काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा गोताखोरको संख्या एक सय १० पुगेको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा संचालित ५ गोताखोर तालिमको बिहीबार १९ जनाले सफलतापूर्वक सम्पन्न गरे पश्चात सङ्ख्या थपिएको हो ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले तालिम समापन गर्नुका साथै तालिममा प्रथम भएका प्रशिक्षार्थी सशस्त्र प्रहरी जवान वीरेन्द्र कार्कीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । उनले मनसुनजन्य विपद् शुरु भइसकेको अवस्थालाई ध्यानमा राखी सशस्त्र प्रहरी कर्मचारीले तालिममा सिकेको ज्ञान, कला र कौशललाई प्रयोग गरी कार्यक्षेत्रमा परिस्थिति अनुरुप परिचालित हुनुपर्ने बताउँदै आफ्नो जीवनको प्रवाह नगरी गरेको सेवाले आपतविपद्मा परेका नागरिकको जीउधनको सुरक्षा गर्नु उदाहरणीय कार्य रहेको उल्लेख गरे । उनले यस किमिसका तालिम सञ्चालनका लागि बाग्मती प्रदेश सदैव सकारात्मक र सहयोगी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले संगठनलाई प्राप्त जिम्मेवारीमध्ये विपद् व्यवस्थापन पनि महत्वपूर्ण जिम्मेवारी रहेको चर्चा गर्दै यस तालिम शिक्षालयले विपद् व्यवस्थापन सम्बन्धी दक्ष जनशक्ति उत्पादन गरी देशका विभिन्न भू–भागमा घटेका विपद्का घटनामा सक्रिय भई खोज तथा उद्वार कार्य गरिरहेको बताए ।
उनले विपद् उद्धार अत्यन्तै संवेदनशील, जोखिमयुक्त र कठिनपूर्ण कार्य रहेको चर्चा गर्दै यस कार्यमा खटिइदा सशस्त्र प्रहरी बल नेपालका उद्धारकहरु सदैव शारिरीक र मानसिक रुपमा दक्ष हुन जरुरी रहेको बताए ।
दाहालले नेपाल सरकार तथा प्रदेश सरकारको सहयोगमा २०७६ सालदेखि नै सशस्त्र प्रहरी बल नेपालले देशभित्रै गोताखोर तालिम प्राप्त दक्ष जनशक्ति उत्पादन गरी विपद्मा परेका नागरिकको सहयोग तथा उद्धारको लागि देशैभर परिचालन गर्दै आइरहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: