काठमाडौं । सरकारले भारतको नयाँ दिल्लीमा आयोजना हुने बिमस्टेक व्यापार सम्मेलनमा सहभागी हुन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी स्वीकृति दिएको छ ।
साउन ७ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णय बुधवार सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोबारे जानकारी गराए । उनले समृद्धिका लागि वन आयोजनाका लागि विश्व बैंकबाट थप १३ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको पनि बताए ।
उनकाअनुसार सरकारले फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने ३३ औं ग्रिष्मकालीन ओलम्पिक खेल समारोहमा २०८१ साउन १० देखि १२ गतेसम्म युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई सहभागी हुन स्वीकृति दिएको छ ।
सरकारले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय लुम्बिनी प्रदेशको प्रमुख सचिव पदमा सहसचिव महादेव पन्थलाई कायममुकायम तोक्ने निर्णय पनि गरेको पनि जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक १४ गते, २०८१ - २०:५६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिपको उपाधि जित्न नसकेपनि नेपाली खेलाडीले उत्कृष्ट खेलेको बताएका छन् । सामाजिक सञ्जा...
कार्तिक १४ गते, २०८१ - २०:३०
काठमाडौं । बंगलादेशले नेपाललाई पराजित गर्दै साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई २-१ ...
कार्तिक १४ गते, २०८१ - २०:१६
काठमाडौं । बंगलादेशले नेपालविरुद्ध फेरी अग्रता लिएको छ । साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशले खेलको ८०औं मिनेटमा गोल गर्दै २-१ को अग्रता लिएको...
कार्तिक १४ गते, २०८१ - २०:०५
सल्यान । बाँकेको नेपालगञ्जदेखि रुकुम पश्चिम जाँदै गरेको फोर्स गाडीमा आगलागी भएको छ । पश्चिम रुकुम चौरजहारी नगरपालिकाको –११ चौफातर्फ जाँदैगरेको गाडी बु...
कार्तिक १४ गते, २०८१ - १९:५१
काठमाडौं । साफ च्याम्पियनसिपमा बंगलादेश र नेपालले एक/एक गाेल गरेका छन् । खेलको ५२ औं मिनेटमा बंगलादेशकी मोनिका चक्माले गोल गरेकी थिइन् । यता नेपाल...
कार्तिक १४ गते, २०८१ - १९:४१
काठमाडाैं । साफ महिला च्याम्पियनसिप फुटबल अन्तरगत उपाधिका नेपाल र बंगलादेशबिचको खेलको दोस्रो हाफ सुरु भएको छ । बराबरी अवस्थामा रहेको खेलमा नेपाली चेली...
कार्तिक १४ गते, २०८१ - १९:२३
काठमाडौं । नेपाल र बंगलादेशबीचको जारी खेलको पहिलो हाफ बराबरीमा सकिएको छ । काठमाडौंस्थित दशरथ रंगशालामा जारी साफ महिला च्याम्पियनसिपको फाइनल खेलको पहिल...
कार्तिक १४ गते, २०८१ - १९:०९
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको झापा जिल्ला समिति पुनर्गठन भएको छ । बुधबार दमकमा आयोजित कार्यक्रमबाट शत्रुधन चौधरीको अध्यक्षतामा जिल्ला...
कार्तिक १४ गते, २०८१ - १८:५१
काठमाडौं । काठमाडौं महानगरपालिका ३२ पेप्सिकोलाबाट गएराति चोरीको मोटरसाइकल सहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउनेमा...
कार्तिक १४ गते, २०८१ - १८:४७
काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल अन्तरगत नेपाल र बंगलादेशबीचको फाइनल खेल सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ साढे ६ बजे...
प्रतिकृया लेख्नुहोस्: