Ntc summer Offer
Khabar Dabali २० आश्विन २०८१ आईतवार | 6th October, 2024 Sun
Investment bank

रौतहटका छुट्टाछुट्टै स्थानमा दुई शव फेला, एक जना बेपत्ता

खबरडबली संवाददाता

रौतहट । रौतहटको छुट्टाछुट्टै स्थानको नदी किनारमा एकमहिला एक पुरुष गरी दुई जनाको शव बरामद भएको छ । प्रहरीका अनुसार अझै एक जना पुरुष तलाउको पानीमा बेपत्ता भएकाले खोजीकार्य जारी रहेको छ । 

गरुडा नगरपालिका ५ महमदपुरका २२ बर्षीय अनिल कुमार यादव गाउँछेउकै तलाउमा डुबेको आशंकामा प्रहरीले खोजीकार्य सुरु गरेको छ । क्षारे रोगबाट ग्रसित यादव आज बिहान सौच गर्न जाँदा दिउँसो सम्म घर फर्केर नआएपछि घरको मानिसले खोजी गर्दै जाँदा तलाउ किनारमा उसको गम्छा भेटेका थिए । क्षारे रोगी अनिल सौच गरेर खोला किनारमा गएको समय उनलाई रोगले मुर्छित पारेपछि तलाउमा डुबेर बेपत्ता भएको हुनसक्ने पीडित परिवारको आशंका रहेको छ ।

सशस्त्र प्रहरी बेस क्याम्प दुधियाभार, हेक्वाबाट विपद तथा उद्धार सम्बन्धी सामग्री लिएर गएको टोली र ईलाका प्रहरी कार्यालय गरुडाका संयुक्त टोलीले तलाउमा अनिलको खोजी गरिरहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी रामेश्वर त्वातिले बताएका छन् ।

उता जिल्लाको पूर्विभेग माधव नारायण नगरपालिका ९ गढो गाउँ नजिकै बागमती नदी किनारमा आईतवार एकजना पहिचान नखुलेको ५३ बर्षीय पुरूषको शव बरामद गरी सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटबाट गएको टोलीले पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पठाएको डिएस्पी गेहेन्द्र भण्डारीले बताएका छन । 

त्यस्तै यमुनामाई गाउँपालिका ४ स्थित झाँझ खोला किनारमा आज एकजना अपरिचित ३० बर्षिया महिलाको शव बरामद भएको छ । स्थानीयको सूचनाको आधारमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बेलबिछावा र हेक्वाबाट गएको संयुक्त टोलीले महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाएको छ । महिला र पुरुष दुवै शवको सनाखत हुन नसकेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एस्पी बिक्रम हुमागाईंले बताएका छन ।

यस पटकको मनसुन सुरु भएयता रौतहटमा डुबेर बेपत्ता भएको यो पहिलो घटना रहेको प्रहरीले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गैरआवासीय नेपाली संघद्वारा १२० परिवारलाई राहत प्रदान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काठमाडौंको दक्षिणकाली नगरपालिका र मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित सिस्नेरीमा बाढी, डुबान तथा पहिरो...

मेची राजमार्गमा वैकल्पिक सडक खुलाउन सुरु

इलाम । पहिरोले बगाएर क्षति भएको मेची राजमार्गको राजदुवाली–गोलाखर्क खण्डको मर्मत नहुने भएपछि सिल्पुरस्थित सिमल गोलाईबाट वैकल्पिक मार्ग कटान सुरु गरिएको...

निर्माण व्यवसायी विकास परिषदको उद्धार कोषमा एक करोड सहयाेग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल निर्माण व्यवसायी विकास परिषद्ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि आज  एक करोड रुपियाँको चेक...

विद्युत व्यापारका लागि चीनसँग कुरा गरिराखेका छौँः मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले छिमेकी मुलुक चीनसँग  विद्युत व्यापारको सम्बन्धमा कुरा गरिरहेको बताएका छन् ।  आइतबार मन्त्र...

रौतहटको यमुनामाई गाउँपालिकामा तालाबन्दी

रौतहट । वडा कार्यालय साविक गाविस भवनमा सार्नुपर्ने माग गर्दै नेपाली कांग्रेस यमुनामाई गाउँ कार्य समितिले यमुनामाई गाउँपालिकामा अनिश्चितकालिन तालाबन्दी...

एमालेद्वारा प्रधानमन्त्री उद्धार कोषमा ५० लाख हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (एमाले) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि आइतबार ५० लाख हस्तान्तरण गरेको छ ।  प्रधानम...

बाढीमा परी उत्तरी थाइल्यान्डमा दुई हात्तीको मृत्यु

बैंकक । थाइल्यान्डको लोकप्रिय पर्यटकीय स्थल च्याङ माईमा आएको आकस्मिक बाढीमा डुबेर दुई हात्तीको मृत्यु भएको उनीहरूको आश्रयदाताले आइतबार बताएका छन् । बा...

इजरायल–हमास युद्ध अन्त्यका लागि बेलायत, जर्मनी र फ्रान्सको आग्रह

लण्डन । इजरायल–हमास युद्ध तत्काल रोक्न युद्धविराम गरिनुपर्ने बेलायत, जर्मनी र फ्रान्सले बताएका छन् । बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले इजरायल र ह...

काभ्रेपलाञ्चोकमा बाढीपहिरोमा परी ९२ विद्यालयमा क्षति

काभ्रेपलाञ्चोक । गत साताको अविरल वर्षासँगै आएको बाढी पहिरोले काभ्रेपलान्चोकमा कम्तीमा ९२ विद्यालयमा क्षति पुगेको छ । जिल्लाका १३ मध्ये ११ स्थानीय तहका...

स्थगित अखिल क्रान्तिकारीको सम्मेलन मंसिर २३ र २४ गते

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनको स्थगित भएको प्रक्रिया मंसिर २३ र २४ गते सम्पन्न ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy