बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिङफिङले बिहीबार कजाखस्तानको राजधानी अस्तानामा भएको मध्य एसिया शिखर सम्मेलनमा नेताहरूलाई बाह्य हस्तक्षेपको प्रतिरोध गर्न सुझाव दिएको राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
“हामीले बाह्य हस्तक्षेपको प्रतिरोध गर्न, एकअर्कालाई दृढतापूर्वक समर्थन गर्न, एकअर्काको ख्याल राख्न र हाम्रो देशको भविष्य र क्षेत्रीय शान्ति र विकासलाई दृढतापूर्वक नियन्त्रण गर्न हातेमालो गर्नु आवश्यक छ,” सीले साङ्घाई कोअपरेशन अर्गनाइजेसन (एससीओ) को बैठकमा भने ।
मस्कोदेखि बेइजिङसम्म विशाल क्षेत्रलाई समेट्ने एससीओमा विश्वको लगभग आधा जनसङ्ख्या समावेश रहेको छ र यसको १० औँ सदस्यको रुपमा बिहीबार बेलारुसलाई स्वागत गरिएको छ । यस वर्षको आयोजक कजाकिस्तान, भारत, चीन, किर्गिजस्तान, पाकिस्तान, रसिया, ताजिकिस्तान, उज्बेकिस्तान र गत वर्षको आयोजक इरान यसका अन्य नौ स्थायी सदस्य हुन् । “एससीओ निष्पक्षता र न्यायको पक्षमा खडा हुनु विश्वका लागि अत्यन्त महत्त्वपूर्ण छ,” राष्ट्रपति सीले बताए ।
सीले बुधबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छलफल गरेका थिए । छलफलका क्रममा राष्ट्रपति पुटिनले सीलाई साङ्घाई गठबन्धनले ‘निष्पक्ष बहुध्रुवीय विश्व व्यवस्थाको एक प्रमुख स्तम्भ’का रूपमा आफ्नो भूमिकालाई मजबुत बनाइरहेको बताए ।
एससीओको मुख्य उदेश्य सदस्य राष्ट्रहरुहरू बीच आर्थिक सम्बन्ध सुधार गर्ने र मध्य एसियामार्फत चीन र युरोपलाई जोड्ने विशाल परियोजनाहरूको विकास गर्नु हो ।
“हामीले विकासको अधिकारको रक्षा गर्नुपर्छ, समावेशीकरणको पालना गर्नुपर्छ, संयुक्त रूपमा प्राविधिक आविष्कारलाई बढावा दिनुपर्छ, औद्योगिक र आपूर्ति श्रृङ्खलाको स्थिरता र सहजता कायम राख्नुपर्छ, क्षेत्रीय अर्थव्यवस्थाको अन्तर्निहित शक्तिलाई प्रोत्साहित गर्नुपर्छ, र साझा विकासका लक्ष्य प्राप्तिलाई बढावा दिनुपर्छ,” सीले बिहीबार नेताहरूलाई भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: