ललितपुर । डा. शोभाकुमारी ढुङ्गानाद्वारा लिखित समकालीन नेपाली कथाका प्रवृत्ति र विश्लेषण नामक पुस्तक लोकार्पण गरिएको छ ।
ललितपुरस्थित पाटन संयुक्त क्याम्पसमा बुधबार आयोजित कार्यक्रममा प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा. धर्मराज अधिकारी, प्रा.डा. दयाराम श्रेष्ठ, डा.लक्ष्मणसिंह कुँवर, डा. धनप्रसाद सुवेदीलगायतका व्यक्तिहरूले पुस्तक लोकार्पण गर्नु भएको हो ।
पुस्तक लोकार्पण समारोहका प्रमुख अतिथि प्रा.डा. गोविन्द भट्टराईले डा.ढुंगानको यस पुस्तकमा नारी पक्षीय सिद्धान्तका विविध पक्ष र तत्त्वलाई सम्झेर एउटै कृतिमा धेरै कुरा समेटी तिनीहरूको समुचित व्याख्या गरिएको चर्चा गरे । उनले डा. ढुङ्गानाको प्रस्तुतिमा समकालीनताको गहिरो प्रभाव आधिकारिक दृष्टिकोण रहेको पनि बताए ।
कार्यक्रममा पाटन संयुक्त क्याम्पसका नेपाली विभागका प्रमुख लक्ष्मण सिंह कुँवरले नेपाली भाषाको क्षयीकरण हुँदै गरेको अवस्थामा प्रकाशित पुस्तक राम्रो पाठ्य सामग्री साबित हुने विश्वास व्यक्त गरे ।
क्याम्पस प्रमुख प्रा.डा. दयाराम श्रेष्ठले यो पुस्तक स्वतन्त्र लेखनभन्दा पनि शोधमा आधारित भएको बताए । यसमा अध्याय योजना व्यवस्थित र वैज्ञानिक भएको, लेखन विश्लेषण प्रामाणिक भएको, समग्र विषय प्रस्तुति सङ्गतिपूर्ण रहेको टिप्पणी गरे ।
पुस्तकका रचयिता डा. शोभा ढुङ्गानाले नाट्य विद्यामा विद्यावारिधि गरेको भएपनि समकालीन नेपाली कथाले आफ्नो मन बढी छोएकाले त्यसैमाथि पुस्तक लेख्ने जमर्को गरेको स्पष्ट गरिन । उनले समकालीन नेपाली कथा भनिए पनि त्यसमा २०४६ सालदेखि कै करिब २२ वटा कथाहरूलाई लिएर अध्ययन र विश्लेषण गरिएको बताइन ।
उनले नेपाली समाजमा देखिएका राजनीति उताव चढाव, विकृति र विसङ्गति, सामाजिक विखण्डन, पर्यावरणमा आएको विन्यास र त्यसले आम मानिसको जीवनमा पारेको प्रभाव, युवाको विदेश पलायन, बृद्धबृद्धाको पीडा, अरूको कोख भाडामा लिएर बच्चा जन्माउने बढ्दो प्रवृत्ति जस्ता कुराहरूले आफूलाई बढी छोएकाले त्यसैमा विश्लेषण गरिएको बताइन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २४ गते, २०८१ - १८:३१
काठमाडाैं । काठमाडाैं महानगरपालिका–६ बौद्ध टुसालमा भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । बा.५ख ६६४० नम्बरको बसको ठक्करबाट पैदलयात्री सिन्धुपा...
माघ २४ गते, २०८१ - १८:१०
सुनसरी । साविक विजेता न्यूरोड टिम (एनआरटी) धरानमा जारी २५औँ बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । धरान रङ्गशालामा बिहीबार भएको दोस्रो सेमिफाइन...
माघ २४ गते, २०८१ - १८:०६
उदयपुर । सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगका सम्पूर्ण बैंक खाता रोक्का भएका छन् । रौता सप्लायर्सलगायतले सामानको भुक्तानी नदिएको भन्दै काठमाडौं ...
माघ २४ गते, २०८१ - १८:०२
काठमाडौं । बेरोजगार युवा-युवतीलाई विदेशमा आकर्षक तलबको प्रलोभनमा पारेर ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत गुर्भाकोट...
माघ २४ गते, २०८१ - १७:५८
खोटाङ । खोटाङको जिल्ला सदरमुकाम दिक्तेलमा आगामी फागुनमा मिनी महोत्सव हुने भएको छ । नमुना स्पोर्टस क्लब लफ्याङको आयोजनामा फागुन १ देखि १६ गतेसम्म “प्रथ...
माघ २४ गते, २०८१ - १७:५४
काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरूद्ध अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग...
माघ २४ गते, २०८१ - १७:५०
सिन्धुपाल्चोक । खानेपानी मन्त्री प्रदिप यादवले शुद्ध खानेपानीमा नागरिकको पहुँच वृद्धिमा सरकारले काम गरिरहेको बताए । सिन्धुपाल्चोकको सदरमुकाम चौतारा सा...
माघ २४ गते, २०८१ - १७:३८
चितवन । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपियाँ धरौटी लिएर छाड्न जिल्ला आदालतले आदेश दिएकाे छ । बिहीबा...
माघ २४ गते, २०८१ - १७:३२
अर्जेन्टिना । अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट बाहिरिने घोषणा गरेको छ । अर्जेन्टिनाका राष्ट्रपतिका प्रवक्ता म्यानुएल एडोर्नीले निर्...
माघ २४ गते, २०८१ - १७:२७
काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८१/८२ (ब्याच २०२५) का लागि स्नातकोत्तर तह (पिजी) का लागि सिट निर्धारण गरेको छ । शैक्षिक सत्र २०८१...
प्रतिकृया लेख्नुहोस्: