Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८२ शनिबार | 17th May, 2025 Sat
Investment bank

अर्थमन्त्री र सिबिफिनबिच दिगो आर्थिक एवम् बैङ्किङ विकासका विषयमा छलफल

खबरडबली संवाददाता

काठमाडौं । बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को टोलीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटघाट गरी समसामयिक विषयहरूमा छलफल गरेको छ । 

परिसङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै अर्थमन्त्री पौडेलसँगको भेटका क्रममा दिगो आर्थिक एवम् बैङ्किङ विकासका विषयमा छलफल भएको जनाएको छ । लगानी एवम् व्यवसायमैत्री वातावरण बन्न नसक्दा कर्जा विस्तारमा व्यापक सङ्कुचन आएको, वित्तीय संस्थाको खराब कर्जा एवम् जोखिमपूर्ण सम्पत्तिमा उल्लेखनीयरुपमा वृद्धि भएको, पूँजीकोषमा दबाब परेको, बैङ्क तथा वित्तीय संस्थाका विरुद्ध अफवाह फैलाउने र कर्जा नतिर्न गरिएका दुरुत्साहन निरुत्साहित हुन नसकेकोलगायतका विषय सिबिफिनले उठाएको थियो । 

प्रस्तावित बैङ्क तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया) का केही नीतिगत प्रावधानहरूले बैङ्किङ लगानीकर्तामा व्यापक नैराश्य पैदा गराएको र क्रमशः यस क्षेत्रबाट लगानीकर्ता र कर्मचारीसमेत पलायन हुने क्रम बढेकोप्रति सिबिफिनले अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराएको छ । समग्र आर्थिक एवम् बैङ्किङ क्षेत्रमा खस्केको मनोबल र गुमेको आत्मविश्वासलाई उच्च बनाउँदै दिगो आर्थिक एवम् बैङ्किङ विकासका पहलकदमीहरू अवलम्बन हुने विश्वास सिबिफिनले व्यक्त गरेको छ । 

पुँजी निर्माण एवम् परिचालन, लगानी विस्तार, रोजगारी सिर्जना, सामाजिक रूपान्तरण र राजस्वमा उल्लेख्य योगदान पुर्‍याउँदै आएको बैङ्किङ क्षेत्रको मुनाफा ऋणात्मक हुँदै जानु गम्भीर समस्या रहेको सिबिफिनको धारणा थियो । बैङ्क तथा वित्तीय संस्थाको नाफा खुम्चिँदा लाखौँ लगानीकर्ताहरूको जीवन गुजारामा मात्र असर नपुगी स्वयम् सरकारको राजस्व लक्ष्यमासमेत गम्भीर असर परेको विषयप्रति संवेदनशील भइदिन अर्थमन्त्री समक्ष सिबिफिनले आग्रह गरेको छ । 

छलफलका क्रममा अर्थमन्त्री पौडेलले सिबिफिन टोलीबाट प्राप्त सुझाव ग्रहण गरी सुदृढ एवम् आत्मनिर्भर अर्थतन्त्र र समृद्ध राष्ट्र निर्माण गर्ने सरकारको अभियानमा सहकार्यका लागि आग्रह गरे । साथै, सुषुप्त अवस्थामा रहेका मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन र समग्र बैङ्किङ क्षेत्रका समस्या एवम् चुनौतीको समाधान र अपेक्षाको सम्बोधन गर्न सरकारले आवश्यक पहलकदमी लिने अर्थमन्त्री पौडेलले बताए । 

सुशासन, विकास र राजनीतिक स्थायित्व कायम गर्दै अर्थतन्त्र तथा आर्थिक गतिविधिलाई चलायमान बनाउने र आन्तरिक एवम् बाह्य लगानीलाई प्रोत्साहन गर्ने सरकारको प्रमुख प्राथमिकता भएको धारणा राख्दै अर्थमन्त्री पौडेलले बैङ्किङ क्षेत्रको विश्वास एवम् छविमाथि हानी हुने र बैङ्किङ गतिविधि सञ्चालनमा असर पुर्‍याउने कुनै गतिविधि सरकारलाई क्षम्य नहुने बताए । 

अर्थतन्त्रको आधार स्तम्भकारुपमा रहेका बैङ्क तथा वित्तीय संस्थाहरूको संरक्षण, स्थायित्व र दिगो विकासका लागि मौजुदा तथा प्रस्तावित बाफियाका प्रावधान सरोकारवाला सबैलाई मान्य हुने गरी सुधार गरिने प्रतिबद्धता उनले जनाए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुसी सेनासँग ‘व्यावहारिक सहयोग विस्तार’ गर्न चीन तयार

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले हालै मस्कोमा भव्य द्वितीय विश्वयुद्ध विजय दिवस परेडका लागि गरेको भ्रमणपछि बेइजिङले बिहीबार रूसी सेनासँग ‘व्याव...

म्याग्दीमा यार्सा खोज्न हिमालतिर उक्लिए चिमखोलावासी

म्याग्दी । म्याग्दीको हिमाली क्षेत्रमा यार्सागुम्बा संकलन गर्न थालिएको छ ।  धवलागिरि गाउँपालिका– १ गुर्जा, वडा नं– ४ मुदी र रघुगंगा गाउँपालिका– ७, चिम...

इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी

जेरुसेलम । इजरायली रक्षा बल (आइडिएफ) ले बुधबार साँझ चेतावनी जारी गर्दै इजरायली आक्रमणअघि गाजा सहरको पश्चिममा रहेको अल–रिमल वरपरका क्षेत्र तत्काल खाली ...

झापामा हुरीले घर भत्काउँदा एक जनाको मृत्यु

झापा । हुरीले घर भत्काउँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबा...

निलम्बनमा परेका सांसद बस्नेतकाे सूचना संसदमा सुनाइयो

काठमाडाैं । प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत पदबाट निलम्बित भएका छन् । प्रतिनिधिसभाको आज बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले बस्नेतको पद निलम्...

पेट्रोल १ र डिजेल तथा मट्टितेल ३ रुपैयाँले घट्यो

काठमाडाैं । नेपाल आयल निगम लिमिटेडले बिहिबार रातीबाट लागू हुने गरी पेट्रोलमा १ र डिजेल तथा मट्टितेल ३ रुपैयाँ प्रतिलिटरका दरले घटाएको छ । मूल्य घटा...

जुम्लामा जिप दुर्घटनामा दुई जना घाइते

जुम्ला । जुम्लाको तिला गाउँपालिका–१ गाडगुडेनीमा जिप दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन् ।  कर्णाली राजमार्गअन्तर्गत तिलाको गाडगुडेनीमा क...

धनकुटामा करेन्ट लागेर एकजनाको मृत्यु

धनकुटा । धनकुटा नगरपालिका–८, शिवबेँसीका ६८ वर्षीय मंगलसिंह राईको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहीबार दिउँसो ३ बजेतिर घरनजिकैको खेतमा धान गोड्ने क्...

अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

क्यानबेरा । करिब ९० हजार मानिसले काम खोजेर पनि अप्रिलमा अस्ट्रेलियाको बेरोजगारी दर स्थिर रहेको जनाइएको छ ।  अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (...

रुस–युक्रेन वार्तामा प्रगति भएमा टर्की जान सक्ने ट्रम्पको घोषणा

दोहा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार यदि प्रगति भयो भने उनि अझै पनि तीन वर्षभन्दा बढी युद्धको अन्त्य गर्ने उद्देश्यले गरिने पहिलो प्रत्य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending