मकवानपुर । बागमती प्रदेश, नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आज प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्ने भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठन गर्न आह्वान गरेसँगै नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को समर्थनमा नेता लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् ।
प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि दलहरूलाई यही साउन ८ गते साँझ ५ बजेसम्मको समय दिएर दाबी पेस गर्न आह्वान गरेका छन् । “दुई दलबीच पहिला नै मुख्यमन्त्रीमा कांग्रेसले दाबी पेस गर्ने सहमति भइसकेको छ”, नेता लामाले भने, “नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु भइसकेकाले आज बिहान १० बजे बहुमत प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेस गर्छु ।”
नयाँ राजनीतिक समीकरणअनुसार नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने भन्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रमुख शर्मालाई राजीनामा पत्र बुझाएका थिए । प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै अर्को सरकार गठन नहुञ्जेलसम्म उहाँलाई कामचलाउ मुख्यमन्त्रीको जिम्मेवारी दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन २६ गते, २०८१ - ०९:४६
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौलिक पर्वभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका सं...
आश्विन २६ गते, २०८१ - ०९:४५
काठमाडौँ । भारतले न्यूजील्याण्डविरुद्धको टेष्ट सिरिजका लागि टिमको घोषणा गरेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले न्यूजील्याण्डविरुद्ध खेल...
आश्विन २६ गते, २०८१ - ०९:४३
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइ दिने भएका छन...
आश्विन २६ गते, २०८१ - ०९:४३
काठमाडौं । बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा ...
आश्विन २६ गते, २०८१ - ०६:०५
काठमाडौं । मान्यजनबाट टीका र जमरा लगाएर आज विजयादशमी पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटलाई...
आश्विन २५ गते, २०८१ - २३:२२
काठमाडौं । नोएल टाटा टाटा ट्रस्टको नयाँ अध्यक्ष बन्ने भएका छन् । रतन टाटाको निधनपछि ६७ वर्षीय नोएललाई ट्रस्टको जिम्मेवारी पाएका हुन् । नोएल रतनक...
आश्विन २५ गते, २०८१ - २३:१९
काठमाडौं । झापाको भद्रपुर नगरपालिका–१० स्थित हनुमानचोकमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दुर्...
आश्विन २५ गते, २०८१ - २२:३५
काठमाडौं । दसैंको टीकाको दिन शनिबार कोशी प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली ...
आश्विन २५ गते, २०८१ - २१:०७
छाताको करङमा मासु पोलेको सम्झना अहिले पनि आइरहन्छ
आश्विन २५ गते, २०८१ - २०:५५
तनहुँ । पृथ्वी राजमार्गको वैकल्पिक रुपमा रहको बुद्धसिंह मार्गको तीन स्थानमा खोलामा पानीको प्रवाह धेरै हुँदा दसैँको समयमा यात्रुलाई आवत जावतको समस्या ...
प्रतिकृया लेख्नुहोस्: