सिन्धुली । मध्य पहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिकामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य आठ जना घाईते भएका छन् ।
अटो दुर्घटनामा परी कमलामाई नगरपालिका १३ का अन्दाजी ३५ बर्षकी मन्दिरा पौडेलको घटनास्थलमै मृत्यु भएको हो । मृतक मन्दिराका छोरा ११ बर्षका तिर्थ राज पौडेल र ९ बर्षकी छोरी सबिना पौडेल घाईते भएका छन् ।
गोलन्जोर गाउँपालिका वडा नं। ३, बन्दिजोर खोला स्थीत देउरालीटारबाट सिन्धुलीतर्फ जाँदै गरेको प्रदेश २–००१ ह १३७१ नम्बरको अटो गैरी गाउँबाट ग्वालटारतर्फ जाँदै गरेका पैदल यात्रीलाई ठक्कर दिई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
दुर्घटनाका अन्य घाईतेहरुमा गोलन्जोर गाउँपालिका २ बित्तिजोरका अन्दाजी ६० बर्षका शरे बहादुर सार्की, गोलन्जोर गाउँपालिका ६ का अन्दाजी ४० बर्षकी राम माया गोले, गोलन्जोर गाउँपालिका ४ तिनकन्याका अन्दाजी ३३ बर्षका सन्तोष तामाङ, गोलन्जोर गाउँपालिका ६ का अन्दाजी २२ बर्षकी एकुमाया दमाई, गोलन्जोर गाउँपालिका ३ का अन्दाजी ।६१ बर्षका लोक बहादुर काकी र अटो चालक सिन्धुली गोलन्जोर गाउँपालिका २ का अन्दाजी ५५ बर्षका भिम बहादुर ठकुरी रहेका सिन्धुलीका प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काले जानकारी दिनुभयो ।
घाईतेहरुको स्थानिय सुनकोशी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चालक ठकुरी प्रहरीको नियन्त्रणमा रहेका छन् । अटो सडकबाट अन्दाजी ३० मिटर तल खसी दुर्घटना भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन २६ गते, २०८१ - ०९:४६
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौलिक पर्वभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका सं...
आश्विन २६ गते, २०८१ - ०९:४५
काठमाडौँ । भारतले न्यूजील्याण्डविरुद्धको टेष्ट सिरिजका लागि टिमको घोषणा गरेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले न्यूजील्याण्डविरुद्ध खेल...
आश्विन २६ गते, २०८१ - ०९:४३
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइ दिने भएका छन...
आश्विन २६ गते, २०८१ - ०९:४३
काठमाडौं । बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा ...
आश्विन २६ गते, २०८१ - ०६:०५
काठमाडौं । मान्यजनबाट टीका र जमरा लगाएर आज विजयादशमी पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटलाई...
आश्विन २५ गते, २०८१ - २३:२२
काठमाडौं । नोएल टाटा टाटा ट्रस्टको नयाँ अध्यक्ष बन्ने भएका छन् । रतन टाटाको निधनपछि ६७ वर्षीय नोएललाई ट्रस्टको जिम्मेवारी पाएका हुन् । नोएल रतनक...
आश्विन २५ गते, २०८१ - २३:१९
काठमाडौं । झापाको भद्रपुर नगरपालिका–१० स्थित हनुमानचोकमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दुर्...
आश्विन २५ गते, २०८१ - २२:३५
काठमाडौं । दसैंको टीकाको दिन शनिबार कोशी प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली ...
आश्विन २५ गते, २०८१ - २१:०७
छाताको करङमा मासु पोलेको सम्झना अहिले पनि आइरहन्छ
आश्विन २५ गते, २०८१ - २०:५५
तनहुँ । पृथ्वी राजमार्गको वैकल्पिक रुपमा रहको बुद्धसिंह मार्गको तीन स्थानमा खोलामा पानीको प्रवाह धेरै हुँदा दसैँको समयमा यात्रुलाई आवत जावतको समस्या ...
प्रतिकृया लेख्नुहोस्: