सोलुखुम्बु । चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा ५५ हजार नौ सय ७९ जना पर्यटकले खुम्बुक्षेत्रको भ्रमण गरेका छन् । गत साउनदेखि जेठ मसान्तसम्ममा यी पर्यटकहरु भ्रमणका लागि खुम्बुक्षेत्र पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।
निकुञ्जका सूचना अधिकारी मनोजकुमार मण्डलका अनुसार भ्रमणका लागि पुगेका पर्यटकमध्ये ४८ हजार चार सय दुई जना विदेशी र सात हजार पाँच सय ७७ जना नेपाली छन् । यस वर्ष सबैभन्दा बढी वैशाखमा नौ हजार नौ सय ७६ जना र सबैभन्दा कम साउनमा दुई सय आठ जनाले खुम्बुक्षेत्रको भ्रमण गरेको सूचना अधिकारी मण्डलले जानकारी दिए ।
वैशाख महिना मुख्य पर्यटकीय सिजन भएकाले पर्यटकको चाप देखिएको र साउन अफ सिजन भएकाले फाट्टफुट्ट मात्रै पर्यटक आएको उनको भनाइ छ । चालु आवको ११ महिनामा पर्यटकबाट निकुञ्जले १३ करोड ६५ लाख सात सय राजस्व सङ्कलन गरेको छ ।
निकुञ्जले पर्यटक शुल्क बापत नेपालीसँग एक सय, सार्क राष्ट्रका नागरिकसँग एक हजार पाँच सय र अन्य विदेशीबाट प्रतिव्यक्ति तीन हजार रुपियाँ लिने गरेको छ । सो अवधिमा सात हजार पाँच सय ७७ नेपाली, छ हजार तीन सय आठ सार्क मुलुकका र ४२ हजार ९४अन्य देशका पर्यटकले खुम्बु भ्रमण गरेको निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८१ - १८:२२
रामपुर । इलाका प्रशासन कार्यालय रामपुरमा तोकेअनुसारको दरबन्दी व्यवस्थापन नहुँदा सेवा प्रवाहमा समस्या थपिएको छ । कार्यालयबाट राहदानी तथा राष्ट्रिय परिच...
पौष ८ गते, २०८१ - १८:१०
मस्को । पूर्व सिरियाली राष्ट्रपति बसर अल असदको शासन पतन भएको एक हप्ता भयो । यस बिचमा सिरियामा धेरै घटना र परिघटनाहरु दृश्यमा आए, सहज रुपले राजधानी दमा...
पौष ८ गते, २०८१ - १८:०३
पाेखरा । कास्कीकाे पोखरामा रहेकाे सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक छविलाल जोशीको बयान सुरु भए पनि आज स...
पौष ८ गते, २०८१ - १७:५३
बाँके । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले चालु आर्थिक वर्षमा बाँकेका तीन वटा उद्योग विरुद्ध मुद्दा दायर गरेको छ । खाद्य स्वच्छता तथ...
पौष ८ गते, २०८१ - १७:४७
सुनसरी । सुनसरीको वराहक्षेत्र नगरपालिका-१ तल्लो बगुवा टोलबाट तीन नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले वराहक्षेत्र नगरपालिका-१ ...
पौष ८ गते, २०८१ - १७:४४
काठमाडाैं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली काँग्रेसभित्र विचलन रहेको स्विकार गरेका छन् । सोमवार काठमाडौंमा कृष्णप्रसाद भट्टराईको १०...
पौष ८ गते, २०८१ - १७:३९
जोर्डन । जोर्डनका विदेशमन्त्री अयमान सफादीले सिरियाका नयाँ नेता अहमद अल-शरासँग भेटवार्ता गर्न सोमबार दमास्कस जाने कार्यक्रम रहेको अम्मानले बताएको छ । ...
पौष ८ गते, २०८१ - १७:३५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्यालले पाएका छन् । रास्वपाको सोमबार बसेको सचिवालय...
पौष ८ गते, २०८१ - १७:२२
पर्सा । वीरगन्ज महानगरपालिका कार्यालयमा चालु आर्थिक बर्ष ०८१/०८२ को पाँच महिनामा एकपटक मात्र कार्यपालिका बैठक बसेको जनप्रतिनिधिहरुले बताएका छन । महान...
पौष ८ गते, २०८१ - १७:१७
इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बल र आतङ्ककारीहरुबिचको भिडन्तमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य १५ जना घाइ...
प्रतिकृया लेख्नुहोस्: