लमजुङ । दुई साताअघि आएको बाढी पहिरोले सडक बगाउँदा बेँसीसहर नगरपालिका-११ का रुम्टाबेँसी, बजारखुट्टा र बुढीकुवा बगरबोट गाउँका स्थानीयलाई आवागमनमा समस्या हुँदै आएको छ । बेँसीसहर-१ बाट वडा नम्बर ११ चिति जोड्ने रिट्ठेबगर-बूढीकुवा खण्डअन्तर्गत वडा नम्बर १ रिट्ठेबगरमा पहिरोले सडक बगाएपछि यातायातका साथै पैदाल यात्रासमेत नहुँदा तीन गाउँका स्थानीय समस्यामा पर्दै आएका हुन् ।
आज बेँसीसहर-८ मा वडा नम्बर ११ चिति वडा कार्यालयले पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त सडकको अवस्था, समस्या र समस्या समाधानका विषयमा भएका योजनाबारे जानकारी दिएको हो । वडाध्यक्ष शिव जोशीले सो स्थानमा मर्स्याङ्दी नदीको बाढीका साथै सडक माथिबाट पहिरो आउँदा एक किलोमिटर बगाएको जनाउँदै तीन गाउँका स्थानीयलाई एम्बुलेन्समार्फत बिरामी लैजान, विद्यालयमा पठनपाठन गर्न जान र दैनिक उपभोग्य सामान ढुवानी गर्न समस्या भइरहेको बताए ।
सत्तरी मेगावाट क्षमताको मध्यमर्स्याङ्दी आयोजनाद्वारा निर्मित ड्यामबाट आठ मिटरमाथि रुद्धनिधि तिवारी र सुनिल तिवारीको घर उच्च जोखिममा रहेकाले निजहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीयले माग गरेका छन् । रिट्टेबगरको पुलबाट करिब एक हजार मिटरमाथि नेपाली सेनाको ब्यारेक अगाडि घुम्तीमा नदीजन्य पदार्थको ढिस्को जम्मा भई मर्स्याङ्दीले जलसतह पार गरेपछि बाढी जाँदा सडक बगाएको वडाध्यक्ष जोशीले बताए ।
सडक माथिबाट पहिरो जाने क्रम अझै नरोकिएको उनले जानकारी दिए । बेँसीसहर नगरपालिका कार्यपालिकाको यसअघिको बैठक र वडा नम्बर ११ कार्यालयले उक्त ढिस्को हटाएर पानी यथास्थितिमा बग्न दिन जिल्ला विपद् व्यवस्थापन समितिलाई पत्राचार गरेको थियो । समितिले उक्त समस्याका बारेमा आयोजना कार्यालयलाई पत्राचार गरी समस्याका बारेमा जानकारी गराइएको जनाएको छ ।
यसैबिच, आयोजनाले सो ढिस्को फाल्नु नपर्ने भन्दै सडक अन्यन्त्र सार्नुपर्ने प्रतिवेदन तयार गरेर समितिमा पठाएको थियो । “उक्त प्रतिवेदन आयोजनाले स्थलगत अध्ययन नगरी बनाएको हो । प्रतिवेदनका आधारमा ढिस्को नहटाउँदा बाढीले सडक बगाएको छ”, वडाध्यक्ष जोशीले भने । ढिस्को नफालेकाले गण्डकी प्रदेश सरकारले चालु वर्षमा निर्माण गरेको जालीसहितको तटबनधनमा समेत क्षति पुगे भन्दै उनले सडकको अन्य भाग पनि बाढी पहिराको उच्च जोखिममा परेको बताए ।
“नेपाल विद्युत प्राधिकरणले मध्यमर्स्याङ्दी ड्यामसाइटमा सोलार परियोजना निर्माण गर्न लागेकाले उक्त परियोजनाका लागि पक्की सडक आवश्यक पर्ने देखिन्छ”, वडा अध्यक्ष जोशीले भने, “सडक नबनेसम्म मध्यमर्स्याङ्दी आयोजनाको ड्यामसाइटको दुई पुलमध्ये एउटा आवतजावत गर्ने व्यवस्था मिलाउन वडा कार्यालयको पहलमा स्थानीय उपस्थित भई सरोकार भएकासँग माग गरेका छौँ ।” वडा कार्यालय र स्थानीयले आजै बेँसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङलाई सो समस्या समाधानका लागि माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: