Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

एकल महिलालाई बालबच्चा हुर्काउनै कठिनाइ

खबरडबली संवाददाता

टीकापुर । टीकापुर नगरपालिकाकी पार्वती सञ्यालका दुई बच्चा छन् । श्रीमान् निधनभएपछि उनले निकै कठिनाइ गरेर बालबच्चा स्याहारिरहेकी छन् । ज्यालादारी गरेर बालबच्चा हुकाइ, पढाइ रहेकी पार्वतीलाई छोराछोरीको भविष्यको निकै चिन्ता छ ।

“छोरी अहिले १० कक्षामा पढ्छिन्, छोरीको धेरै पढ्ने इच्छा छ”, उनले भनिन्, “मेरो कमाइ छैन । छोरीलाई शिक्षा दिन सक्दिन कि भन्ने पीरले सताउँछ । यस्तो बेला सरकारले हेरिदेओस् भन्ने चाहना छ ।”

टीकापुर–३ कटानपुरकी रामपति चौधरीले तीन नातिनातिना पालेर बस्नुभएको छ । रामपतिका छोरा कुलतमा फसेपछि बुहारीले अर्को विवाह गरेर गइन् । छोराबुहारीले नस्याहारेपछि एकल रहेकी रामपतिले सामाजिक सुरक्षा भत्ताले बच्चाको भोक मेटाइरहेकी छन् ।

“म आफू पनि एकल महिला, श्रीमान् बितेको धेरै भयो”, उनी भनिन्, “छोरो कुलतमा फसेर मानसिक रूपमा पनि कमजोर छ । तीन बच्चा मेरै जिम्मेवारीमा छन् । मलाई यिनको पेट भर्नै समस्या छ । कसरी अरू आवश्यकता पूरा गरौँ ?”

टीकापुर –६ का जोगी परियारका पनि छोराबुहारी बेपत्ता छन् । ज्येष्ठ नागरिक जोगीका दम्पतीले नातिनातिना स्याहारी रहेका छन् ।

“भारत कमाउन गएको छोरो उतै हरायो, बुहारी पनि कता गइन् थाहा भएन”, उनले भने, “हामी ८० वर्ष आसपासका बूढाबूढी सामाजिक सुरक्षा भत्ताले यी बच्चालाई लालनपालन गरिरहेका छौँ । साह्रै गाह्रो छ हामीलाई ।”

टीकापुर–६ नारायणपुरकी चिन्कीदेवी चौधरीका श्रीमान् बितेको ११ वर्ष भयो । उनका दुई छोरा छन् । दुवै छोरा बिरामी छन् । पहिलो बच्चालाई सिकलसेल एनेमियाको समस्या छ । दोस्रो बच्चालाई पनि नियमित रगत चढाउनुपर्छ ।

“सानो बच्चा एक वर्षको हुँदा श्रीमान् बित्नुभयो, त्यसपछि दुःखका दिन सुरु भए”, उनले भनिन्, “१४ वर्षको छोरालाई सिकलसेल एनेमिया छ । उपचारमा आउजाउ गर्न, अस्पताल बस्न, बच्चालाई पोसिलो खुवाउन सकेको छैन ।”

चिन्कीदेवी स्थानीय सरकारले बस्ने घर बनाइदिनुपर्ने, अत्यावश्यक पर्ने सरसामान, बच्चाको उपचार र शिक्षामा सघाउनुपर्ने माग गर्छन् । “कहिलेकाहीँ यस्तो सङ्घर्ष गर्न सक्दिनकी जस्तो लाग्छ, श्रीमान् बितेपछि एक वर्षको बच्चा छोडेर इँटाभट्टामा काम गरेर बच्चाको भोक मेटाए”, उनले भने, “हरेक महिना बच्चा बिरामी हुन्छन् । नियमित काम गर्न पनि मिलेको छैन ।”

टीकापुर–५ की जानकी रेग्मी पनि एकल महिला हुन् । जग्गा जमिनसमेत नभएकी जानकीले दुई छोराछोरीलाई मजदुरी गरेरै पालिरहेकी छन् । “सधैँ काम पाइँदैन, काम नपाएपछि घरमा अन्न हुँदैन”, उनी भन्छिन्, “कहिलेकाहीँ बिरामी हुँदा काम काममा जान सकिँदैन, त्यो बेला घर चल्दैन । समस्या हुन्छ ।”

आइतबार यस्ता अभिभावक नभएका, एकल महिलाले पालिरहेका, विपन्न भएकै कारण विद्यालयमा समस्या रहेका बालबालिकालाई टीकापुर नगरपालिकाले शैक्षिक सामग्री सहयोग गरेको छ ।

विद्यार्थीलाई झोला, शैक्षिक सामग्री, दुई थान पोसाक वितरण गरिएको हो । वडास्तरीय बाल अधिकार समितिको सिफारिसमा २५ जना विपन्न बालबालिकालाई अध्ययनमा सघाउन सहयोग गरिएको बताइएको छ । 

बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले शैक्षिक सामग्रीले शैक्षिक क्रियाकलापमा सहयोग पुग्ने बताए ।

“विपन्नलाई धेरै राहत हुन्छ, कतिपय बालबालिका कापी, कलम र लत्ताकपडा नभएर पनि नियमित हुन सकेका हुँदैनन्”, उनले भने, “त्यस्ता बालबालिका नियमित विद्यालय आउने अपेक्षा गरिएको छ ।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यूएईमा अवैध विदेशीलाई भिसा माफी: नेपाली कति छन्, कसरी फाइदा लिन सक्छन् ?

काठमाडौं । यूनाइटेड अरब एमिरेट्स (यूएई) मा गैरकानुनी हैसियतमा रहेका वा भिसाको प्रकृति बदल्न चाहने आप्रवासीहरूका लागि त्यहाँको सरकारले घोषणा गरेको योजन...

समीक्षासँग फेरि सँगै काम गर्न सकिने पल शाहको दाबी, पुजा शर्माबारे के भन्छन् ?

काठमाडौं । अभिनेता पल शाहले गायिका समीक्षा अधिकारीसँग अहिले पनि राम्रो सम्बन्ध रहेको दाबी गरेका छन् । प्राइम टेलिभिजनमा ऋषि धमलासँगको अन्तर्वार्ताका क...

पहिरोले घर पुर्दा जाजरकोटमा वडा सदस्य दम्पती बेपत्ता, छोरीका उद्धार

सुर्खेत । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोले घर पुर्दा बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी चलाउने र उनका श्रीमान मानबहादुर चलाउने...

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ ।  गए रातिको अविरल वर्षाका कारण कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको शुभकालिका गाउँपा...

झाडाबान्ताका कारण बाँकेमा एकजनाको मृत्यु

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु भएको छ । जानकी गाउँपालिका–५ बेलहरीका ३४ वर्षीय होली तेलीको मृत्यु भएको स्वास्थ...

डीपी अर्याल भन्छन्- देश बनाउन ३६ हजार १०७ जना रवि जन्माउनुपर्छ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले देश बनाउनका लागि ३६ हजारभन्दा बढी रवि लामिछानेहरु जन्माउनुपर्ने बताएका छन्। सिन...

ईपीएस सम्झौताको १७ वर्ष : नेपाल बन्यो २०२३ मा सबैभन्दा धेरै कामदार पठाउने मुलुक

काठमाडौं । पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ आकर्षक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको छ...

मनाङ, मुस्ताङदेखि काठमाडौंसम्म पुग्छ चितवनमा कमलले उत्पादन गरेको च्याउ

चितवन । चितवनको कालिका नगरपालिका–२ पदमपुरमा च्याउ खेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले व्यावसायिक उत्पादन सुरु गरिएको छ। १२ वटा वातावरण अनुकूलित टने...

बाटो छेकेर चक्कु देखाउँदै पैसा लुटेर पर्यटकलाई आतङ्कित पार्ने समातिए

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा लुटपाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरीको प्रमुख धार्मिकस्थलमा पर्यटकलाई आतङ्कित प...

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीब्र

सुर्खेत । पहिलो पटक कर्णाली प्रदेशमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीब्र पारिएको छ । यहाँ भौतिक संरचना निर्माण धमाधम चलिरहेको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy