Ntc summer Offer
Khabar Dabali २५ असार २०८१ सोमबार | 8th July, 2024 Mon
NIMB

बेइजिङ प्लसमा दलित महिलाका मुद्दा उठाउन जरुरी

खबरडबली संवाददाता

काठमाडौं । अन्तर लैङ्गिक सहभागितालाई विश्व महिला सम्मेलन ‘बेइजिङ प्लस’ मा जोड दिन महिला अधिकारकर्मीहरुले सुझाव दिएका छन् । उक्त सम्मेलनमा दलित महिलाका मुद्दालाई प्राथमिकताका साथ उठाउन आवश्यक रहेको उनिहरुले सुझाव दिएका हुन् ।

काठमाडौंमा आज दलित महिला सङ्घ (फेडो) ले दलित महिला पत्रकार र अधिवक्ताहरुबिच अन्तरक्रिया गरेको थियो । उक्त अन्तरक्रियामा सन् २०२५ मा हुन लागेको बेइजिङ प्लस सम्मेलनमा दलित महिलाका मुद्दा उठाउने अधिकारकर्मी दुर्गा शोवले बताइन । फेडोको संस्थापक अध्यक्षसमेत रहेकी शोवले अन्तर लैङ्गिकताका विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । 

“महिला भित्रै हुने विभेदमा पनि दलित महिला चरम विभेदमा छन्,” उनले भनिन्, “हामीले मुद्दा उठाउँदा फरक अवस्था र लैङ्गिकताको अध्ययन गरेर उठाउनुपर्ने देखिन्छ ।” उनले फेडोले यिनै दलित महिलाका फरक भोगाई, चुनौती र समस्याका विषयलाई प्रमुख मुद्दा बनाएर बेइजिङ सम्मेलनमा प्रतिवेदन पेस गर्ने बताइन । अनुसन्धानकर्ता एवम् मानव अधिकार अध्येता तनुजा बस्नेतले समग्र महिलाको तुलनामा दलित महिलाको अवस्था नितान्त फरक रहेको बताइन । 

तसर्थ विश्व सम्मेलनमा दलित महिलाको मुद्दालाई छुट्टै र विशेष तरिकाले ध्यानार्कषण गराउन जरुरी रहेको उनको बुझाइ छ । “सीमान्तकृत समुदायको आवाज विश्वमा पुर्याउने थलो भनेको बेइजिङ प्लस सम्मेलन हो”, उनले भनिन्, “अन्तर लैङ्गिकताको विषयमा दलित महिलाका मुद्दा कमै उठाइन्छ, जुन संवेदनशील छ ।” सन् २०२५ मार्च ३० मा बेइजिङ प्लस हुँदैछ । यो बेइजिङ सम्मेलनको ३०औँ वार्षिकोत्सव हो । 

सम्मेलनमा नेपालका तर्फबाट महिलाका मुद्दा उजागर गर्दा दलित महिलालाई विशेष ध्यानाकर्षण गराउने उद्देश्यले फेडोले लक्षित वर्गसमक्ष सुझाव लिएको फेडोका महासचिव रेणु सिजापतीले बताइन । अन्तरक्रियामा दलित महिला पत्रकार र अधिवक्ताहरुले लिखितरुपमा बुँदागत सुझाव दिएका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने क्षेत्र सूचना प्रविधि हो : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने क्षेत्र नै सूचना प्रविधि भएकाले मुलुकको ध्यान यसमै केन...

मोरङमा चैते धान उत्पादनमा वृद्धि

मोरङ । मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष पाँच हजार पाँच सय ६० मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको...

रौतहटका छुट्टाछुट्टै स्थानमा दुई शव फेला, एक जना बेपत्ता

रौतहट । रौतहटको छुट्टाछुट्टै स्थानको नदी किनारमा एकमहिला एक पुरुष गरी दुई जनाको शव बरामद भएको छ । प्रहरीका अनुसार अझै एक जना पुरुष तलाउको पानीमा बेपत्...

जुम्लाको सिञ्जामा फस्टाउँदै मार्सी धान

जुम्ला । यतिबेला जुम्लाका खेतहरू मार्सी धानले हरियो भएको छ । चैतको महिना बीउ राखेर असारमा गोडमेल गर्ने गरिन्छ । रैथाने बालीभित्र पर्ने मार्सी पौष्टिक,...

इन्डोनेसियामा बाढी पहिरोले ११ जनाको मृत्यु, १७ बेपत्ता

एजेन्सी । इन्डोनेसियाको गोरोन्टालो प्रान्तको बोन बोलान्गो रिजन्सीमा सुनको खानीमा ठोक्किएको पहिरो र आकस्मिक बाढीबाट प्रभावित भई मृत्यु हुनेको सङ्ख्या १...

कञ्चनपुरमा डुबेर बेपत्ता भएका तीन किशोरीकाे शव फेला

कञ्चनपुर । कञ्चनपुरमा ३ किशोरीहरू मृत फेला परेका छन् । पुनर्वास नगरपालिका–५ रातीखालीमा दोदा नदीमा आएको बाढीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीनै किश...

कोरोना भाइरसविरुद्धका १६ लाख ६८ हजार मात्रा खोप आयो

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ नामक १६ लाख ६८ हजार चार सय ८० मात्रा खोप ल्याएको जनाएको छ ...

पोखरा जोड्ने राजमार्गमा खाल्डैखाल्डा

पाेखरा । निरन्तर वर्षाले पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य राजमार्गको यात्रा जोखिमपूर्ण बनेको छ । ठाउँपिच्छे खाल्डाखुल्डी र हिलाम्मे सडकका कारण यात्...

मुगुमा गाउँको २४ घर र सार्वजनिक गुम्बामा चोरी गर्ने तीन जना पक्राउ

मुगु । मुगु जिल्लाको मुगुम कार्मारोङ गाउपालिका वडा नं. ०१ डोल्फु गाउँको २४ वटा घर र एउटा सार्वजनिक गुम्बा चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरू पक्राउ ...

‘पीडितमैत्री सङ्क्रमणकालीन न्यायका लागि सरकारलाई जिम्मेवार बनाउन एकजुट हुनुपर्छ’

ललितपुर । पीडितमैत्री सङ्क्रमणकालीन न्यायका लागि सरकारलाई जिम्मेवार बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । राष्ट्रिय मानव अ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy