Ntc summer Offer
Khabar Dabali २२ असार २०८१ शुक्रबार | 5th July, 2024 Fri
NIMB

प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससहितको सरकार बनाउने पहल शुरु गरेको आरोप लगाएको छ ।

एमालेको सचिवालय बैठकपछि निर्णय बारे जानकारी दिदै उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई सहमतिको सरकार गठनको प्रस्ताव गरेपछि आफुहरुले अहिलेको गठबन्धनको विकल्प खोजेको दाबी गरेका छन् ।

ज्ञवालीले एमाले यहि गठबन्धनलाई अगाडी बढाउन प्रतिबद्ध रहेपनि यस पटक प्रचण्डले फेरी कांग्रेससँग मिलेर सरकार बनाउन खोजेको सूचना आफुहरुले पाएपछि मात्र यो कदम चालेको बताएका छन् ।

उनले भने 'बहालवाला प्रधानमन्त्री स्वयंले वैकल्पिक सरकारको बहस चलाउनुभयो, सत्तारूढसँग छलफल नगरी । प्रमुख पिपक्षीबाट प्रस्ताव भयो भनी थाहा पाउनुपर्‍यो । उहाँले अहिलेसम्म एमालेजस्तो रचनात्मक सहयोगी पाउनुभएको थिएन होला । नीति कार्यक्रम, बजेटले रिजर्भेसन भए नि पास गर्‍यौँ ।'

साथै ज्ञवालीले कांग्रेसले माओवादीसँग सरकार बनाउन तयार नभएको भन्दै एमालेसँग मिलेर जान प्रस्ताव गरेपछि कुरा अगाडी बढेको बताएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माधव नेपाल एकीकृत समाजवादीको अध्यक्षमा सर्वसम्मत चयन, महासचिवमा भूसाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भूसाललाई सर्वसम्मत चयन गरेको छ ।  जारी १०औं राष्ट्रिय महाधिवेशनले ...

सुदूरपश्चिम प्रदेश सरकारबाट एमाले बाहिरियो

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिएको छ । सरकारबाट बाहिरिएसँगै प्रदेश सरकारमा एमालेबाट सहभागी मन्त्रीहरू पनि पदबाट राजीनामा बुझाएक...

मुकुलको प्रतिवेदनले रास्वपामा भाडभैलो, रवि लामिछानेमाथि प्रश्नैप्रश्न (पूर्णपाठ)

प्रचण्ड-केपीसँग मिल्नुभन्दा बालेनसँग मिल्नु जाति भनेर दिएको सुझाव उल्लेख

काठमाडौँ–तराईरमधेश द्रुतमार्ग : छिचोलियो लेनडाँडा सुरुङमार्ग

काठमाडौँ । काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गतको निर्माणाधीन लेनडाँडा सुरुङमार्ग छिचोलिएको छ ।  नेपाली सेनाका अनुसार द्रुतमार्ग योजनाअन्त...

खोटाङका ८५ घर बाढी, चार सय ३९ घर पहिराको उच्च जोखिममा

खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले बाढी र पहिरोको उच्च जोखिममा रहेका घर तथा प्रभावित हुनसक्ने मानिसको सङ्ख्या सर्वेक्षण गरेको छ । मनसुनजन्य प्रकोप...

चन्द्रागिरीमा १२ दिनदेखि बन्धक बनाई जबरजस्ती करणी, दिपेश मगर पक्राउ

काठमाडौं । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-१२ बस्ने नुवाकोट बेलकोटगढी गाउँपालिका-१३ घर भएका २६ वर्षीय दिपेश मग...

प्रचण्डलाई विश्वासको मत दिन्छौं: महासचिव भुसाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताएको छ । एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले...

प्रधानमन्त्रीलाई एमाले मन्त्रीहरूको कार्यभार

काठमाडौँ। नेकपा (एमाले) बाट सरकारमा सहभागी आठ जना मन्त्रीको राजीनामा स्वीकृत भएको छ । बुधबार राति एमालेका आठ जना मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहा...

भूजीखोला सुसाउँदा चहर्‍याउँछ गाउँलेको घाउ

ढोरपाटन । चार वर्षअगाडि भूजीखोलामा आएको बाढीमा परी आफन्त गुमाएका स्थानीय रातको समय अलि ठूलो वर्षा हुँदा राम्रोसँग निदाउन सक्दैनन् । विसं २०७७ भदौ १७ ग...

निजामती कर्मचारीको वृत्ति विकासको प्रक्रिया प्रारम्भ

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले निजामती कर्मचारीको क्षमता अभिवृद्धि तथा वृत्ति विकासका लागि प्रक्रिया प्रारम्भ गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy