Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

डेङ्गी नियन्त्रणमा सरकारलाई निर्देशन दिन जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत

खबरडबली संवाददाता

काठमाडौं । मुलुकभर डेङ्गीको प्रकोप फैलिएर जनस्वास्थ्य सङ्कट उत्पन्न भएकाले यसको नियन्त्रणका लागि सरकारलाई निर्देशन दिन प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भएको छ ।सभाको आजको बैठकमा सांसद प्रतिमा गौतमले उक्त प्रस्ताव प्रस्तुत गरिन ।

प्रस्तावमा डेङ्गीको प्रकोपका कारण अस्पतालमा गम्भीर अवस्थाका बिरामी भर्ना हुने सङ्ख्यामा वृद्धि, समाजमा डर र त्रासको माहौल उत्पन्न भएकाले डेङ्गीको प्रभावकारी नियन्त्रणका एवं भविष्यमा सिर्जना हुने गम्भीर र दीर्घकालीन असर न्यूनीकरण तथा रोकथामका लागि सरकारलाई निर्देशन दिन माग गरिएको छ । 

उक्त प्रस्तावमाथि सांसदहरू कुसुमदेवी थापा, सपना राजभण्डारी, सीता मिजार र लीलादेवी बोखिम लिम्बूले समर्थन गरे । सो प्रस्तावमाथिको छलफलमा सांसद विराजभक्त श्रेष्ठ, ऋषिकेश पोखरेल, योगेशकुमार भट्टराई, सञ्जयकुमार गौतम, राजेन्द्रकुमार केसी, असिम साह, सुशीला श्रीपाली ठकुरी, डा तोसिमा कार्की, उर्मिला माझी, अशोककुमार चौधरी, ठाकुरप्रसाद गैरे, सीताकुमारी राना, निशा डाँगी र रामकृष्ण यादवले डेङ्गीको नियन्त्रणका लागि प्रभावकारी योजना ल्याउन आग्रह गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इलाममा एउटै परिवारद्वारा ३४ लाखको अलैँची उत्पादन

इलाम । नेपालमा केही गर्न सकिएन । राज्यले केही पनि गरेन भन्ने जमात उस्तै छ । तर, गर्न सके कसैको मुख नताकी वार्षिक लाखौँ रुपैयाँ कमाउनेको संख्या पनि नेप...

महोत्तरीमा हृदयाघातबाट एक थुनुवाको मृत्यु

महोत्तरी । महोत्तरी कारागारका एक थुनुवाको हृदयाघातबाट मृत्यु भएको छ ।  लागुऔषध दुर्व्यसन तथा कारोबार मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका सिन्धुली...

भाेलि राति पश्चिमी भूभागमा पानी पर्ने पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार राति पश्चिमी भूभागमा पानी पर्न सक्ने जनाएको छ ।  महाशाखाका मौसमवि...

कास्की प्रहरीले रविकाे सांसद पद निलम्बन गर्नकाे लागि सभामुखलाई पठायो पत्र

काठमाडौं । जिल्ला प्रहरी कार्यकालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति तथा सांसद रवि लामिछानेको सांसद पद निलम्बन गर्न प्रतिनिधिसभाक...

बानेश्वरकाे साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा भरत जंगम पक्राउ

काठमाडौं । काठमाडौंको बानेश्वरस्थित साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा भरत जंगम पक्राउ परेका छन् ।  उनलाई सहकारीको करम अपचलनबारे अनुसन्धानक...

सर्लाहीमा ढुङ्गा प्रहारबाट घाइते वृद्धाको मृत्यु

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका –१५, देउरालीमा झगडा मिलाउन जाँदा ढुुङ्गा लागेर घाइते वृद्धाको उपचारको क्रममा मृत्युु भएको छ । ढुुङ्गाले लागेर घ...

धनगढीमा आधा किलो बढी सुनसहित दुई पक्राउ

धनगढी । अवैध रुपमा भित्र्याएको सुनसहित दुई भारतीय नागरिकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भारतको उत्तरप्रदेश मोहला बजार २ पलियाखिरी बस्ने ...

नवलपुरमा पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ

नवलपुर । पाटेबाघ मार्ने उद्योगमा चितवन राष्ट्रिय निकुञ्जले एक जनालाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ । निकुञ्ज कार्यालय कसरामा पत्रकार सम्मेलन गर...

मकवानपुरमा रुखको हाँगा भाँचिएर लाग्दा एकजनाको मृत्यु

मकवानपुर । मकवानपुरको राक्सिराङमा रुखको हाँगा भाँचिएर लाग्दा एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका- ५ ठाडे गाउँका ५० वर्षीय...

खोटाङ र उदयपुर जोड्ने सुनकाेसी नदीकाे फोक्सिनटारको पक्की पुल बाढीले बगाएपछि बेलिब्रिज निर्माण सुरु

उदयपुर । गएको असोज महिनामा सुनकोशी नदीमा आएको बाढीले बगाएको पक्की पुलको विकल्पमा उक्त स्थानमा बेलिब्रिज निर्माण सुरु भएको छ । सगरमाथा लोकमार्गमा पर्ने...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy