कावासोती । नवलपुरमा हालसम्म ८० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । जिल्लाको पहाडी क्षेत्रमा पर्ने बौदिकाली र बुलिङ्गटारमा अझै रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
जिल्लामा ५५ प्रतिशत सिँचाइ पुगेको छ भने ४५ प्रतिशत आकाशेपानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ । कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले यस वर्ष मौसम समयमा सक्रिय नहुँदा किसानले समयमा रोपाइँ गर्न नपाएको बताए । उनले भने, “मनसुन केही ढिला गरी सुरु भएको कारण समयमा सिँचाइ नहुँदा रोपाइँ गर्न बाँकी भएको हो । चैते धान लगाएको र मकै लगाइएका पहाडी क्षेत्रमा रोपाइँ गर्न ढिलो भएको छ ।”
आकाशे पानीका भरमा रोपाइँ गर्नुपर्ने भएकाले जिल्लाका केही ठाउँमा रोपाइँ हुन नसक्दा किसान चिन्तित छन् । बौदिकालीका कृषक कमाङसिङ सुस्लिङ मगर भन्छन्, “यस वर्ष समयमा पानी नपर्दा बिउँ राख्न पनि ढिला भयो । अब रोपाइँ गर्न पनि आकाशको पानी कुर्नुपर्ने छ, कहिले हुन्छ थाहा छैन । कहिलेकाहीँ पानी परेको भएपनि पर्याप्त हुन सकेको छैन ।” कम्तीमा धानको बिउँ राखेको एक महिनामा धान रोपाइँ गर्न बिउँ तयार हुने गर्छ तर पानी नपरेका कारण धान रोपाइँ गर्न नपाउँदा बिउँ ठुलो भैसकेको उनले बताए ।
स्थानीय दुर्गा प्रसाद भुर्तेलले जलवायु परिवर्तनले गर्दा समयमा पानी नपर्नु, सुख्खा खडेरीले समयमा पानी नपर्दा बिउँ राख्न पनि ढिला भएको, अब रोपाइँ गर्न पनि आकाशको पानी कुर्नुपर्ने र किसान हरेक वर्ष एउटा न एउटा कुराले समस्या परेको बताए ।
जिल्लाको गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु, हुप्सेकोट र विनयीत्रिवेणीमा करिब ८० प्रतिशत रोपाइँ सकिएको र साउनको पहिलो सातामा सकिने बताइएको छ । नवलपुरमा १८ हजार छ सय २८ हेक्टर क्षेत्रफलमा वर्षे धान रोपाइँ हुने गर्दछ ।
जिल्लामा मनसुली, सावित्री, अनदी , झिनुवा लगायत हाईब्रिड जातका धान बढी लगाइन्छ । धानको उत्पादन सरदर प्रतिहेक्टर तीन हजार केजी हुने गरेको छ भने सिफारिस भएका जातमध्ये सात थरीका मात्र रैथाने धानको यो जिल्लमा खेती हुने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: