Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

नेपाली कथाका प्रवृत्ति र विश्लेषण लोकार्पण

खबरडबली संवाददाता

ललितपुर । डा. शोभाकुमारी ढुङ्गानाद्वारा लिखित समकालीन नेपाली कथाका प्रवृत्ति र विश्लेषण नामक पुस्तक लोकार्पण गरिएको छ । 

ललितपुरस्थित पाटन संयुक्त क्याम्पसमा बुधबार आयोजित कार्यक्रममा प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा. धर्मराज अधिकारी, प्रा.डा. दयाराम श्रेष्ठ, डा.लक्ष्मणसिंह कुँवर, डा. धनप्रसाद सुवेदीलगायतका व्यक्तिहरूले पुस्तक लोकार्पण गर्नु भएको हो । 

पुस्तक लोकार्पण समारोहका प्रमुख अतिथि प्रा.डा. गोविन्द भट्टराईले डा.ढुंगानको यस पुस्तकमा नारी पक्षीय सिद्धान्तका विविध पक्ष र तत्त्वलाई सम्झेर एउटै कृतिमा धेरै कुरा समेटी तिनीहरूको समुचित व्याख्या गरिएको चर्चा गरे । उनले डा. ढुङ्गानाको प्रस्तुतिमा समकालीनताको गहिरो प्रभाव आधिकारिक दृष्टिकोण रहेको पनि बताए । 

कार्यक्रममा पाटन संयुक्त क्याम्पसका नेपाली विभागका प्रमुख लक्ष्मण सिंह कुँवरले नेपाली भाषाको क्षयीकरण हुँदै गरेको अवस्थामा प्रकाशित पुस्तक राम्रो पाठ्य सामग्री साबित हुने विश्वास व्यक्त गरे । 

क्याम्पस प्रमुख प्रा.डा. दयाराम श्रेष्ठले यो पुस्तक स्वतन्त्र लेखनभन्दा पनि शोधमा आधारित भएको बताए । यसमा अध्याय योजना व्यवस्थित र वैज्ञानिक भएको, लेखन विश्लेषण प्रामाणिक भएको, समग्र विषय प्रस्तुति सङ्गतिपूर्ण रहेको टिप्पणी गरे । 

पुस्तकका रचयिता डा. शोभा ढुङ्गानाले नाट्य विद्यामा विद्यावारिधि गरेको भएपनि समकालीन नेपाली कथाले आफ्नो मन बढी छोएकाले त्यसैमाथि पुस्तक लेख्ने जमर्को गरेको स्पष्ट गरिन । उनले समकालीन नेपाली कथा भनिए पनि त्यसमा २०४६ सालदेखि कै  करिब २२ वटा कथाहरूलाई लिएर अध्ययन र विश्लेषण गरिएको बताइन । 

उनले नेपाली समाजमा देखिएका राजनीति उताव चढाव, विकृति र विसङ्गति, सामाजिक विखण्डन, पर्यावरणमा आएको विन्यास र त्यसले आम मानिसको जीवनमा पारेको प्रभाव, युवाको विदेश पलायन, बृद्धबृद्धाको पीडा, अरूको कोख भाडामा लिएर बच्चा जन्माउने बढ्दो प्रवृत्ति जस्ता कुराहरूले आफूलाई बढी छोएकाले त्यसैमा विश्लेषण गरिएको बताइन । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: