हेटौँडा | निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मकवानपुरले शुक्रबार एक समारोहको आयोजना गरी एसईई परीक्षा २०८० मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा बिद्यालयलाई सम्मान गरेको छ।
कार्यक्रममा जिल्लाका ३७ विद्यालयका २ सय ५७ जना विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। यी सबै विद्यार्थीहरूले एसईई परीक्षामा ३.६ भन्दा माथिको जीपीए हासिल गरेका थिए।
४.० जीपीए प्राप्त गरी जिल्लामै सर्वोत्कृष्ट नतिजा हासिल गरेकी बालजागृती इङ्गलिस सेकेण्डरी बोर्डिङ स्कुलकी छात्रा रितिका छत्कुली र छात्रतर्फ ३.९५ जीपीए नतिजा हासिल गरेका सरस्वती विद्या मन्दिर इङ्लिस बोर्डिङ्ग स्कूलका लखिन्द्र मुखिया विनलाई विशेष सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरूमा बालजागृती बोर्डिङका ३४ जना, आधुनिक राष्ट्रिय माविका ३० जना, नवोदय शिशु सदनका २२ जना, भुटान देवी माविका १५ जना, ज्ञानदिप माविका १५ जना, हेटौँडा एकेडेमीका ८ जना लगायत अन्य विद्यालयका विद्यार्थीहरू रहेका थिए।
प्याब्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदीले समग्र देशमा एसईईको नतिजा कमजोर रहेको अवस्थामा पनि मकवानपुरको नतिजा सन्तोषजनक रहेको बताए। उनले विद्यार्थीहरूलाई आफ्नो योग्यता र रुचि अनुसार उच्च शिक्षाको क्षेत्र छनौट गर्न सुझाव दिए।
हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले स्थानीय सरकारले शिक्षा सुधार योजनासहित अगाडि बढिरहेको जानकारी दिइन्। उनले शिक्षामा राजनीतिकरण नगरिने प्रतिबद्धता व्यक्त गरिन्।
प्याब्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदीको सभाध्यक्षता र हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो। समारोहमा प्याब्सन बागमती प्रदेशका अध्यक्ष, राष्ट्रिय परीक्षा बोर्डका प्रतिनिधि, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख लगायत विभिन्न शैक्षिक क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
यस वर्षको एसईई परीक्षामा मकवानपुर जिल्लाबाट कुल ५ हजा ९ सय २५ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये २ हजार १ सय ६१ विद्यार्थी उत्तीर्ण भएका छन् भने ३ हजा ७ सय ४६ विद्यार्थी अनुत्तीर्ण भएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन २६ गते, २०८१ - ०९:४६
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौलिक पर्वभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका सं...
आश्विन २६ गते, २०८१ - ०९:४५
काठमाडौँ । भारतले न्यूजील्याण्डविरुद्धको टेष्ट सिरिजका लागि टिमको घोषणा गरेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले न्यूजील्याण्डविरुद्ध खेल...
आश्विन २६ गते, २०८१ - ०९:४३
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइ दिने भएका छन...
आश्विन २६ गते, २०८१ - ०९:४३
काठमाडौं । बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा ...
आश्विन २६ गते, २०८१ - ०६:०५
काठमाडौं । मान्यजनबाट टीका र जमरा लगाएर आज विजयादशमी पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटलाई...
आश्विन २५ गते, २०८१ - २३:२२
काठमाडौं । नोएल टाटा टाटा ट्रस्टको नयाँ अध्यक्ष बन्ने भएका छन् । रतन टाटाको निधनपछि ६७ वर्षीय नोएललाई ट्रस्टको जिम्मेवारी पाएका हुन् । नोएल रतनक...
आश्विन २५ गते, २०८१ - २३:१९
काठमाडौं । झापाको भद्रपुर नगरपालिका–१० स्थित हनुमानचोकमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दुर्...
आश्विन २५ गते, २०८१ - २२:३५
काठमाडौं । दसैंको टीकाको दिन शनिबार कोशी प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली ...
आश्विन २५ गते, २०८१ - २१:०७
छाताको करङमा मासु पोलेको सम्झना अहिले पनि आइरहन्छ
आश्विन २५ गते, २०८१ - २०:५५
तनहुँ । पृथ्वी राजमार्गको वैकल्पिक रुपमा रहको बुद्धसिंह मार्गको तीन स्थानमा खोलामा पानीको प्रवाह धेरै हुँदा दसैँको समयमा यात्रुलाई आवत जावतको समस्या ...
प्रतिकृया लेख्नुहोस्: