Ntc summer Offer
Khabar Dabali २४ असार २०८१ आईतवार | 7th July, 2024 Sun
NIMB

चितवनका एक लाख २८ हजार जना विपद्को जोखिममा

खबरडबली संवाददाता

चितवन । चितवन जिल्लामा विपद्बाट २५ हजार पाँच सय ८८ परिवार प्रभावित हुने अनुमान गरिएको छ । यस वर्ष मनसुनजन्य विपद्बाट एक लाख २८ हजार पाँच सय ६५ जना प्रभावित हुने जिल्ला विपद् व्यवस्थापन समितिले अनुमान गरेको छ । 

समितिले तयार पारेको मनसुन पूर्वतयारी प्रतिकार्य योजना, २०८१ अनुसार जिल्लाका सात पालिकामा विभिन्न नदी र खोलाबाट हुने डुबान र कटानको अनुमानित विवरण लिइएको सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले जानकारी दिए । 

भुसालको संयोजकत्वमा गठित प्रतिकार्य योजना तयारी समितिले विपद् व्यवस्थापन समितिमा प्रस्तुत गरेको तथ्याङ्कानुसार जिल्लामा सबैभन्दा बढी राप्ती नगरपालिकामा कटान तथा डुबानबाट नौ हजार आठ सय ६० परिवारका ५० हजार नौ सय ५० जना प्रभावित हुने देखिएको छ । 

भरतपुर महानगरपालिकामा छ हजार छ सय २५ परिवारका ३३ हजार एक सय ७५, माडी नगरपालिकाका चार हजार एक सय ६१ परिवारका १९ हजार सात सय ३०, रत्ननगर नगरपालिकाका दुई हजार तीन सय ८१ परिवारका ११ हजार नौ सय पाँचजना प्रभावित हुने अनुमान गरिएको सहायक प्रजिअ भुसालले बताए । 

इच्छाकामना गाउँपालिकामा मनसुनका कारण एक हजार दुई सय ५६ परिवारका छ हजार दुई सय ८०, कालिका नगरपालिकामा एक हजार पाँच परिवारका पाँच हजार २५ र खैरहनी नगरपालिकाका तीन सय परिवारका एक हजार पाँच सयजना प्रभावित हुने योजनामा जनाइएको छ । बाढीका कारण सबैभन्दा बढी भरतपुर महानगरपालिका प्रभावित हुने भुसालले जानकारी दिए । उनका अनुसार बाढीबाट भरतपुर–१६, १७, १८, २७, २८ र २९ तथा माडी–१, २, ३, ६ र ७ प्रभावित हुने देखिएको छ । 

पहिरोका कारण भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिका, डुबानबाट माडी र राप्ती नगरपालिका, खडेरीबाट भरतपुर महानगरपालिका, राप्ती र माडी नगरपालिका, महामारीबाट भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, माडी नगरपालिका एवं सुकुम्बासी बस्ती रहेको क्षेत्र, सहरी क्षेत्र र पहाडी क्षेत्र अतिप्रभावित हुने कार्ययोजनामा उल्लेख गरिएको छ । 

जिल्लामा रहेका ठूला नदी नारायणी, राप्ती, रिउसहितका अन्य खोलाबाट ती क्षेत्र प्रभावित हुने अनुमान गरिएको भुसालले जानकारी दिए । उनले भने, “स्थानीय तहको सहकार्यमा मनसुन पूर्वतयारी प्रतिकार्य योजना निर्माण गरिएको छ ।” बाढी, डुबान, नदी कटानलगायत अन्य विपद्पश्चात् उपलब्ध सीमित स्रोत र साधनको अधिकतम उपयोग गरी जिल्ला विपद् व्यवस्थापन समितिबाट गरिने प्रतिकार्य प्रभावकारी बनाउन, जोखिम कम गर्र्न यो योजना निर्माण गरिएको उनले बताए । 

मनसुनबाट हुने क्षति कम गर्न आवश्यक तयारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भुसालले बताए । उनका अनुसार आवश्यक जनशक्ति नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयलाई तयारी अवस्थामा राखिएको छ । 

क्षति पुग्ने ठाउँको आँकलन गरी त्यसलाई सुरक्षित ठाउँको खोजी गरिएको, खाद्यान्नलगायत अत्यावश्यक वस्तु तयारी अवस्थामा राखिएको जनाउँदै सहायक प्रजिअ भुसालले स्थानीय तहमा रहेको विपद् कोषलाई सक्रिय बनाइराख्न पनि आग्रह गरिएको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार नेपालीकाे भारतको मेघालयमा घाँटी रेटी हत्या

काठमाडौं । भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या भएको खबर आएको छ । मेघालयको कोइलाखानीमा काम गर्न गएका ४ जना मजदुरको हत्या भएको छ । यो सम...

काभ्रेमा खोलाले बगाउँदा २ जनाको मृत्यु

काभ्रे । काभ्रेमा खोलाले बगाउँदा २ जनाको मृत्यु भएको छ । खोला तर्ने क्रममा बगाउँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।  ...

सप्तकोशी नदीमा पानीको सतह बढेपछि सतर्क रहन सुरक्षा निकायको आग्रह

इनरुवा  । वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह निरन्तर बढेपछि सतर्क रहन आग्रह गरिएको छ । आज साँझ पानी बहाव मापन गर्दा कोशी ब्यारेज भएर तीन लाख तीन ह...

पहिलो टी- २० मा भारतमाथि जिम्बाबेको शानदार जित

काठमाडौं । जिम्बाबेले भारतविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । शनिबार सम्पन्न टी- २० सिरिजको पहिलो खेलमा जिम्बाबेले भारतलाई १३ रनले पराजित ...

नागार्जुनमा पहिरोमा पुरिएर एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–३ मा खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । नागार्जुन–३ स्थित ट्रपिकल रेष्टुरेण्टको भान्साघर पुरिँदा ...

दाङमा मिनीट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दाङ । दाङमा मिनीट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–१ भालुवाङमा मिनिट्रकको ठक्करबाट मोटरस...

आफ्नो सुरक्षाकर्मीको निधनप्रति ओलीद्वारा दुःख ब्यक्त

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश थापाको निधनप्रति दुःख व्यक्त गरेका छन् । ओली निवास बालकोटमा सुरक्ष...

दाङको सतवरियामा डुवानमा परेकाहरुको सकुशल उद्वार

दाङ । अविरल वर्षाको कारण दाङ जिल्लाको लमही नगरपालिका–८ सतवरिया गाउँमा डुवान परेका २५ जनाको असार २२ गते सकुशल उद्वार गरिएको छ ।  नं. २९ गण दाङ र नं....

आज राति देशका धेरै ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडाैं । शुक्रबारदेखिको वर्षा आइतबारसम्म कायमै रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशका धेरै ठाउँमा वर्षा हुनेछ । शुक्रबारदे...

वीरगन्ज कारागारमा करेन्ट लागेर एक कैदीबन्दीको मृत्यु

पर्सा । वीरगन्ज कारागारमा शनिबार बिहान एकजना कैदीबन्दीको करेन्ट लागेर मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर बस्ने ३० वर्षीय अनिल म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy