाईली विजयी भएका छन् । शनिबार सिल्भर वक काठमाडौंमा सम्पन्न भएको निर्वाचनमा अध्यक्षका उम्मेद्वार अर्जुन रसाईलीले २५० मत प्राप्त गर्दै विजयी भएका हुन् ।

अर्का अध्यक्ष पदका उम्मेद्वार विपेन्द्र रामुदामु विपिनले १८४ मत प्राप्त गरेका थिए । महासंघको वरिष्ठ उपाध्यक्षमा दियेश रत्न शाक्य विजयी भएका छन् । वरिष्ठ उपाध्यक्ष शाक्यले २८३ मत ल्याउँदा उनका प्रतिद्धन्दी मोहनकाजी शाक्यले १४८ मत प्राप्त गरेका थिए । प्रथम उपाध्यक्षमा धर्म सुन्दर बज्राचार्यले २७४ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्धन्दी केश बहादुर सुनारले १५९ मत प्राप्त गरेका छनु । द्धितिय उपाध्यक्षमा बुद्धि बहादुर वि.के दियालीले २६४ मत प्राप्त गर्दै विजयी भएका छन् ।

उनका प्रतिद्धन्दी मान ब.विश्वकर्मा(एम.वि)ले १६६ मतमा चित्त बुझाउन पर्‍याे । तृतीय उपाध्यक्षमा रुपदल विश्वकर्मा (राजु धमला)ले २४३ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्धन्दी मनोजकुमार साहले १८७ मत प्राप्त गरेका छन् ।

त्यस्तै महासचिवमा किरणभाइ बज्राचार्यले २३३ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्धन्दी रविन शाक्यले १३६ मतमा चित्त बुझाउन पर्‍याे । कोषाध्यक्षमा सुदिप श्रेष्ठले २४३ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्धन्दी सुबिन बज्राचार्यले १८४ मत प्राप्त गरेका छन् ।

सचिव दुई जनामा टुलक प्रसाद विश्वकर्मा र निर्मल दियाली विजयी भएका छन् । विश्वकर्माले २३५ मत पाउँदा अर्का उम्मेद्वार २६१ दियालीले मत पाएका थिए । उनीहरुका प्रतिद्धन्दी भीमबहादुर सुनारले १५६ मत प्राप्त गरे भने अर्का उम्मेद्वार राजेन्द्र विश्वकर्माले १६७ मतमा चित्त बुझाउन पर्‍याे । त्यस्तै सहकोषाध्यक्षमा पद्म सुन्दर शाक्य २६३ मत सहित निर्वाचित भएका छन् । उनका प्रतिद्धन्दी किसन मास्केले १५७ मत प्राप्त गरेका छन् ।

असार १५ गते दिउँसो २ बजेदेखि दिउँसो ४ः३० बजे सम्म भएको निर्वाचनमा ४३५ जना प्रतिनिधिहरुले मतदान प्रक्रियामा भाग लिएका थिए । महाधिवेशनमा ४४६ जना प्रतिनिधिहरु रहेका थिए । २०५३ सालदेखि सुनचाँदी पेशामा संलग्न रसाईली २०६५ सालमा नेपाल सुनचाँदी व्यवसायी संघ चितवन शाखाको अध्यक्ष भएका थिए ।

नवनिर्वाचित अध्यक्ष रसाईली २०६९ सालमा गठित नेपाल सुनचाँदी व्यवसायी महासंघको तदर्थ समितिको सदस्य समेत रहेका थिए । २०६९ सालदेखिको महासंघको सांगठनिक यात्रामा १२ वर्षमै केन्द्रीय अध्यक्ष हुने अवसर नवनिर्वाचित अध्यक्ष रसाईलीलाई मिलेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending