Ntc summer Offer
Khabar Dabali २५ असार २०८१ सोमबार | 8th July, 2024 Mon
NIMB

नयाँ पर्यटन गन्तव्य बन्दै नुवाकोटको सूर्यचौर

खबरडबली संवाददाता

नुवाकोट । नुवाकोटको सूर्यचौर (सुइरेचौर) आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको छ । शिवपुरी गाउँपालिकामा रहेको यो ठाउँ घुम्न काठमाडौंलगायत विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् ।

समुद्र सतहदेखि दुई हजार मिटर उचाइमा रहेको सूर्यचौरबाट मुलुकको राजधानी काठमाडौंदेखि नुवाकोटका विभिन्न रमणीय फाँट, गणेश, मनास्लु र अन्नपूर्ण हिमाल देख्न सकिन्छ । काठमाडौंको सामाखुसी चोकदेखि १३ किलोमिटर सडक यात्रा र ककनीबाट चार घण्टाको पैदलयात्रामा यहाँ पुग्न सकिन्छ ।

पर्यटकीय गतिविधि बढ्न थालेपछि पछिल्लो समय पर्यटन व्यवसायीले यस क्षेत्रमा लगानीसमेत बढाउन थालेका छन् । यसअघि युवायुवती, साथीभाइदेखि परिवारसम्म पिकनिक र आरामका लागि खाली चौरको उपयोग हुने गरेको थियो । पछिल्लो समय भने नयाँ होटेल तथा रेस्टुराँसमेत सञ्चालनमा आएका छन् । पर्यटन व्यवसायी जग्गा खरिद गरी होटेल तथा रेस्टुराँ निर्माणमा जुटिरहेका छन् ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटा, पर्यटन व्यवसायी राजन सिंखडा, जेबी सिंह, हेमराज बराल र कृष्ण घिमिरेलगायतको समूहले रु. सात करोड लगानीमा ‘सूर्यचौर नेचर रिट्रिट’ सञ्चालनमा ल्याएका छन् । २७ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको रिसोर्टमा हाल १० डिलक्स कोठा, चार डिलक्स ‘ग्ल्याम्पिङ टेन्ट’ र पिङ निर्माण गरिएको छ । कुल रु. ३० करोड लगानीमा बन्न लागेको उक्त रिसोर्टभित्र स्विमिङ पुल र सभाहलसहित थप डिलक्स तथा भिला निर्माण हुने सञ्चालक सिंखडा बताउँछन् ।

पिकनिक, जिपलाइन, हाइकिङ र बाइकिङको उत्कृष्ट गन्तव्यका रूपमा पनि यहाँको विकास हुँदै गएको छ । सूर्यचौरमा प्याराग्लाइडिङ सञ्चालनका लागि अध्ययन भइसकेको छ भने जिपलाइन दर्ताको कामसमेत सम्पन्न भइसकेको छ ।

यस स्थानलाई भगवान् शिवको क्रीडास्थलका रूपमा लिने गरिएको र ऋषि महर्षि र तपस्वीहरूले तपस्या गर्ने गरेको किंवदन्ती छ । त्यसैकारण यस क्षेत्रलाई शिवपुरी भन्ने गरिएको हो । शिवपुरी राष्ट्रिय निकुञ्जसँग जोडिएको यहाँको एक गाउँपालिकाको नामसमेत शिवपुरी राखिएको छ । सोही गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलिया  यस क्षेत्रको विकासका लागि कृषि र पर्यटनलाई उच्च प्राथमिकतामा राखिएको बताउँछन् ।

यसैगरी, शिवपुरीभित्रका पर्यटकीय स्थल संरक्षणका लागि पदमार्ग, विश्रामस्थल, प्रचारप्रसारलगायतका कामलाई गाउँपालिकाले प्राथमिकतामा राखेको थपलियाले बताए । उनका अनुसार पर्यटन प्रवर्द्धनका लागि शिवपुरीभित्रका विभिन्न गाउँमा होमस्टे सञ्चालन गर्न होमस्टे तालिमसमेत सञ्चालन गरिएको छ । यहाँभित्र रहेको थान्से भुमेको मन्दिर प्रचारप्रसार तथा पर्यटन पार्कसमेत निर्माण भइरहेको छ ।

बागमती प्रदेश सरकारले दुप्चेश्वर गाउँपालिका २ र ४, शिवपुरी गाउँपालिका– ७ तथा ककनी गाउँपालिका २ र ५ नम्बर वडालाई समावेश गरी ककनी–सुइरेचौर–चिसापानी–कुटुमसाङलाई जोडेर पदमार्ग निर्माण गर्ने योजनासमेत बनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कञ्चनपुरमा एक हजार ११२ परिवारलाई सुरक्षित ठाउँमा सारियो

कञ्चनपुरमा । कञ्चनपुरमा बाढीबाट प्रभावित १ हजार ११२ परिवारका ४ हजार १६५ जनालाई सुरक्षित स्थानमा सारिएको छ । जिल्लाका २ तिहाई भुभाग बाढीबाट प्रभावित भए...

जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म ७४ जनाको मृत्यु भएको छ ।...

तलब वृद्धिको माग गर्दै सामसुङका कर्मचारी हडतालमा

एजेन्सी । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङका कर्मचारीले तलब वृद्धि र अन्य सुविधाको विषयमा सोमबारदेखि तीनदिने आमहडताल सुरु गरेका छन् । सियोलबाट...

जयसूर्या बने श्रीलंका राष्ट्रिय क्रिकेट टिमको अन्तरिम प्रशिक्षक

काठमाडौँ । सनथ जयसूर्या श्रीलंका राष्ट्रिय क्रिकेट टिमको अन्तरिम प्रशिक्षक बनेका छन् । श्रीलंका क्रिकेट बोर्डले सोमबार जयसूर्यालाई राष्ट्रिय टिमको ...

धौवादी क्षेत्रबाट फलाम उत्खनन् गरिने

काठमाडौं । हाल भइरहेको फलाम आयात घटाउन सरकारले मुलुकमै फलाम उत्खनन गर्ने भएको छ । खानी तथा भूगर्भ विभागले गण्डकी प्रदेशको नवलपरासी (पूर्व) मा पर्ने हु...

रूसद्वारा युक्रेनी बाल अस्पतालमा आक्रमण, २० जनाको मृत्यु

एजेन्सी । रूसी क्षेप्यास्त्र युक्रेनको राजधानीस्थित एक बाल अस्पतालमा ठोक्किएको छ । उक्त आक्रमणबाट कम्तीमा २० जनाको मृत्यु भएको छ । त्यसैगरी मध्य युक्र...

बङ्लादेशका प्रधानमन्त्री शेख हसिना चीन प्रस्थान

बङ्गलादेश । बङ्लादेशका प्रधानमन्त्री शेख हसिना चिनियाँ प्रधानमन्त्री ली किआङको निमन्त्रणामा चीनको चारदिने राजकीय भ्रमणमा बेइजिङका लागि ढाकाबाट सोमबार ...

वर्षाले अवरुद्ध भएको पृथ्वीराजमार्गको दमौली–कोत्रेखण्ड एकतर्फी सञ्चालन

तनहुँ । वर्षाले अवरुद्ध भएको पृथ्वीराजमार्गको दमौली–कोत्रेखण्ड एकतर्फी सञ्चालन भएको छ । म्याग्दे गाउँपालिका–६ को मौरीबास र शुक्लागण्डकी नगरपालिका–७ को...

जिम्बाबेविरुद्ध भारतको फराकिलो जित, अभिषेकले बनाए शतक

काठमाडौं । भारतले जिम्बाबेविरुद्धको दोस्रो टी-२० खेलमा जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा भारतले जिम्बाबेलाई १०० रनले पराजित गरेको हो । भारतले द...

बाँकेका दुई दर्जन बढी गाउँ डुबानमा

बाँके । तीन दिनदेखि लगातार भइरहेको वर्षाका कारण बाँकेका दुई दर्जन बढी गाउँ र टोल डुबानमा परेका छन् । राप्ती नदी, विभिन्न नदी र खोला छेउ र सहरी क्षेत्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy