चितवन । सिमलताल दुर्घटनाको अध्ययन गर्न बनेको कार्यदलले तोकिएको समयमा काम नसकिएपछि म्याद थपिदिन सरकारसँग अनुरोध गरेको छ ।
सरकारले ६२ जना यात्रु लिएर गुडिरहेको दुईवटा बसलाई लदोसहितको पहिरोले त्रिशूलीमा बेपत्ता बनाएको घटनाको तथ्य पत्ता लगाउन असार ३१ गते कार्यदल बनाएको थियो ।
गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा बनेकाे कार्यदलको ११ दिनको कार्य समय दिएर बनाएको भएपनि कार्यदलले प्रतिवेदन समयभित्र बुझाउन नसकेपछि म्याद थपिदिन माग गरेको हो ।
कार्यदल संयोजक रिजालका अनुसार कार्यदलले स्थलगत अध्ययन र हराइरहेका यात्रुका आफन्त, दुर्घटनामा बाँचेका तीनजनासँग पनि कुराकानी गरिसकेको छ । उनले भने, ‘हामीले प्रतिवेदनको खाका पनि बनाइसकेका छौँ, तर हिजो काठमाडौंमा भएको दुर्घटनाका कारण पनि केही काम बाँकी रह्यो ।’
गृहसचिव पनि काठमाडौं बाहिर भएकोले प्रतिवेदन बुझाउने समय लम्बिएको पनि जनाइएको छ । उनले आफूहरूले प्रतिवेदन बुझाउने सात दिन म्याद थपिदिन माग गरेपनि आइतबार वा सोमबारसम्म प्रतिवेदन बुझाउने जानकारी दिए ।
त्यसैगरि कार्यदलका सदस्य तथा राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सपटौलाले पनि प्रतिवेदनलाई अन्तिम रुप दिने काम बाँकी रहेको बताए । उनले राज्यले सिमलताल दुर्घटनाका यात्रुहरुमा विभेद गरेको समेत गुनासो गरे ।
गत असार २८ गते चितवनको सिमलतालबाट त्रिशूली नदीमा दुई बसलाई पहिरोले बगाउँदा ६२ जना यात्रु त्रिशूलीमा बेपत्ता भएका छन् । उनीहरुमध्ये २३ जनाको मात्रै शव पहिचान भएको छ । बाँकी दुईको पहिचान खुलेको छैन । भने अन्य यात्रु र बसको अहिलेसम्म अत्तोपत्तो लागेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २६ गते, २०८१ - १३:२८
संविधान संशोधन हुन्छ, गर्छ र गर्ने होः सरकारका प्रवक्ता गुरुङ काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सूचना, प्रविधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा...
पौष २६ गते, २०८१ - १३:०६
स्वचालित मूल्य प्रणालीले निगमको आर्थिक अवस्था सुदृढ
पौष २६ गते, २०८१ - १२:५१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले बेग्लाबेग्लै ...
पौष २६ गते, २०८१ - १२:४८
काठमाडौं । नेपाल बिमा प्राधिकरणको अध्यक्षका निम्ति आवेदन आह्वान गरिएको छ । प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिको निम्ति गठित सिफारिस समि...
पौष २६ गते, २०८१ - १२:४६
काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले सुविसु केवलनेटलाई नयाँ लाइसेन्स दिएको छ । सुविसुले करिब ३१ करोड बक्यौता बुझाएपछि लाइसेन्स नवीकरण गरिएको प्राधिकर...
पौष २६ गते, २०८१ - १२:४२
काठमाडौं । काठमाडौं महानगरपालिकाकाको शिक्षा विभागले ७२० जना शिक्षकका लागि विषयगत, प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन व्यवस्थापन र एकीकृत पाठ्यक्रम व...
पौष २६ गते, २०८१ - ११:४६
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई बुद्ध एयरबाट प्रदान गरिने हवाई सेवा र कार्गो सर्भिसमा...
पौष २६ गते, २०८१ - ११:३९
उदयपुर । चार दिनदेखि व्यापक चिसो बढेर शीतलहर सुरू भएसँगै उदयपुरमा जनजीवन प्रभावित भएको छ । चिसो बढेपछि विभिन्न विद्यालयमा खासगरी आधारभूत तहका विद्यालय...
पौष २६ गते, २०८१ - ११:१६
संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झण्डै ८० प्रतिशत सकिएपछि करिब चार स...
पौष २६ गते, २०८१ - ११:०७
धनकुटा । धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना हुंँदा २ जनाको मृत्यु भएको छ। जिल्लाको पाख्रिबास नगरपालिका ३ स्थित पाख्रिबास-हिले सडकखण्डको जौटारमा ब...
प्रतिकृया लेख्नुहोस्: