Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

भारतीय प्रधानमन्त्री मोदी एक दिने अष्ट्रिया भ्रमणमा

खबरडबली संवाददाता

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रूसको दुई दिने भ्रमण समाप्त गर्दै बुधबार अस्ट्रिया आइपुगेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले पहिलो पटक अस्ट्रियाको भ्रमण गरेका हुन् । सन् १९८३ मा इन्दिरा गान्धी अष्ट्रियाको भ्रमण गरेका थिए । यसअघि उनी नै भारतबाट अष्ट्रिया भ्रमण गर्ने अन्तिम भारतीय प्रधानमन्त्री थिए । 

प्रधानमन्त्री मोदीले भियनामा अवतरण गरेको घोषणा गर्दै सामाजिक सञ्जाल एक्समा यो यात्रा ‘विशेष’ रहेको बताएका छन् । यसबाहेक, प्रधानमन्त्री मोदीले अस्ट्रियाका चान्सलर कार्ल नेहम्मर र अस्ट्रियामा बसोबास गर्ने भारतीय समुदायसँग उच्चस्तरीय वार्ता र अन्तरक्रियासहित आफ्नो भ्रमणको क्रममा आयोजना गरिएका विभिन्न कार्यक्रमहरूप्रति उत्साह व्यक्त गरेका छन् ।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल एक्समार्फत अस्ट्रियाको पहिलो द्विपक्षीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदीलाई अस्ट्रियाका विदेश मन्त्री अलेक्जान्डर शालेनबर्गले उनलाई स्वागत गरेका थिए ।

“दुई देशले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वार्षिकोत्सव मनाउँदै गर्दा यो महत्त्वपूर्ण भ्रमणले दुई देशको सम्बन्धमा नयाँ गति थप्नेछ,” रणधीर जयसवालले एक्समार्फत बताए । यसअघि, प्रधानमन्त्री मोदीले आफ्नो आधिकारिक भ्रमण तालिकाअनुसार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित

उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...

राष्ट्रिय सभा निर्वाचनकाे लागि ताेकियाे उम्मेदवारको खर्च हद

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ ।  निर्वाचन आयोगका सहसचिव एवम...

हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरु

मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ ।  हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...

दाउरा बेचेर गुजारा गर्दै बाराका विपन्न समुदाय

बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...

झापामा खाल्डोमा डुबेर बालकको मृत्यु

झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ ।  स्थानीय  दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...

उपसभामुख इन्दिरा रानाद्वारा पदबाट राजीनामा

काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् ।  सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो

बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...

उदयपुरको कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...

समानुपातिककाे लागि नेमकिपाले आयोगमा बुझायो बन्दसूची (नामावलीसहित)

काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...

क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक पक्राउ

काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending