Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

रौतहटमा छुट्टाछुटै घटनामा चारजनाको मृत्यु

खबरडबली संवाददाता

राैतहट । रौतहटमा बिहिवार छुट्टछुटै घटनामा परेर  चार जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम गौर स्थित पोखरीको पानीमा डुबेर एकजनाको मृत्यु भएको छ भने राजदेवी नगरपालिकामा छतबाट खसेर अर्का एक पुरुषको मृत्यु भएको हो । 

त्यस्तै ट्याक्टर पल्टिएर चालकको मृत्यु भएको छ भने चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको हो । आज बिहान सवा ८ बजेको समयमा  गौर नगरपालिका १ स्थित ट्रान्सफर्मर चोक बस्ने बर्ष ६० को पवन अग्रवालले घर पछाडिको पोखरीको डिलमा फुल टिप्ने क्रममा खुट्टा चिप्ली पोखरीमा लडि डुबी अचेत भएका थिए ।

अग्रवालको  प्रादेशिक अस्पताल गौरमा सामान्य उपचार पश्चात थप उपचारको लागी दिउँसो डेढबजे  थप उपचारको लागि बिरगंज पठाईएकोमा बाटोमै मृत्यु भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन ।

मृतक अग्रवालको शव पोष्टमार्टमका र प्रादेशिक अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको थियो । खेत जोत्नेक्रममा ट्रयाक्टर पल्टिदा चालकको मृत्यु भएको छ । 

बिहीबार वृन्दावन नगरपालिका वडा २ धनगढीमा खेत जोत्ने क्रममा ट्रयाक्टर पल्टिँदा ट्याक्टर चालक पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मौलापुरमा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको हो ।

विहिबार दिउँसो परेको पानी संगै चट्याङ लागेर मौलापुर ८ सोनरनिया गाउँको रामायण बैठा धोबीको श्रीमती ५५ वर्षिय धरोहरी देवीको मृत्यु भएको हो । खेतमा धान रोप्ने क्रममा एक्कासी चट्याङ लागेर धरोहरी देवीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय मौलापुरका सई कृष्ण साहले बताएका छन ।

त्यसैगरी राजदेवी ७ मुड़बलवा गाउँका ५० बर्षीय विनोद राय यादवको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ । पानी परिरहेको समय छतमा चढेका यादव अनियन्त्रित भएर तल खस्दा मृत्यु भएको नेपाल रेडक्रस सोसाइटी रौतहटका अध्यक्ष राजकिशोर यादवले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डिएसपी एलिजा गिरीले घटनाहरुको पुष्टि गर्दै घटना बारे थप अनुसन्धान भइरहेको जानकारी दिएकी छिन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माेरङमा एक क्विन्टल गाँजासहित एक पक्राउ

माेरङ । प्रहरीले मोरङको धनपालथान गाउँपालिका–१ र जहदा गाउँपालिकाको सिमानाबाट शुक्रबार राति साढे ८ बजेतिर १ सय २० किलोग्राम गाँजा बरामद गरेको छ ।  भा...

सञ्चालनमा आयो पासाङ्ल्हामु मार्ग

रसुवा । भारी वर्षासँगै खसेको पहिरोका कारण अवरुद्व भएको रसुवाको पासाङ्ल्हामु मार्ग सञ्चालनमा आएको छ । सडकमार्ग सञ्चालनमा आएसँगै ग्राङ र ठाडेबीच मूलखर्क...

पोतोङतार्न थाइल्याण्डको प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण

बैङ्कक । थाइल्याण्डको नयाँ प्रधानमन्त्रीका रूपमा पोतोङ्तार्न सिनावात्राले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।  पूर्व प्रधानमन्त्री थाक्सिन सिना...

बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक वैकल्पिक खेतीतर्फ आकर्षित

स्याङ्जा । बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक वैकल्पिक खेतीतर्फ आकर्षित भएका छन् । जिल्लाको गल्याङ नगरपालिकाका कृषकले परम्परागत रूपमा लगाउँदै ...

गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइयाे

काठमाडौं । भगवान गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान गणेशको उत्पत्ति भएको शास्त्रीय मान्...

अमेरिकामा एक लाख ४२ हजार रोजगारी थपियो, बेरोजगारी दर ४.२ प्रतिशत

अमेरिका । अमेरिकी रोजगारीका अवसर वृद्धि र भर्नाले अगस्टमा गति लिएको सरकारी तथ्याङ्कले देखाएको छ । रोजगारीका अवसर वृद्धि र भर्नामा देखिएको वृद्धिसँगै ब...

विभिन्न स्थानमा सातजना मृत फेला

काठमाडौं । सङ्खुवासभा र सल्यानसहित देशका विभिन्न स्थानमा ७ जना मृत अवस्थामा फेला परेका छन् ।  सङ्खुवासभा, सिलिचोङ गाउँपालिका-४ बस्ने छत्र कुमार राई...

अमेरिकामा जनावरको सम्पर्क विना नै बर्डफ्लुबाट सङ्क्रमितको पहिलो घटना पुष्टि

अमेरिका । अमेरिकाको मिसौरी राज्यका बर्डफ्लुबाट सङ्क्रमित जनावरको सम्पर्कमा नआईकन एक व्यक्तिमा वर्ड फ्लु सङ्क्रमण देखिएको छ ।  रोग नियन्त्रण तथा रोक...

यागी नाम दिइएको चक्रवातका कारण चीनमा दुई जनाको मृत्यु

चीन । दक्षिण चीनको टापु प्रान्त हाइनानमा सुपर टाइफुन यागीले निम्त्याएको भारी वर्षा र वेगवान् हुरीको कारण कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै ९२ जना घ...

बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समन्वय र सहकार्य आवश्यक छ: गृहमन्त्री लेखक

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न कानून कार्यान्वयन गर्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy