Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

जुम्लामा २० वर्ष उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या १७ प्रतिशत

खबरडबली संवाददाता

जुम्ला । जुम्लामा २० वर्ष उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या १७ प्रतिशत रहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ । यहाँका आठवटै स्थानीय तहमा २० वर्ष नपुगेका किशोरी आमा बनेको सङ्ख्या उल्लेख्य रहेको कार्यालयले जनाएको छ ।

पत्रकारलाई लक्षित गरी आयोजना गरिएको स्वास्थ्यसम्बन्धी अभिमुखिकरणका अवसरमा कार्यालयका प्रमुख कृष्ण देवकोटाले चालु आवमा पहिलो पटक गर्भ जाँच गरेकामध्ये २० वर्ष नपुगी गर्भवती हुनेमा सबैभन्दा धेरै गुठिचौर गाउँपालिकामा ३३ प्रतिशत रहेको जानकारी दिए । साथै, चन्दननाथ नगरपालिकामा १३ प्रतिशत, तिला गाउँपालिकामा २२ प्रतिशत, तातोपानीमा २० प्रतिशत, पातारासीमा २४ प्रतिशत, कनकासुन्दारी २० प्रतिशत, हिमामा १७ प्रतिशत र सिंजा गाउँपालिकामा १५ प्रतिशत किशोरीहरु २० वर्ष नपुग्दै गर्भवती भएका छन् । 

कार्यालयले कुष्ठरोग नियन्त्रण कार्यक्रम पनि स्थानीय तहसँग सहकार्यमा काम गर्दै आएको छ । जिल्लामा दुई दशमलव पाँच प्रतिशत कुष्ठरोगीका विरामी छन् । खोप कार्यक्रमबाट जिल्लाका ७८ दशमलव २ प्रतिशत बालबालिका खोपको पहुँचमा छन् । चार पटक गर्भजाँच गर्ने र संस्थागत प्रसुतिदर जिल्लामा ५९ दशमलव नौ प्रतिशत छ । यहाँका आठवटै पालिकाको संस्थागत प्रसुति भएकामध्ये २० वर्षमुनिका किशोरीको १५ दशमलव सात प्रतिशत रहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका स्वास्थ्य सहायक सुरेश पन्तले जानकारी दिए । 

जिल्लामा अस्पताल एक, प्रथामिक स्वास्थ्य सेवा केन्द्र एक, स्वास्थ्य चौकी २९, आधारभूत स्वास्थ्य सेवा केन्द्र २९, सामुदायिक स्वस्थ्य ईकाइ १२, सहरी स्वास्थ्य केन्द्र एक रहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ । कार्यालयले आमा सुरक्षा कार्यक्रम, परिवार योजना कार्यक्रम, प्रजनन स्वास्थ्य, किशोर किशोरी प्रजनन स्वास्थ्य र महिनावरी स्वच्छता कार्यक्रमका लागि प्रदेश र स्थानीय तहसँग समन्वय सहकार्यमा काम गर्दै आएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: