ओखलढुङ्गा । ओखलढुङ्गामा बिहीबार दुई वटा सवारी दुर्घटना भएका छन् । जिल्लाको भुसुने जङ्गलमा भएको बोलेरो दुर्घटनामा दुई जना घाइते भएका छन् ।
सिद्धिचरण राजमार्ग अन्तरर्गत सिद्धिचरण नगरपालिका-८ जरङ्गेको भुसुने जङ्गलमा सोलुखुम्बुबाट काठमाण्डौ जाँदै गरेको स १ ज ५५६ नम्बरको डबल क्याप बोलेरोको एक्सल भाच्चिएर अनियन्त्रित भई भएको दुर्घटनामा दुई जना घाईते भएकाे हाे ।
दुर्घटनामा सोलुखुम्बुको सोताङ गाउँपालिका–५ की ४२ वर्षीय रन्जिता खड्काको बायाँ हातको चार वटा औला चुडिएको छ भने रामेछापको गोकुलगंगा गाउँपालिका–५ का ३१ वर्षीय दिनेश थापाको बायाँ कुम र ढाडमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विजय कार्कीले बताए ।
खड्कालाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ । प्रहरी निरीक्षक कार्कीका अनुसार घाइतेलाई तत्काल उद्धार गरेर उपचारको लागि ओखलढुङ्गा सामुदायिक अस्पताल पठाइएको थियो । बोलेरो चालक बाग्लुङको ढोरपाटन नगरपालिका–७ स्थायी घर भएका २५ वर्षीय सहबहादुर वि.कलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए ।
बोलेरोमा सवार चालक र अन्य चार जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । यसैबिच बिहिबार सिद्धिचरण नगरपालिका–११ सोबुरुमा भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् ।
ओखलढुङ्गा सामुदायिक अस्पतालदेखि सदरमुकामतर्फ आउदै गरेको प्र २–०१–००१ प ९७५० नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको बा.प्र ०१–०२६ च ०९३६ नम्बरको डबल क्याप बोलेरो एक आपसमा ठोक्किएर भएको दुर्गटनामा दुई जना घाईते भएका हुन् ।
दुर्घटनामा मोटरसाइकल चालक चिशंखुगढी गाउँपालिका–६ भदौरेका करिब ४० वर्षीय प्रकाश राई र सोही मोटरसाइकलमा करिब ५५ वर्षीय जगत बहादुर राई घाइते भएका हुन् । घाइते दुवै जनाको ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
बोलेरो चालक, बोलेरो र मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धा भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: