महोत्तरी । वरपर कलात्मक रंगोरहण, भित्तामा थरीथरीका फूलका विरुवाहरु, गोलो वनाएर वनाइएको रेलिंङ्ग । महोत्तरीको पंचधुरा मन्दिर नजिकै २४ सय स्क्वायर फिटमा वनाईएको पोखरी आजकाल पर्यटन लोभ्याउने आकर्षक गनतव्य बनेको छ ।
दैनिक हजारौ मानिसहरुको आवतजावत हुने बर्दिवासस्थित पंचधुरा मन्दिरमा दर्शन गर्नेको जति घुईचो हुन्छ । त्यति नै फोटो खिचाउनेहरुको भिड लाग्ने गर्दछ । पछिल्लो समय भूमिगत पानीको सतह घटेपछि याँहा रहेको सदावहार सिमसार समेत मरुभूमि वन्ने अवस्था सिर्जना भईरहेको बेला पानीलाई जम्मा गरेर सौन्दर्यकरण गर्ने उदेश्यले बनाईएको यो पोखरी धार्मिक पर्यटकका लागि आकर्षण बनेको हो ।
पर्यटन तथा सांस्कृतिक पर्वद्वन समिति बर्दिवासले लगभग ३० लाख लागतमा निर्माण गरेको पोखरी मन्दिरमा दर्शन गर्न आउने पर्यटकलाई आकर्षक गर्ने थलो मात्र वनेको छैन पोखरी हेर्न आउने स्थानीयहरुलाई घुम्ने र समय बिताउने उपयुक्त गन्तव्य समेत बनेको छ ।
'धार्मिक तीर्थयात्री र वनभोजका लागि बहुचर्चित यो ठाँउ अव्यवस्थित देखिन्थ्यो तर पोखरी निर्माणले याँहाको महत्वलाई थप उचाई थपेको छ ।' स्थानीय सोम बहादुरले भने । 'भएका ठाँउहरुलाई थप सौन्दर्यकरण गरे बर्दिवास नगर क्षेत्रका कंयौ ठाँउहरु यस्तै आकर्षक बन्न सक्छन ।'
छोटो समयमा नै निर्माण सम्पन्न गरिएको यो पोखरी दृश्यावलोकनका लागि सर्वाधिक रोजाई बनेपछि थप पर्वद्वन र संरचना निर्माणमा हौसाएको निर्माण समितिका अध्यक्ष तथा पर्यटन तथा संस्कृति पर्वद्वन समितिका सदस्य बिष्णु थापाले बताए ।
मिथिला क्षेत्रकै प्रसिद्ध देवी शक्तिपीठ पञ्चधुरा माई मन्दिर परिसरमा रहेको यो ठाँउ पूर्वपश्चिम राजमार्गबाट करिब दुई किलोमिटर वनक्षेत्र छिचोलेपछी पुग्न सकिन्छ । सँगै जोडिएको मन्दिरको समेत आफ्नै प्राचिन इतिहास छ । अझ रोचक त जंग बहादुर राणा र याँहाको सम्बन्धको बिषयमा जहिल्यै चर्चा हुने गर्दछ ।
जंग वहादुर राणा सिकार खेल्न यो ठाँउमा गएको बेला सेतो बाघ देखेको र सिकार गर्न खोजेपछि उन्को मृत्युको कारण समेत यही बनेको स्थानीयहरु बताउँछन । सोही सेतो बाघ देवी रहेको पनि सोहीवेलादेखि भन्ने गरिन्थ्यो यस्का साथै ३ मुखे र पाँच मुखे सर्पका कारण पनि पंचधुरा माई नाम रहन गएको किवद्वन्ती छ । यस्तो खालको सर्प अहिले पनि वेलावेलामा देखिने स्थानीयहरू बताउँछन ।
धार्मिक र प्राचिन महत्व रहेको मन्दिर परिसरमा पोखरी लगायत अन्य संरचना निर्माण गरेर आकर्षक बनाए मानिसहरुको आवतजावत र प्रचारप्रसार हुन सक्ने र सोहीअनुसार आफुहरु लागीरहेको पर्वद्वन समितिका अध्यक्ष हिरा गौतमले बताए । स्थानीय सरकारले धार्मिक, प्राचिन र पुरातात्त्विक महत्व बाेकेका ठाँउहरुको पहिचान गरी थप पर्यटकीय पर्वद्वन गर्न योजना वनाईरहेको गौतमको भनाई छ ।
अझै मन्दिर क्षेत्रमा १३ बिघाभन्दा बढी क्षेत्रफल छ जस्लाई धार्मिक पर्यटकहरुलाई थप आकर्षित गर्न बालउधान, फनपार्क जस्ता परियोजनाहरुको परिकल्पना गर्न सकिने बताउँदै स्थानीय सरकारको परिकल्पनामा आधारित दिर्घकालिन विकासमा ध्यान जान आवस्यक रहेको स्थानीयहरू बताउँछन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ५ गते, २०८२ - २०:३०
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई तीन सय शय्यामा स्तरोन्नतिका लागि प्रक्रिया सुरु भए...
जेष्ठ ५ गते, २०८२ - २०:२६
सर्लाही । सर्लाहीको सीमावर्ती क्षेत्रस्थित पर्सा गाउँपालिका ५ मा सुँगुरको खोरभित्र थुनेर कुटपिट गरेको घटनाको विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । ...
जेष्ठ ५ गते, २०८२ - २०:२३
काठमाडौं । प्रथम राष्ट्रब्यापी रेटिङ बुद्धिचालको उपाधि सिएम पुरुषोत्तम चौलागाईंले जितेका छन् । उभौली पर्वको अवसरमा आयोजित प्रतियोगितामा पुरुषोत्तमल...
जेष्ठ ५ गते, २०८२ - १९:५५
सुनसरी । सुनसरीको वराहक्षेत्र नगरपालिका–१ खारखोलामा बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभरका कारण ३१ ओटा बङ्गुर मरेका छन् । खारखोलाका किसानको र्फममा दे...
जेष्ठ ५ गते, २०८२ - १९:४९
दैलेख । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको ध्यान सरकार ढलाउने तिर...
जेष्ठ ५ गते, २०८२ - १९:४२
उदयपुर । मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरी खण्डमा सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था...
जेष्ठ ५ गते, २०८२ - १९:३९
उदयपुर । जननेता मदन भण्डारी र जीवराज आश्रितको सालिक बनाउन इटहरी मेट्रिक्स (कला संस्कृतिक केन्द्र) लाई ढुंगा हस्तान्तरण गरिएको छ । एमाले जिल्ला कमि...
जेष्ठ ५ गते, २०८२ - १९:०१
काठमाडाैं । हुन्डी कारोबारको आरोपमा एक युवक न्युरोडमा पक्राउ परेका छन् । सिन्धुपाल्चोकको बाह्रबिसे- ४ घर भएका २४ वर्षीय संजय बस्नेतलाई प्रहरीले २० ...
जेष्ठ ५ गते, २०८२ - १८:५९
जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा जारी द्वन्द्व अन्त्य गर्ने सम्झौताका लागि शर्त तय गर्ने गरी हमाससँग सम्झौता गर्न इजरायल ...
जेष्ठ ५ गते, २०८२ - १८:५४
काठमाडाैं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले काठमाडौंका दुई स्थानबाट १७ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका– ८, जयबागेश्वरीबाट सातजना र क...
प्रतिकृया लेख्नुहोस्: