जुम्ला । जुम्लामा २० वर्ष उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या १७ प्रतिशत रहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ । यहाँका आठवटै स्थानीय तहमा २० वर्ष नपुगेका किशोरी आमा बनेको सङ्ख्या उल्लेख्य रहेको कार्यालयले जनाएको छ ।
पत्रकारलाई लक्षित गरी आयोजना गरिएको स्वास्थ्यसम्बन्धी अभिमुखिकरणका अवसरमा कार्यालयका प्रमुख कृष्ण देवकोटाले चालु आवमा पहिलो पटक गर्भ जाँच गरेकामध्ये २० वर्ष नपुगी गर्भवती हुनेमा सबैभन्दा धेरै गुठिचौर गाउँपालिकामा ३३ प्रतिशत रहेको जानकारी दिए । साथै, चन्दननाथ नगरपालिकामा १३ प्रतिशत, तिला गाउँपालिकामा २२ प्रतिशत, तातोपानीमा २० प्रतिशत, पातारासीमा २४ प्रतिशत, कनकासुन्दारी २० प्रतिशत, हिमामा १७ प्रतिशत र सिंजा गाउँपालिकामा १५ प्रतिशत किशोरीहरु २० वर्ष नपुग्दै गर्भवती भएका छन् ।
कार्यालयले कुष्ठरोग नियन्त्रण कार्यक्रम पनि स्थानीय तहसँग सहकार्यमा काम गर्दै आएको छ । जिल्लामा दुई दशमलव पाँच प्रतिशत कुष्ठरोगीका विरामी छन् । खोप कार्यक्रमबाट जिल्लाका ७८ दशमलव २ प्रतिशत बालबालिका खोपको पहुँचमा छन् । चार पटक गर्भजाँच गर्ने र संस्थागत प्रसुतिदर जिल्लामा ५९ दशमलव नौ प्रतिशत छ । यहाँका आठवटै पालिकाको संस्थागत प्रसुति भएकामध्ये २० वर्षमुनिका किशोरीको १५ दशमलव सात प्रतिशत रहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका स्वास्थ्य सहायक सुरेश पन्तले जानकारी दिए ।
जिल्लामा अस्पताल एक, प्रथामिक स्वास्थ्य सेवा केन्द्र एक, स्वास्थ्य चौकी २९, आधारभूत स्वास्थ्य सेवा केन्द्र २९, सामुदायिक स्वस्थ्य ईकाइ १२, सहरी स्वास्थ्य केन्द्र एक रहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ । कार्यालयले आमा सुरक्षा कार्यक्रम, परिवार योजना कार्यक्रम, प्रजनन स्वास्थ्य, किशोर किशोरी प्रजनन स्वास्थ्य र महिनावरी स्वच्छता कार्यक्रमका लागि प्रदेश र स्थानीय तहसँग समन्वय सहकार्यमा काम गर्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: