Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

‘राष्ट्रिय एकता सम्झौता घोषणा’ को संयुक्त राष्ट्रसङ्घीय प्रमुखद्वारा स्वागत

खबरडबली संवाददाता

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बेइजिङमा १४ वटा प्यालेस्टिनी समूहले हस्ताक्षर गरेको विभाजन अन्त्य र एकता सुदृढीकरणसम्बन्धी घोषणापत्रको स्वागत गरेका छन् । 

गुटेर्रेसले ‘प्यालेस्टिनी समूहले बेइजिङ घोषणापत्रमा हस्ताक्षर गरेको विषयलाई स्वागत गरेको’ राष्ट्रसङ्घका प्रमुख गुटेर्रेसका प्रवक्ता स्टेफन डुजारिकले पत्रकारसँगको नियमित भेटका क्रममा प्रश्नहरूको जवाफ दिँदै जानकारी गराए । 

सम्झौतालाई प्यालेस्टिनी एकतालाई अगाडि बढाउने महत्त्वपूर्ण कदम भन्दै डुजारिकले  महासचिव गुटेर्रेसले सबै समूहलाई वार्ताको माध्यमबाट मतभेद पार गर्न प्रोत्साहन गर्दै घोषणालाई कार्यान्वयन गर्न आग्रह गरेको बताएका थिए । 

प्यालेस्टिनी एकताको खोजी गर्दै आएको बताउँदै महासचिव गुटेर्रेसले प्यालेस्टिनीको सुरक्षामा आत्मनिर्णय र पूर्ण स्वतन्त्रता लोकतान्त्रिक संलग्नताका लागि महत्त्वपूर्ण भएको जनाएको डुजारिकले जानकारी गराए । यसै सन्दर्भमा गुटेर्रेसले चीनको कूटनीतिक प्रयास तथा प्रक्रियालाई सहज बनाउनमा संलग्न अन्य देशहरूको प्रयासको पनि प्रशंसासमेत गरेका छन् । 

चीनको निमन्त्रणामा, प्यालेस्टिनी समूहका वरिष्ठ प्रतिनिधिहरूले जुलाई २१ देखि २३ सम्म बेइजिङमा मेलमिलाप वार्ता गरी  विभाजनको अन्त्य र प्यालेस्टिनी राष्ट्रिय एकतालाई सुदृढ पार्न बेइजिङ घोषणापत्रमा हस्ताक्षर गरेका हुन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माेरङमा एक क्विन्टल गाँजासहित एक पक्राउ

माेरङ । प्रहरीले मोरङको धनपालथान गाउँपालिका–१ र जहदा गाउँपालिकाको सिमानाबाट शुक्रबार राति साढे ८ बजेतिर १ सय २० किलोग्राम गाँजा बरामद गरेको छ ।  भा...

सञ्चालनमा आयो पासाङ्ल्हामु मार्ग

रसुवा । भारी वर्षासँगै खसेको पहिरोका कारण अवरुद्व भएको रसुवाको पासाङ्ल्हामु मार्ग सञ्चालनमा आएको छ । सडकमार्ग सञ्चालनमा आएसँगै ग्राङ र ठाडेबीच मूलखर्क...

पोतोङतार्न थाइल्याण्डको प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण

बैङ्कक । थाइल्याण्डको नयाँ प्रधानमन्त्रीका रूपमा पोतोङ्तार्न सिनावात्राले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।  पूर्व प्रधानमन्त्री थाक्सिन सिना...

बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक वैकल्पिक खेतीतर्फ आकर्षित

स्याङ्जा । बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक वैकल्पिक खेतीतर्फ आकर्षित भएका छन् । जिल्लाको गल्याङ नगरपालिकाका कृषकले परम्परागत रूपमा लगाउँदै ...

गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइयाे

काठमाडौं । भगवान गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान गणेशको उत्पत्ति भएको शास्त्रीय मान्...

अमेरिकामा एक लाख ४२ हजार रोजगारी थपियो, बेरोजगारी दर ४.२ प्रतिशत

अमेरिका । अमेरिकी रोजगारीका अवसर वृद्धि र भर्नाले अगस्टमा गति लिएको सरकारी तथ्याङ्कले देखाएको छ । रोजगारीका अवसर वृद्धि र भर्नामा देखिएको वृद्धिसँगै ब...

विभिन्न स्थानमा सातजना मृत फेला

काठमाडौं । सङ्खुवासभा र सल्यानसहित देशका विभिन्न स्थानमा ७ जना मृत अवस्थामा फेला परेका छन् ।  सङ्खुवासभा, सिलिचोङ गाउँपालिका-४ बस्ने छत्र कुमार राई...

अमेरिकामा जनावरको सम्पर्क विना नै बर्डफ्लुबाट सङ्क्रमितको पहिलो घटना पुष्टि

अमेरिका । अमेरिकाको मिसौरी राज्यका बर्डफ्लुबाट सङ्क्रमित जनावरको सम्पर्कमा नआईकन एक व्यक्तिमा वर्ड फ्लु सङ्क्रमण देखिएको छ ।  रोग नियन्त्रण तथा रोक...

यागी नाम दिइएको चक्रवातका कारण चीनमा दुई जनाको मृत्यु

चीन । दक्षिण चीनको टापु प्रान्त हाइनानमा सुपर टाइफुन यागीले निम्त्याएको भारी वर्षा र वेगवान् हुरीको कारण कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै ९२ जना घ...

बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समन्वय र सहकार्य आवश्यक छ: गृहमन्त्री लेखक

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न कानून कार्यान्वयन गर्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy